Tuesday, August 11, 2015

भैरे गयाङ्ग

ग्यांङका कुनै भैरेलाअंग्रेजी नआउने, पढे पो !

एकदिन फुच्चेले 'मिनिङ' पढे पछि काम लाग्ने सबैलाई वतायो । त्यसदिनदेखि टाक्कटुक्क सबैले मिनिङ कण्ठ गर्न थाले जानेर वा नजानेर पढ्ने बानिको शुरूवात भैरे ग्यांङमा यहि हिज्जे कण्ठबाट थालनी भयो

भैरे ग्यांङमा फुच्चे, औवा, भुन्टे र म थियौँ । स्कुलमा अंग्रेजी मात्र नपढ्ने, नआउने । अरूमा खप्पिस । म दोश्रो थिए । गोले केटो फस्ट । फुच्चे, औवा र भुन्टे भने अक्षरका गरिब सन्तान थिए दिनहुँ यिनिहरूको संगतमा पिटाइ भेट्थे । प्राय: हातमा सिर्कनाका डाम हुन्थे । कैलेकाई कन्सिरीका भुत्ला उखालिन्थे ।

क्रिकेट मैदान जस्तो गोलो चौरीमा एल आकारमा स्कुल थियो कक्षा ५ सम्म पढाइ हुन्थ्यो । स्कुल अगाडी ठुलो भैसि आहाल थियो । आहालको पुर्व र उत्तर पट्टि ठुला बरपिपलका रूख । दख्खिनमा फुटबल भलिबल खेल्ने चौरी

मजाको फुटबल खेल्न केहि भैरे पेले भन्दा कम थिएनन् । बाउका नयाँपुराना सबै मोजा चोरेर ल्याउथे, कागज-प्लाष्टिक भर्थे । अनि, सुरू हुन्थ्यो फुटबल ।

सबैभन्दा बढी फुच्चेले हात्तिछाप चप्पलका धेरै लोति चुडाल्यो । तर, खुट्टाबाट फुटबल खेल्ने शैलि कहिल्य चुडाल्न सकेन।

एकदिन फुटबल खेल्दै गर्दा अर्को भैरे उर्फ भुन्टेले हात भाँच्यो तर, मजाको फुटबल खेलेर कसैको मन भाँच्न सके । त्यसदिन भुन्टेले रूदै फुटबलबाट सन्यास लिन धुलिखेलको हस्पिटल पुग्नुपर्यो ।

केहिदिनपछि हेडसरले थाहापाउनुभएछ 'मजाको फुटबल खेल्न प्रतिबन्ध लगाइदिनुभयो ।' त्यसदिनदेखि भैरेहरूले बाउको मजा चोर्न छाडे । यता मजाको फुटबल इतिहास टुंगियो । त्यसैदिन नयाँ इतिहास शुरू भयो बाउको मोजा नहराउने ।  
०००००

म रूख चढ्न डराउथे । आहालमा डाइभ हान्न खप्पिस । केटाहरू बादर भन्दा कम थेनन् रपिपलका जति हाँगा भाचिन्थे । सब ती झुण्डेर भाचिन्थे ।

औवा हाँगामा पिङ्ग झैँ मचिन्थ्यो । म भुइबाट कतापट्टि खस्ला ? आँकलन मार्थे । केटो किन खस्थ्यो ? झन्, अर्को हाँगामा बाँदरझैँ जम्प मार्थ्यो ।

पाकेका वरपिपलका गेडा औधि मिठा हुन्थे । स्कुलका खाजा हुन्थे सिजनमा । झण्डै, भैरे ग्यांङका केटाहरूले स्कुले जीवनभर आधा ट्रक भन्दा बढी खाए होलान् । रूखबाट टिपेर ल्याएका सप्पै मेरा लागि हुन्थे । फेदमा झोला रूग्ने काम मेरो जिम्मामा हुन्थ्यो ।   

एकदिन फुच्चेले पल्लो हाँगाबाट औवालाई भनेछ 'हाम्रा हजुरबाका बाले रोपेका रे यी बरपिपल'

औवाका कन्सिरी तातेछ । झोक्किदै 'भुत्रा नी होइन', भन्दिएछ ।

पल्लो हाँगाबाट फुच्चेले सट हान्ने भाथ्यो 'तुन्द्रुङ्ग हाँगा मुन्तिर झुन्डियो'

