Sunday, February 19, 2012

नेपाली फिल्मको स्तर सुध्रिएकै हो ?

फुत्त कोठाबाट निस्केको मात्र थिए । फोनको रिङ्ग रिङ्गियो । नियाले, साथि निश्छलको रै'छ । उठाए, ऊ गर्जियो -स्मार्ट क्लब आउन्नौँ, ढिलो भैसक्यो ! कि हिजोको 'फ्राई डे बुज' अझैँ शरिरमा झमझमाई रहेको छ । तुरुन्त आऊ । आज तिम्ले मिस गर्नै नहुने सेसन छ । आई हाल, एम वेइटिङ्ग यू...म गुपचुपमा उस्का कुरा सुनिरहे । उस्को 'लाम्पार्ट' शब्दले कता कात कुतकुतायो र 'लुट' फिल्मको 'पासा' डाईलगलाई सँम्झायो । 'पासा' शब्दको सँम्झनाले सौगातको कपाल, उस्को डाईलग प्रस्तुती, याक्टीङ्ग र समग्र फिल्मलाई पहिलो पटक मेरो मनसपटलमा नेपाली फिल्मको रिमेक गरायो । 

केही हप्ता अगाडी नेपाली फिल्म जिवनमै पहिलो पटक साथिहरुको आग्रहमा (हेर्ने मनसाय थिएन) हेरेको थिए । वास्तवमा हेर्नै भनेर वा सबैको छनौट भने 'प्लेयर्स' थियो तर हेरियो 'पासा' अर्थात 'लुट' । यो फिल्मको लागि मेरो व्यक्तिगत टिकाटिप्पणी केही छैन । नेपाली फिल्मको विगत र वर्तमानको अवस्था के थियो र के छ ? त्यो पनि मलाई थाहा थिएन तर नेपाली फिल्मका बारेमा विश्लेषकहरुले पत्र-पत्रिकामा टिपाएका विचारका आधारमा भने यो आँकलन गर्न सक्थे कि तुलनात्मक अन्य फिल्म भन्दा यो फिल्म राम्रो बनेको थियो तर सिम्याटोग्राफीमा भने अझैँ सुधारको आवश्यकता र फट्को मार्न नसकेको मेरो ठम्याई रह्यो तरपनि यूवापुस्तालाई सम्बोधन गरेकोले हेरिसकेपछि फिल्मलाई राम्रै श्रेणीमा राखेको थिए । 

..., फोन राखे र उतै हानिए । पुँग्दा ९ बजिसकेको थियो । स्मार्ट सेसनलाई विश्राम गराउँन ओ.सि.ए. अंग्रेजीमा ओबामा झैँ गर्जिदैँ थिए । ढोका च्याररर् पार्दै, पुलुत्त छिरे । साथि निश्छलले गोलि फालौला झैँ आँखा जुँधायो । नमज्जा लाग्यो र मुन्टो निहुराए । हिड् ! लाम्पार्ट अब सकिएपछि घण्टा गर्न आको ! म बोल्न सकिन किनकी म सँग उत्तर थिएन । 

दरबारमार्गको सिडिमा हामी दुई गुपचुप घर फर्किदै थियौँ । मैले मुख फोरे -आज मलाई नेपाली फिल्म हेर्न मन लागिरहेको छ हेर्न जाने हो, प्रस्ताव तेर्साए । ठाडै अस्वीकार गर्दै, ऊ अकमक्कियो र बोल्यो -'हेर्न लाईकको कुन मुभी छ हो लाम्पार्ट ?' 

त्यो त मलाई पनि थाहा छैन ? तर मैले 'आई एम सरी' (अरु फिल्म कुन लागिरहेको छ मलाई थाहा थिएन) को पोष्टर देखेको थिए । त्यही हेर्न जाने त मैले पुन: प्रस्ताव दोहोरयाए । 

जाने भए जाम, विदाको दिन रमाईलै गर्नु त छ । नेपाली फिल्ममा कुनै विषयवस्तुलाई लिएर 'जस्टिफाई' गर्न खोजेको हुन्न क्यारे ! दिमागै लगाउनु पर्ने 'नलेजेवल' फिल्म त पक्कै होईन होला ? 'हाउ ईभर पास्ड आउट भए भो हाम्रो टाईम विथ फुल ईन्टरटेनमेन्ट' -ऊ बोल्यो । 

त्यो पनि के थाहा र ? न बोरिङ्ग पो छ कि ? यदि झुरपट्यासै रै'छ भने हलभित्रै सुँतौला र फर्किदा बेलुकी रातको लागि सिडिमा कुनै 'अंग्रेजी या हिन्दी' फिल्म लैजाउँला ।
सहमतिको चुरो र कुरो मिली सकेपछि राज र म नेपाली फिल्म हेर्न दोस्रो (मेरो लागि) पटक गोपिकृष्णहल तिर हानियौँ । टाढैबाट गोपिकृष्ण आगनभरी दर्शकको हुल देख्दा मलाई लाग्यो यो हुल नेपाली फिल्मको लागि थियो या हिन्दी, ठम्याँउन कठिन थियो । हामि पनि हुर्रिदै हुललाई अझ आकार दिन दुईवटा टाउको थप गर्न सामेल भयौँ । 

