हो— ‘संविधान बन्यो, अझै देश बनेन ।’
देश सँधै पीडामै घस्रियो । राजनीतिक अस्थिरताले हामी कसैलाई
छाडेन । राज्य देशलाई स्वीजरल्याण्ड बनाउछु भन्दै कर असुल्छ । जनताहरुबाट सबथोक
लिन्छ । तर फिर्तामा केहि पनि दिदैन । घरको धारामा प्रशस्त पानी दिदैन । बिजुली
दिदैन । ग्याँस, पेट्रोल, डिजेल थोरैथोरै दिन्छ । यातायातको सुविधा भनेजस्तो
छैन । सञ्चार क्षेत्रको अवस्था त्यस्तै नाजुक छ । शिक्षाको झन् कुरै नगरौँ ।
केहि महिनादेखिको नाकाबन्दीको मारमा लाखौँ विद्यार्थीको
भविष्य अन्धकार हुँदैछ । शिक्षा क्षेत्र नाजुक बन्दै छ । यस्तो परिस्थिति देशमा
बन्दैगर्दा ‘नेपाल झन् पछाडि’ राष्ट्र संघले
प्रकाशित गरेको विकास कार्यक्रम प्रतिबेदको समाचार पढेर खासै मन दुखेन । यो
स्वभाविक हो र सत्य । एकपटक नेता, वुद्धिजिवी, नागरिक समाज,
विद्यार्थी सबैले एकपटक मनन गर्दै सोचौँ नेपाल अगाडि केमा चै छ ?
सबैमा स्पष्ट छ— देश बन्द, हड्ताल, लठैतिकरण, अस्थिर राजनीति,
दुरुपयोग, भष्ट्रचार, ग्रस्त प्रशासन प्रणाली, नातावाद र कृपावादको समग्रतामा भने अगाडि पक्कै छ ।
गरिबीको अवस्था दुरदराज र केन्द्र
अब चिन्तन गरौँ— विगतको यस्तो
अवस्थाको मुल्यांकनले नेपाल झन् पछाडि नधकेलिएर तथ्यगत रुपमा अगाडि बढ्छ त? जरुर बढ्दैन । हो— निश्चित सिमा तथा भुगोलभित्र बसेपछि पक्कै देशसँग आम मानिसको मानवीय जिवनको अपेक्षा, शिक्षा, स्वास्थ्य, राम्रो आम्दानी हुनु स्वभाविक हो । २१ औँ शताब्दिमा
चमत्कारी विकासको आयाम विश्वले छुँदैगर्दा हाम्रो देश भने यी कुराहरुमा चुक्दै
जानु दुखद कुरा हो । देशले काचुली फेर्छ भन्ने नेताहरुले जनताका यी अत्यावश्यक
साधारण आवश्यकता पुरा गर्न नसक्नु लाजैमर्दो र असक्षम नेतृत्वको संकेत हो । सुचकांक
र UNDP को रिपोर्ट हेर्ने
हो भने देशका मान्छेहरु कसरी बाँचिरहेका छन्,
स्पष्ट देखाउँछ । एउटा भनाई छ— 'हुँदै नभएपछि
गुम्नेको के डर ?' यहाँ त प्राकृतिक, सांस्कृतिक, सामाजिक सम्पूर्ण तवरले भरिपुर्ण भएर पनि गुम्ने डर रह्यो । यसर्थ, अतिवादको पराकष्टमा
देश र जनता कहिलेसम्म ? अब त केहि गरौँ।
प्रकाशितः पाठकमञ्च, कान्तिपुर (२०७२/९/१)
No comments:
Post a Comment