औवाले तु फिल्मी स्टाइलमा फुच्चेलाई बचायो

वास्तवमा भैरे ग्याङ्गका कुनै भैरेलाई थाहा थिएन कसका हजुरबाले रोपेका थिए ती रपिपल
०००००

भोलिपल्ट रूख चढ्दै गर्दा अचानक फुच्चे झोक्कियो भुत्रानि ल्याइदिन्नहिजो लड्याभा, 'मरिमरि हास्थिस् ।' अझै ! कुरा लाउथिस् होला बाला । पर्दैन झोला रुङ्न, बोकेरै चढ्छु । खाने भए आफै चढ । 'जाठा ! हाम्ले चै आमाको पेटमा सिकेर आ हो !', बाले चढ्नुहुन्न भन्दै गालि गर्थे । बा'को आँखा छल्दै आँटका हाँगा मच्याउथ्यौँ । खुरूक्क चढ ।

'फुच्चेका कुरा सुनेर एकछिन ट्वा भए'

'थुइक्क ! मुला, सानो कुरामा रिसाम्छस् '  हिजो त्यहिपनि तलाई केहि भएन । म रुन्चे स्वरमा बोले ।

'फुच्चेको मन के पग्लिन्थ्यो ?' डरले शरिरमा भरर काँडा मात्र उम्रिए ।

तत्क्षण सबै फुच्चेका साइडतिर पन्छिए फुच्चेका कुरामा सहमत भए । कसैले नल्याइदिने भए । म एक्लो परे

त्यहिदिन मैले रूख चढ्न सिकेकालान्तरमा तिनिहरूभन्दा खप्पिस निस्के । कतै रूखका हाँगा लुछिए भेरै ग्याङ्गमा नाम जोडिएर आउन थाल्यो ।
०००००

प्राय: सधैजसो औवा र म टिफिन टाइममा घर भाग्थ्यौँ । फुच्चे र भुन्टे त्यति भाग्दैनथे । बारिका कान्ला उक्लिदै गरेको देखेपछि आश्विनी सरले डिलबाट बोलाउथे । हामी कान्लामा लुक्थ्यौँ, फर्केर जादैनथ्यौँ । फुच्चे र भुन्टे भने जान्थे ।  

भोलिपल्ट बनमारा सिर्कनाको चुटाइ भेटिन्थ्यो । उल्का दुख्थ्यो । बनमारा सिर्कनोदेखि उल्का डराउथ्यौँ तरपनि भाग्न छाडेनौँ सम्भवत: बनमाराका सिर्कना जत्तिमाले पनि शरिर चुमिनन् होला?

'एकदिन फुच्चेले आश्विनी सरलाइ कन्सिरीका भुत्ला उखाल्दिए, भाग्दैनन्', बताइदिएछ । कन्सिरीका भुत्ला उखाल्ने मान्छेदेखि दुवै खुब डराउथ्यौँ ।

गाउँमा ७४ वर्षका एक बडबा थे । भुराभुरीका कन्सिरीका भुत्ला उखालेर थुरथुर बनाउथे । ती बुढाला देख्ना साथ हामी टाप कस्थ्यौँ । छेउमा कहिल्य पर्दैनथ्यौँ । फुच्चे एकदिन बुढाको ट्र्यापमा फसेछकेहिबेरपछि रुदै आइपुगेथ्यो । हामि मज्जाले हासेथ्यौँ ।

माइलिकाकिको पसलमा बुढालाइ चाउचाउ किनेर खुवाएपछि फुच्चे बुढाको जिग्रि भयो । हेर्दाहेर्दै बुढाका मर्न लागेका गफ हामीसँग उराल्न थाल्यो । तर, हामी भने बुढाको छेउ कहिल्य परेनौँबुढालाई देख्नासाथ परैबाट कुलेलम ठोक्थ्यौँ । फुच्चे हाम्रा कन्सिरीका भुत्ला उख्लिएको हेर्न चाहन्थ्यो । ईख पालेथ्यो त्यसले । र त भन्दियो आश्विनी सरलाई ।

अर्को दिन स्कुल पुग्नासाथ आश्विनी सरले बोलाए । थाहा थियो 'बुढाले बोलाउछन् भन्ने, किनकी हिजो टिफिनपछि भागेकै थियौँ ।'

