Monday, July 22, 2013

शिक्षक (गुरू) त ती थिए !

अंग्रेजी नआउने । ग्यांङका कुनै भैरेलाइ । पढ्या भा'पो आउनु । एकदिन फुच्चेले काबाट थापाएछ । मिनिङ पढे, पछि काम लाग्छ रे ! -ग्यांङका सबैलाइ मिनिङ् कण्ठ पार्न सुझायो । त्यसदिनदेखि कनेरै भएपनि टाक्क-टुक्क सबैले मिनिङ् कण्ठ पार्न थाले

ग्यांङमा फुच्चे, दमाइ कान्छो, भुन्टे र म थियौँ । अंग्रेजी मात्र नपढ्ने, नआउने । अरूमा त खप्पिस । तैपनि, दिनहु पिटाइ खाइन्थ्यो । प्राय: हातमा सिर्कनाका डाम उठ्थे । कैले कन्सिर मुन्तिरका भुत्ला उखालिन्थे ।

क्रिकेट मैदान जस्तो गोलो चौरीमा स्कुल थियो । एल आकारमा । कक्षा ५ सम्म पढाइ हुन्थ्यो । स्कुल अगाडी ठुलो भैसिआहाल थियो । आहालको पुर्व र उत्तर पट्टि ठुला बरपिपल थिए । दख्खिनमा फुटबल, भलिबल खेल्ने चौरी

टालाक
फुटबल खेल्न दुइतीनजना पेले भन्दा कम थिएनन् । बाउका नयाँ, पुराना सब मोजा चोरेर ल्याउथे । कागज, प्लाष्टिक भर्थ्यौँ । अनि, सुरू हुन्थ्यो खेल । सबै भन्दा बढी फुच्चेले हात्तिछाप चप्पलका धेरै लोति चुडा्यो । तर, खुट्टाबाट पेलेको शैलि कहिल्य चुडाल्न सकेन ।

एकदिन खेल्दै गर्दा चिप्लेर अर्को होनाहार पेले (यादव) ले हात भाँच्यो तर टालाँ फुटबल खेलेर कसैको मन भाँच्न सकेन् । त्यसदिनदेखि अर्को पेलेले फुटबल खेल्न छाड्यो । थोत्रा मजाका बल हामीलाइ सुप्पिएर । तर केहिदिनपछि नै हेडसरले टालाबल खेल्न प्रतिबन्ध लगाइदिनु भयो । त्यसदिनदेखि पेलेहरूले बाउका मजा चोर्न छाडे । उता बाउका मोजा हराउन छाड्यो ।   

म रूख चढ्न डराउथे । आहालमा डाइभ हान्न भने खप्पिससाथिहरू बादर भन्दा कम थे'नन् । बरपिपलका जति हाँगा भाचिन्थे । सब ती झुण्डेर भाचिन्थे ।

दमाइ कान्छो हाँगामा पिङ्ग झैँ मचिन्थ्यो । म भुइबाट कतापट्टि खस्ला भनेर आँकलन मार्थे । मुर्दो किन खस्थ्यो ? झन् अर्को हाँगामा बाँदरले झैँ जम्प मार्थ्यो ।

बरपिपलका गेडा औधि मिठा हुन्थे । स्कुलका खाजा हुन्थे पाकेका सिजनमा । खानु-खाइयो । केटाहरूले टिपेर ल्याएका वरपिपलका गेडा सप्पै मेरै लागि हुन्थे । फेदमा तीनिहरूका झोला रूग्े काम मेरो जिम्मामा हुन्थ्यो ।   

एकदिन फुच्चेले पल्लो हाँगाबाट दमाइ कान्छोलाइ सुनाएछ- 'हाम्रा हजुरबा'का बाले रोपेका रे यी बरपिपल !'

दमाइ कान्छोको कन्सिरि तातेछ । झोक्किदै भने - 'भुत्रा नी होइन ।'

फुच्चेले पल्लो हाँगाबाट सट हान्ने भाथ्यो । हांगा मुन्तिर तुनरुङ्ग झुन्डियो । दमाइ कान्छोले फिल्मि स्टाइलमा बचायो ।

भोलिपल्ट, बरको रूख चढ्दै गर्दा फुच्चे झोक्कियो । भुत्रानि ल्याइदिन्न आज त । हिजो लड्या भा मरिमरि हास्थिस् । अझै ! कुरा लाउथिस् होला बालाइ । पर्दैन झोला रुङ्न । बोकेरै चढ्छु । खानेमन भए आफै चढ ।

