Tuesday, June 2, 2015


जिन्दगी गाडीको पाङ्ग्रो भइदिए...

कहिलेकाहि
यसो सोचिहेर्छु

जिन्दगी
गाडिको पाङ्ग्रो भइदिए
कुद्थ्यो होला 'रोडैरोड'
पुग्थ्यो होला 'जताततै'

कहिलेकाहि
जिन्दगी पन्चरै हुँदापनि
कमसेकम टालेर त जिउथे होला
मान्छेहरू पटकपटक