क्याफे वार्ताको भाग-१ यहाँ छ - www.santupaudel.blogspot.com
ठ्याक्कै ! बार र गते थाहा भएन । घुम्न निस्केका थेउ
। फेसबुक च्याटिङ्गमा तीनभाइ घुम्न निस्कने मिटिङ्
मध्यरातमा टुंगिएथ्यो ।
इडियट चोक (वानेश्वर) छेवैको
पिपलबोट । बेलुका ठिक ४:०० बजे । घाम
डुब्नेबेलामा हामीबीच झुल्किने सहमति भएको थियो । सहमति भएलगत्तै
एकछिन छिट्छीटो एक-अर्काका इनबक्समा म्यासेज पर्लक पर्लक खसे । म्यासेज
पढेसँगै मिटिङ्ग तुरिएथ्यो ।
मोटेसँग एउटा बाइक थियो तर
हामी थियौँ तीन । मोटेका बाइक
अचकल्टो भयो वा हामी मध्ये एक । खैर, त्यतातिर
नजाम् । फेरी केटाहरूको स्टोरी च्यातिन्छ, नेताहरू च्यातिएर संविधान नबनाए झैँ गरी
!
दुइ मुठ्ठि पिपलका पात हावाले झार्यो । फेरि, झारेका
ती पातलाइ हावाले कुच्याउँदै शंखमुलतिर उडायो । के बिना रिस उठेको हावालाइ पातदेखि
? ठिंग उभिएको चाउरे गम्भिर मुद्रा चिर्दै बोल्यो ।
रिस हावालाइ मात्र होइन ? मलाइ पनि उठेकै हो तर एकहुल
तरूनीका सेता तीग्रा देखेर रिस भित्रै दबे । मोटे रोमान्टिक बन्न खोज्यो ।
किन हुन्थ्यो यात्रा तोरिलाउरेहरूको ? साला, छलफल
गुजुल्टाएर कहिनगइनेगरि
यहि पिपलबोटमा ल्याएर बेरे केटाहरूले । नेताहरूको
भन्दा झुर सहमति गरे । रणे नमिठो तरिकाले बम्कियो ।
रणे फुलेको देखेर एकपल्ट नमज्जाले झस्किए चाउरे र
मोटे । गलफ्रेण्ड नै फुलेको देखे कि क्या हो ?
गलफ्रेण्ड ?
गलफ्रेण्ड पट्याउनु यी तीनैका लागि नाम चलाउ सरकारको
काम जस्तै थियो । आवश्यक रहुन्जेल काम चलाउथे । कामकुरो सकिएपछि बर्खास्त गर्थे ।
मोटे केटी फकाउ खप्पिस । चाउरे घुमाउन । कामकुरो भ्याउन
रणे उग्र । मोटेका गलफ्रेण्ड दुइ दर्जन पुगे । चाउरेका दर्जन । रणेका थोरै छ ।
साला हरामी गलफ्रेण्डलम्पर्टहरू ! कति स्त्री
लम्पर्ट भ'का, काम र कुरो कत्ति मोड्न सकेका ? यात्रामा निस्कने भनेका कि ? नाइट
यात्रु भेट्न जाने भनेका, कुरो दीअर्थी । बुझिसाध्दे छैन् केटाहरूको भाषा ।
'भुत्रा स्त्री लम्पर्ट हुन्थे यी जाठ्ठाहरू !',
केटीहरू चै केटालम्पर्ट भ'का छन् । झर्दै गरेको पात टिप्दै रणे पुन: झोक्कियो ।
रणेको आवाज धमिल्याउदै पिपलबोट छेउ मै आइ एउटा ट्याम्पु
रोकियो । एकहुल केटी गफिदै झरे । चाउरेले देखिहाल्यो । शुरु गरिहाल्यो ड्युटी ।
चाउरे- 'ओइ, 'हेर्न
यस्का तिग्रा ?'
बाटामा केटी देख्नै नहुने । साला, जिस्काएर
हैरान् ।
'हैन् ! कम्मर मुन्तिर सप्पै थाइ वास
गरिछे कि क्या हो ?' कति सेता । चाउरेले मुख
मिठ्याउदै फेरि बोल्यो ।
'ह्या ! गिद्बी नहान्,
त तँ । तेत्तीको सेतो त मेरै छ ।
'हेर्छस्, पाइन्ट सार्न तम्सियो मोटे ।'
अचकलका जस्कापनि हुन्छन् तेत्तिका; सेता
तिग्रा छन्, छैनन् तैपनि बर्खाको खोलो भइ मोटे उर्लियो ।
न एकपाथि मइल पो थ्यो कि ? रणेले शंखा पोख्यो ।
तिमेरू केटीका तिग्रा हेरेर बस् । म भने हिडे । रणे सेता
तिग्रा नहेरे झैँ, उम्कन खोज्यो ।
बरू, घुम्न नजाने भए
कतै क्याफेमा बसेर कफि पिएको भए...? प्रस्ताव रणेले फ्याट्ट उप्कायो । मोटेको
पर्स खालि । चाउरेसँग दाम छ कि छैन ? दुइ लम्पर्टहरू
एकछिन अकमक्किए ।
कफि पिउने प्रस्ताव उप्काएर रणे
गुपचुप । मोटे बोल्नै चाहेन ।
एकछिनपछि चाउरे नै बोल्यो - 'ल हिड नयाँ क्याफे कि कान्छी
भेट्न ।'
कता ? काम फत्ते पार्न माहिर रणे प्रश्न तेर्साउदै
धेरै सोझो बनिन खोज्यो क्याफे कान्छीको नाम सुनेर ।
साला नौटंकि?
यत्ति बोलेर चाउरेको अनुहार पुन: एकपल्ट चाउरियो ।...क्रमश,
०००००
यस 'क्याफे वार्ता !' भागहरू आइतबार नियमित ब्लगमा पोष्ट हुनेछ । धन्यवाद !
@ सन्तोष पौडेल - सन्तु
No comments:
Post a Comment