फेरि कड्कियो-
जाठा ! हाम्ले चै आमाको पेटमै सिकेर आ हो र ! बा'ले चढ्नुहुन्न भन्दै गालि गर्थे । नटेरी लुकिलुकि आँटका हाँगा मच्याउथौँ । खुरूक्क आफै चढ् । केहि हुन्न ।

फुच्चेका झट्टा कुरा सुनेर एकछिन ट्वाल्ल भए । थुइक्क मुला, सानो कुरामा नी रिसाम्छस् । तलाइ हिजो, त्यहिपनि केहि भा'थेन । मैले रुन्चे स्वरमा बोले । के खाएर मन पग्लिन्थ्यो जाठ्ठाहरूको ? रिसले शरिरमा भरर काँडा मात्र उम्रिए ।

एकछिनपछि त उल्टै सबै फुच्चेका साइडतिर पो पन्छिए, फुच्चेका कुरामा सहमत पो भए । अन्तत: कसैले नल्याइदिने नै भए । म एक्लो परे ।  

त्यहिदिनदेखि रूख चढ्न कम्मर कसे । पछि, तिनिहरू भन्दा खप्पिस भएर निस्के । कतै रूखका हाँगा लुछिए, भाँचिए ग्यांङ्गमा नाम जोडिएर आउनथाल्यो ।

प्राय: सधै दमाइ कान्छो र म टिफिन टाइममा भाग्थ्यौँ । फुच्चे र भुन्टे त्यति भाग्दैनथे । बारिका कान्ला उक्लिदै गरेको देखेपछि आश्विनी सरले डिलबाट बोलाउथे । हामी कान्लामा लुक्थ्यौँ तर फर्केर जादैनथ्यौँ । फुच्चे र भुन्टे भने जान्थे ।  

भोलिपल्ट, बनमारा सिर्कनाको चुटाइ भेटिन्थ्यो । उल्का दुख्थ्यो । बनमारा सिर्कनोदेखि डराउथे म, तरपनि भाग्न छाड्दिनथे । बनमाराले जत्ति त, सानामा आमाले पनि शरिर चुमिनन् होला ।

एकदिन फुच्चेले आश्विनी सरलाइ सुनाइदेछ । कन्सिरीका भुत्ला उखाल्दिनु । भोलिबाट भाग्दैनन् । कन्सिरीका भुत्ला उखाल्ने मान्छेदेखि दुवै डराउछन् ।

एकजना माख्ला टोलका बडबा'थे । फुच्चाफुच्चिको कन्सिरीका भुत्ला उखालेर थुरथुर बनाउथे । ती बुढालाइ देख्यो कि टाप कस्थ्यौँ हामी । छेउमै पर्दैनथ्यौँ । फुच्चे एकदिन बुढाका फन्दामा परेछ । रुदै आइपुगेथ्यो । हामि मज्जाले हासेथ्यौँ । हामिलाइ इख पोख्न एकदिन माइलिकाकिको पसलमा बुढालाइ चाउचाउ किनेर खुवादिएछ । त्यसदिनदेखि फुच्चे बुढोको जिग्रि ।

हेर्दा हेर्दै केहि समयपछि फुच्चे हामीलाइ बुढाका मर्न लागेका गफ उराल्ने भयो ।

तर हामी भने बुढाको छेउ कहिल्य पर्दैनथ्यौँ । परैबाट देख्नासाथ कुलेलम ठोक्थ्यौँ । तर, फुच्चे भने हाम्रा कन्सिरीका भुत्ला उख्लिएको हेर्न आतुर थियो ।   

स्कुल पुग्नासाथ, आश्विनी सरले बोलाए । था'थ्यो - बुढाले बोलाउछन् भन्ने, किनकी हिजोपनि टिफिनपछि भागेकै थियौँ । सरको अफिस कोठामा छिर्दा, आज उनको हातमा बनमाराको सिर्कानो थिएन । हामी अचम्ममा पर्यौँ । कान्छो र म खासखुस गयौँ ।

मैले कान्छाको कानमा सुटुक्क भने - 'बुढालाइ पिट्दा पिट्दा अल्छि लागे'छ' । बुढाले अब सम्झाउछन् । काला दात देखाउदै ऊ मुस्कुरायो ।

बुढाले दुवैलाइ नजिकै बोलाए । सरासर नजिकै गयौँ । यस्तो अरमठ्ठो हात रे'छ, नमज्जाले कन्सिरीका भुत्ला उखाले । दुवै क्वा ! क्वा रूदै कक्षामा फर्कियौँ । सबै हामीतिर फर्केर पछिसम्म हेरिरहे ।