के रे ! के र ! टिकट छैन रे ? अब ब्ल्याकमा किन्नु पर्ने रे ? यत्रो लाईन बसेर टिकट पाईएग साला, यहाँ कसैले टिकट ब्ल्याकमा किन्ने छैन । चिच्याँउदै टिकट काउण्टरको छेवैबाट फिल्मको नायक झैँ डाईलग मार्दै एक युवा हामि छेऊ आयो । हामिले कुरा बुझ्ने प्रयत्न गयौँ र बुझ्यौँ पनि । आखिरि कुरो रै'छ यस्तो: 
नयाँ चलेको तीनवटा नेपाली फिल्म रै'छ । 'आई एम सरी', 'मिस यू' र 'मायाको बारीमा' । प्राय: धेरै दर्शकको छनौट 'आई एम सरी' रै'छ जसमध्ये हामी दुई पनि तर अघिनै हल फुल भैसक्या हुनाले ब्ल्याकमा टिकट बेच्दै भित्र उभ्याउँने दाउमा काउन्टरका आसेपासे लागिपरया रै'छन् र पो अघिको 'लाम्पार्ट' उफ्रिएको रै'छ । 'आई एम सरी' हेर्न नपाएका र 'मिस यू' नै हेर्न आएका दर्शकको चापले 'मिस यू' को पनि हल फुल भैसकेको रै'छ । अब रह्यो 'मायाको बारीमा' । यस फिल्मका लागि भने दर्शक त्यति धेरै देखिएन/थिएनन् पनि । दुईचार जना दर्शक भने एकआपसमा फुसफुसाँउदै गरेको सुनियो -करिश्मालाई राजेशले किस गर्या छ रे ! पक्कै राम्रो होला ? हेर्नुपर्छ । 

हामी दुई 'लाम्पार्ट' भने अलमल्लमा पयौँ । समयले दिउँसोको नेटो काटिहाल्यो । ३,४ र ५ हुँदै समय साँझ झुल्काउँन आफ्नै रफ्तारमा चल्दै थियो । हामि फर्किने या बेलुकी शो हेर्ने छलफलमा व्यस्त थियौँ । फिल्म हेर्न आईयो हेरेरै गईन्छ तर बेलुकीको शो भने हेरिदैन । अब ह्या छैन, ३ बजेको शो हेर्न गुण उपयुक्त छ त्यही जाने निष्कर्ष निस्कियो र हामि पुन: गुणसिनेमाहलतिर हानियौँ । 

सप्पै काउण्टर बन्द । फिल्म शुरु भैसकेछ । हामि १५ मिनेट ढिलो पुग्यौँ । गोपिकृष्णमा जुन समस्या थियो यहाँ पनि त्यहीँ । ३ बजेको शो हेर्न नपाएका दर्शक बेलुकी शो का लागि लस्करै सिडिमा घोर्रिरहेका थिए । नजिकै एउटा मित्रलाई सोधियो -'ढिला भईयो कि क्या हो पाटनर ?'
बोल्यो - के का ढिला हुनु नी, आउँन त अघिनै आको थिए नि ! टिकटै पाईएन । कस्तो प्याक र चाँप छ । 'आई एम सरी' हेर्न आको, सप्पै यहि हेर्न आका र'छन् । के गर्ने 'आई एम सरी' र 'मिस यू' हेर्ने हुल बढी थिए, प्रयत्न गरियो तर सकिएन । 


अन्तत: बेलुकी शो नहेर्ने अठोट साथि र मेरो भएपछि हाम्रो फिल्म हेर्ने उत्सुकताको च्याप्टर गुणसिनेमाको आगनमै बन्द भयो र 'आई एम सरी' हेर्न नपाईएकाले 'वुई आर सरी' भन्दै घरतिर फर्कियौँ । घर पुग्नुभन्दा अलि वरको खाल्डो क्याफेमा छिरि चुरोट सल्काउँदै चियाको सुप्कोमा म मन मनै सोच्न थाले -'आज नेपाली फिल्म हेर्न पाईएन, हेर्नकै लागि दुईवटा हल चारियो तर उत्सुकता व्यर्थ रह्यो, 'साच्चै ! भन्नुपर्दा हामिलाई दुईवटा हलसम्म एउटा नेपाली फिल्मले लहलहैमा डोर्यायो साथै हामि जस्ता सैयौँलाई पनी होला ? उसो हो  भने नेपाली फिल्मप्रतिको यस्तो चरम उत्कर्षलाई वर्तमान अवस्थामा रिलिज भएका र हुँदै गरेका नेपालि फिल्मले त्यो प्यास मेटाउला? र, साथ साथै नेपाली फिल्मको स्तर सुध्रिएकै हो या होला ?