हेराई र बुझाई बीचको भेद छुट्टयाउन आँखाले सक्दैन तर मनले ।
चरित्र र चित्र दुवैको दृष्य छुटट्याउन आँखाले सक्दैन तर मष्तिष्कले
।
उसैउसै मन अस्थिर छ, पटक-पटक ।
लाग्दैछ— जिन्दगी उकालो र ओरालोका
दुई गोरेटो मिलेर बनेको चोक हो । जहाँ अनायासै अलमलिरहेका छन् मोडहरू । अनि, अलमलिरहेका
छन् कैयौँ बटुवाहरू ।
०००००
"यो बाटो कता पुग्छ दाई ?", अपरिचित कसैले सोध्छ
।
"कागत्यानी मन्दिर", म छोटो उत्तर दिन्छु ।
"मान्छे किन अलमलिन्छ ?", तत्काल आफुले आफैलाई
प्रश्न गर्छु ।
भिरबाट भुनभुनाउँदै निस्केका माउरीका हुलहरूलाई सम्झिन
पुग्छु । तीनले कहिल्यै नबिर्सिने बाटाहरू सम्झिन्छु ।
विशाल आकाशमा उड्डै गरेका ठुलठुला जहाजहरूलाई सम्झिन पुग्छु
र तीनले कहिल्य नविराउने बाटा र तीनका चालकहरूलाई सम्झिन्छु।
अपार समुन्द्रमा तैरिने ठुल्ठुला जहाजहरूलाई सम्झिन पुग्छु
र तीनले नबिराउने बाटाहरू र तीनका क्याप्टेनहरूलाई सम्झिन्छु।
तर, मान्छेले मात्र बेलाबेला किन विराउँछ आफ्नै बाटो ? र, ठम्याउँनै नसक्ने गरी भुल्छ आफ्नै गन्तव्य/लक्ष्यका बाटाहरू ।
आजभोलि यस्ता अनेकौँ प्रश्नहरूको चाङ्गमाथि पल्टिन्छु । घोत्लिन्छु । डुब्छु । तैरिन्छु । पटक-पटक । र, सोचिरहन्छु चिया दोकानको कुनै कुनातिर चुरोट सल्काउँदै घण्टौँसम्म ।
एकदिन चियादोकानकै एक दाईसँग जिस्किदै सोधेथे—
"मान्छेहरू बेलाबेला किन अनयासै अल्मलिन्छन् र विर्सिन्छन्
बाटाहरू?"
मेरो प्रश्नलाई ख्यालै नगरि ती दाई निकैबेर मज्जाले हाँसेका
थिए ।
"तिमी मान्छे हिड्ने गोरेटो बाटोको कुरा गर्दैछौँ वा जिन्दगीका
लक्ष्यहरूको बाटोको ?", म निकैबेर मौन हुनपुगेथे दाईको प्रतिप्रश्न सुनेर ।
साँच्चि, कुन बाटोको कुरा गर्दै थिए म ।
केहि क्षणको मौनतापछि एकाग्रतालाई चिर्दै— "दुवै",
मसिनो स्वरमा म बोलेथे ।
भट्टिभित्र रक्सि पिउनु व्यक्तिको अनुशासन हो ? उहाँले मलाई
उल्टै प्रश्न गर्नुभयो ।
होला, मैले हो र होइनको बीचमा मुण्टो विस्तारै हल्लाए त्यसक्षण
।
स्मोकिङ्ग जोनमा चुरोटको धुँवा उडाउनु व्यक्तिको धर्म हो ?