त्यसदिनदेखि कन्सिरीको भुत्ला संम्झेर भाग्नै छाड्यौँ र टिफिनपछिका कक्षा नियमित पढ्न थाल्यौँ ।

चन्द्रकला मिस हुनुहुन्थ्यो । कालि थिइन तर राम्री । हामी भैरेलाइ के कालि, के राम्री ? सानै थियौँ । तर, उनका शरिरका प्रत्येक अंग ठुला थिए । हामीलाइ ठुला लाग्थे । जब मिसलाइ दख्थ्यौँ, लजाउदै हास्थ्यौँ । नाइटो झर्या छैन जिस्काउछौँ । मिस हाम्रो ग्यांङलाइ सधै हपार्थिन् । खै ! किन हपार्थिन् ऐल्यसम्म बुझ्न सकेको छैन् । 

मिस औधि बाठी ।

एकदिन मेरो नयाँ कपि हरायो । म रूदै आश्विनी सरका पुगे । बुढाले उल्टै दुइ सिर्कना लगाइदे । म छिनमै चुप भए । अचानक झरिरहेका आशु रोक्किए ।

एकछिनपछि चन्द्रकला मिस कक्षाभित्र छिरिन् । पछि थापाए । आश्विनी सरले पठाका रे'छन् । कपि पत्ता लागउन ।  

कक्षामा २० जना थियौँ । धेरै केटी थिए । सबै छिप्पेका । थोरै केटा थियौँ । सबै भान्टा-भुन्टे ।

मिसका हातमा उत्रैउत्रा २० वटा सतिबेरका काटी जत्रा सिन्का थिए । सबैका हातमा थमाउदै मिस बोलिन् - 'जसले कपि चोरेको छ । भोलि आउदा त्यस्को १ इन्च सिन्को बढेको हुन्छ । पहिलो घण्टीमै सिन्का लिन आउछु । भोलि पत्ता लाग्छ चोर । मिस यति भनेर भुत्त बाहिर निस्किइन । त्यतिनैबेला मेरो अनुहारमा खुशि बेतोडले दौडियो । म फिस्स हाँसे ।    

भुन्टे, दमाइ कान्छो, फुच्चे र म औधि मिल्थ्यौँ । स्कुल छुट्टि भएपछि बाटामा सँधै सँगै हुन्थ्यौँ । आजपनि सधा झैँ सँगै घर जादै थियौँ । दशजानी बाटाको गायोको बोट मुन्तिर अचानक फुच्चे रोकियो । हामी पनि टक्क उभियौँ । घाम महाभारतडाँडाबाट हाम्लाइ शंकालु आखाले एकोहोरो गरि नियाल्दै थियो । हामि गायोको बोटमा छेलिएर शितल भएको ठाउमा थ्याच्च बस्यौँ ।

मौनता चिर्दै फुच्चे बोल्यो - जाठ्ठी कालिले । भाच्या सिन्को बढ्छ भनि - 'भुत्रा नी बढ्दैन् ।'

भुन्टे भने अगिदेखि फत्र्याक फत्र्याक परिरहेको थियो । फुच्चेका कुराले उसलाइ अलिकति भएपनि राहत मिलेछ क्यार ! आरामको स्वाँस लिदै, बढी हाल्यो भने नी - उ आत्तियो ।

मा-कसम बढ्दैन् । दमाइ कान्छो गर्जियो । कालि बाँठिछे । खै ! के गर्न आँटी । चोरेपनि, नचोरेपनि यो सिन्को बढ्दै, बढ्दैन । भाच्या सिन्को घण्टानि बढ्दैन । एक बढ्दैन, दुइ बढ्दैन ।

फुच्चे र दमाइ कान्छोले चोरेकै रैनछन् । अनि, किन डराउथे । सिन्को किन बढथ्यो ?  

