Sunday, January 26, 2014

उचाई

एउटा उचाई- 'अग्लो' 
अर्को उचाई- 'होचो' 

यहाँ,
उचाईपिच्छे किन? 
फरक छ 'जिन्दगी' 

कैलेकाई, 
आँखाको सगरमाथाबाट 
'देश नियाल'
अनि, सबै मान्छे

न उचाई देख्छौँ
न 'जिन्दगी' 

Wednesday, January 8, 2014


केवल
रित्तिन बाँकी छु
रुदैभन्दै छ 'मन'

जिन्दगीबाट
 चुहिइसके धेरै कुरा

केवल ऊनकै लागि
टालेर बाच्दैछु
समय अनि एक मुठ्ठि साँस

जेनतेन कुद्दाउँदैछु थोत्रो जिन्दगी

ऊ भन्छे
के थ्यो तिमीसँग
, रित्तिनु  

दुनियाँ भन्छ
के गरेथिस् तैले
,  रित्तिनु

मन भन्छ
आफैलाई भुलेर
उमारेथे माया
केवल उसकै लागि

बिर्सेर सबथोक
नियाल्दै थिए 'बोझिलो दुनियाँ'
उचाल्दै थिए 'बोझीलो प्रेम'

बेगम के था ?
उसलाई र दुनियाँलाई
अनेक कष्ट र दु:खहरू   

मैले बुझाउनुछ
दुनियालाई एकपटक

जोत्नु छ समय
, मलजल गर्नुछ जिन्दगी
  
फेरि आफुभित्र उमार्नुछ त्यस्तै माया
, देखाउनुछ त्यस्तै प्रेम

एकपटक
भुल्नुछ 'बोझिलो दुनियाँ'
, उचाल्नुछ 'उसकै बोझिलो प्रेम'

अनि, चिच्याउदै भन्नुछ-  
रित्तिएथ्यो उनकै प्रेममा सबथोक