उहाँले फेरि अर्को प्रश्न गर्नुभयो ।
होला, चुरोटको धुँवा उडाउँदै मैले मुण्टो उसैगरी हल्लाए ।
उसैगरी गोरेटो बाटाहरू बिराउनु पनि मान्छेहरूको नितान्त
व्यक्तिगत अनुशासन हो, धर्म हो । यहि अनुशासन र धर्मकै कारणले गर्दा व्यक्ति गन्तव्यको
खोजिमा सँधै तल्लिन भइरहेको हुन्छ । र, अन्ततः एकदिन उलसे चाहेको गन्तव्यमा अवश्य पुग्नेछ
।
ऊ आजै तिमीलाई कसैले गन्तव्य सोधेछ ।
ऊँहाले भर्खरै उत्तर सुझाउनु भयो वा प्रश्न । तैपनि मैले उसैगरी
मुण्टो हल्लाइरहे ।
उहाँ चर्किलो आवाजमा भन्दै हुनुहुन्थ्यो— मनले इछ्याएको र मनले
चाहेको बाटोहरू भने कहिल्यै नभुल्नु । कहिल्यै ती बाटाहरूमा नअलमलिनु । यो तिम्रो
अनुशासन र धर्म क्षेत्राधिकार बाहिरको कुरा हो । उहाँ मलाई यसरी भन्दैहुनुहुन्थ्यो— मानौँ म जिन्दगीका
तमाम् लक्ष्यहरू भुलेर समय बर्बाद गर्दै छु । म आफुले आफैलाई भुल्दै छु । आफ्नो
अस्तित्वलाई मेटाउन जाँदैछु ।
मनले चाहेको लक्ष्यका बाटोहरू भनेको व्यक्ति स्वं भन्दा माथिको
धर्म हो, अनुशासन हो । जब मनले इच्छ्याएका बाटाहरू विर्सिएर अरूले इछ्याएको बाटो
हिड्न थाल्छौँ । ठान्नु, घनाजंगलहरूमा हराउँदैछु र विनाकारण मेटाउँदैछु आफ्नै
अस्तित्व ।
म त्यसदिन दाइको कुरासुनेर ट्वा भए । गोलि लागेर ढलेको लाश
झैँ गुपचुप निकैबेर भइरहे ।
ऊहाँ मैले सोधेको प्रश्नमा के भन्दै हुनुहुन्थ्यो, म बुझे
झैँ टाउको हल्लाउँदै थिए ।
कुनापट्टीबाट एक हुल केटाकेटीहरूको आवाजले म झसङ्ग हुनपुगे
।
कुनापट्टी खैरो बाक्लो ज्याकेटमा टाठिएको एउटा ठिटोलाई देखे
। लाग्यो— ऊ पनि यो अजिबोगरिब दुनियाँबाट आफ्ना तमाम् मनका लक्ष्यहरूलाई भुल्न
चाहान्थ्यो । उसको चुरोट तनाईले मलाई उल्टै भाउन्न गराइरहेको थियो । ऊ यति हतारहतारमा
धुवाँ पिइरहेको थियो । मानौँ, ऊ मनका पीडाहरूलाई धुँवाका कसले पुर्न चाहान्थ्यो ।
बस्, यो त चिया दोकानको क्यानभासमा अचानक कोरिन पुगेको एउटा
विशुद्ध सोच थियो जुन क्यानभासमा घण्टौँ हराइरहने तमाम् मध्येको एउटा नियमित पात्र
म पनि थिए ।
०००००
उत्तरपट्टीको कुनामा उम्लिरहेको चिया फुत्लुक फुत्लुक
चलाउँदै छिन्, दिदी ।
चुरोटको धुँवा उडाउँदै दक्षिणपट्टीबाट म चियाका लामा लामा
फुर्को हेरेर रमाइरहेको थिए । म दिदी भन्छु । किनकिन मलाई यो शब्द आजभोलि निकै आत्मिय
लाग्न थालेको छ । ऊहाँ सबैको दिदी हुनुहुन्छ ।
साउनी भन्न भुलेर जब ६७ वर्षे बुढो २६ वर्षे केटीलाई
"दिदी मिठो चिया पिउ" भन्दै आइपुग्छ । यो दृश्य देखेर म अचानक भावुक हुन्छु
र झसङ्ग हुनपुग्छु— "पाको र अनुभवी त मान्छे कर्मले हुँने रहेछ, उमेर र सोचले मात्र कहाँ भइदो रहेछ
।"
म अचानक आफुले आफैलाई लज्जित ठान्छु । र, अनगिन्ती ठुलठुला सोँचहरूलाई
त्यहि थातिराखेर चियादोकानको वैचारिक क्यानभासबाट फुत्त निस्किन्छु र कसैलाई थाहै
नदिई गुपचुप कोठातिर हानिन्छु ।
No comments:
Post a Comment