भोलिपल्ट कक्षामा पहिलो घण्टीमै चन्द्रकला मिस देखा परिन् । सबैले आ-आफ्नो सिन्को दिए । मिस बटुल्दै गइन् । भुन्टेले पनि दियो । तर, अरुको भन्दा छोटो । अन्तत: चोर पक्रियो । भुन्टेले नै कपि चोरेको रे'छ ।  

भुन्टेले कपि स्कुल पछाडी सतिबेरको बुट्टामा ढुंगाले थिचेर राखेको रे'छ । चन्द्रकला मिसले कन्सिरी मुन्तिर दुइ झापड लगाइन । राता गाला बोकेर भुन्टे फुत्त कक्षाबाट निस्केर बेतोडले दौडिएथ्यो । एकछिनपछि कपि लिएर कक्षामा झुल्कियो ।

मा-साले चोर । फुच्चे कड्कियो ।

दमाइ कान्छो हुन्देस् ऐल्य ! छुट्टि भएसि कुरा गरौँला । हामी चुपचाप भयौँ ।

चारजना मात्र बाटामा थियौँ । सबै गइसकेका थिए । स्कुल सुनसान भइसकेको थियो । सरमिस घरतिर झरिसकेका थिए ।  बाटामा हामी हिद्दै थियौँ । यतिबेरसम्म कोहि बोलेका थिएनौँ ।

एक्कासि भुन्टे रूदै बोल्यो-

हिजो जब तिमेरूसँग छुट्टिए । घर पुगेर मिसले भनेको सम्झिए, - चोरको सिन्को १ इन्च बढ्छ । कपि त मैले नै चोरेको थिए । मा-कसम तिमरूले थाहा पायौँ भने के भनौला भनेर बेलुका सित्नै सकिन । बँच्ने उपाय अबेर सम्म सोचे तर फुर्दै फुरेन ।

सुत्नै लाग्दा, आइडिया आयो । मिसले दिएको सिन्को बराबरको अर्को सिन्को बनाए र सँगै सिरानीमुनि राखे, अनि सुते । बिहान बढ्या छ कि छैन । थाहा पाइन्छ भनेर ।

बिहान उठ्दा जत्रा तत्रै । भुत्रा नी बढेन । कालिले था नपाउने भइ भनेर खुशिले उफ्रिए । स्कुल आउदै थिए । बाटामा मन कुडियो । केहिगरि एकैचोट ह्वात्तै बढ्यो भने त...! जे होला होला भनेर १ इन्च भाच्दिए ।

हामी गलल्ल हाँस्यौँ । ऊ पनि हास्यो ।

फुच्चेले सम्झायो - 'मुला सबथोक गर, चोर्ने काम नगर । चाहे अर्काको, चाहे हाम्रो ।

भुन्टेले कान समात्दै अब कहिल्यै नचोर्ने कसम खायो । सँगै हामिले पनि । अनि, एकअर्कामा अंगालियौँ एकछिन । त्यसदिनदेखि भुन्टेले कहिल्य चोरि गरेन् । कसैका कक्षाबाट सामान पनि हराएन ।

ग्यांङमा, भुन्टे अरूका सामान चोर्न सिपालु । फुच्चे फाइट खेल्न । दमाइ कान्छो सन्काहा । तुलनात्मक तिनीहरू भन्दा म सोझो थिए । ती जता जान्थे पछि लाग्ने मै हुन्थे ।

एकदिन । आश्विनी सरले २० सम्मको दुनोट (२ एकान २ गर्दै २० सम्मको) भन्नेलाइ २० रुप्पे पैसा दिन्छु भने ।

एकछिनसम्म कसैले हात उठाएनन् । सबै चुपचाप रहे ।

एकछिनपछि रबि जुरूक्क उठेर म भन्छु सर भन्यो । ग्यांङ्का हामी प्पै ट्वाल्ल भयौँ । अस्तिभर्खर चन्द्रकला मिसले ३ एकान सोध्दा ठस ठस कन्दै थियो । जाठ्ठाले का'बाट सिकेछ । फुच्चे हाँस्दै बोल्यो ।

'आम्म कसम एल्लाइ आउदैन् ।' बाज्जि ठोक्दिन्छु । फुच्चे फेरि कड्कियो ।

हामि खित्त्खितायौँ । आश्विनी सर बम्किए । नपढ्ने ल्वादहरू ! खिसी गर्छौँ । दुइ तीन सिर्कना ढाडमा बज्रिए । कन्सिरीका रौँ ठाडा भए । कान राता । स्वास एकछिन रोक्केला, रोक्केला जस्तो भयो ।

आश्विनी सर बोले- सुरू गर ।  
रबि - २ एकान २, २ दुना ४....भन्दै गयो । अन्तमा २ दसन् २० । २० सम्मको दुनोट सकियो सर

फुच्चे त्यतिनैबेला हाँस्दै बोल्यो - 'भोलि हामि कण्ठ गरेर भनिदिम' । आश्विनी सरले ठुल्ठुला आखाले हामीलाइ निकैबेर तरिरहे....!  
@ सन्तोष पौडेल - सन्तु

No comments:

Post a Comment