अफिस कोठामा सुटुक्क पस्यौँ । आश्विनि सर झ्याल छेउ कुर्चिमा उङ्दै थिए । सरको हातमा बनमाराको सिर्काना थिएन । हामी अचम्ममा पर्यौँ ।

मैले औवाको कानमा खुसुक्क भने 'बुढालाइ पिट्दापिट्दा अल्छि लागेछ, अब सम्झाउछ ।' त्यसदिन काला दात देखाउदै ऊ फिस्स मुस्कुराएथ्यो

बुढाले दुवैलाइ नजिकै बोलाए । सरासर गयौँ । बुढाका बढो अरमठ्ठेको हात रहेछ 'नमज्जाले कन्सिरीका भुत्ला उखाले ।' दुवै क्वा ! क्वा ! रूदै कक्षाकोठामा फर्कियौँ । सबैले निकैबेर जिस्काइरहे । त्यसदिनदेखि कन्सिरीको भुत्ला सम्झेर भाग्न छाड्यौँ र टिफिनपछिका कक्षा नियमित पढ्न थाल्यौँ ।
०००००

चन्द्रकला मिस हुनुहुन्थ्यो । कालि थिइन् तर राम्री । हामी भैरेलाइ के कालि, के राम्री ? तर, उनका शरिरका प्रत्येक अङ्ग ठुला थिए । हामीलाइ ठुला लाग्थे । जब मिसलाइ दख्थ्यौँ, लजाउदै हास्थ्यौँ ।

'नाइटो झर्या छैन जिस्काउछौँ ।' मिस हाम्रो ग्यांङ्गलाइ सधै हपार्थिन । किन हपार्थिन ? ऐल्य बुझ्दैछु । 

मिस औधि बाठी थिईन्

एकदिन मेरो नयाँ कापि हरायो । म रूदै आश्विनी सरका पुगे । बुढाले उल्टै दुइ सिर्कना लगाइदे । म छिनमै चुप भए । अचानक झरिरहेका आशु थामिए ।

एकछिनपछि चन्द्रकला मिस कक्षाभित्र छिर्नुभयो थाहाभयो— 'आश्विनी सरले कपि पत्ता लगाउन पठाएका रहेछन् ।'  

कक्षामा २० जना थियौँ । धेरै केटी थिए । सबै छिप्पेका । थोरै केटा थियौँ । सबै भुन्टे ।

मिसका हातमा उत्रैउत्रा २० वटा सतिबेरका काटी जत्रा सिन्का थिए । सबैका हातमा थमाउदै मिस बोल्नुभयो 'जसले कपि चोरेको छ । भोलि आउदा त्यसको १ इन्च सिन्को बढेको हुन्छ । पहिलो घण्टीमै सिन्का लिन आउछु । भोलि पत्ता लाग्नेछ चोर ।' मिस यति भनेर फुत्त बाहिर निस्किनुभयो ।

त्यतिनैबेला अनुहारमा खुशि बेतोडले दौडिएथ्यो मेरो अनुहारमा । म फिस्स हाँसेथे । भोलि कापि भेटिने पक्का भएथ्यो र बच्ने भएथे बाउको पञ्जा झाप्पडबाट ।
०००००

भुन्टे, औवा, फुच्चे र म औधि मिल्थ्यौँ । स्कुल छुट्टि भएपछि बाटामा सँधै सँगै हुन्थ्यौँ । आजपनि सधैझै सँगै घर जादै थियौँ । दशजानी बाटाको गायोको बोट मुन्तिर अचानक फुच्चे रोकियो । हामी पनि टक्क उभियौँ । घाम महाभारतडाँडाबाट हाम्लाइ शंकालु आँखाले एकोहोरो गरि नियाल्दै थियो । हामि गायोको बोटमा छेलिएर शितल भएको ठाउमा थ्याच्च बस्यौँ ।

सन्नाटा चिर्दै फुच्चे बोल्यो 'जाठ्ठी, कालिले भाच्या सिन्को बढ्छ भनि, भुत्रा नी बढ्दैन ।'

अतालिदै भुन्टे बोल्यो 'बढ्यो भने ।'

'मा-कसम बढ्दैन', औवा गर्जियो ।

'कालि बाँठिछे । के गर्न आँटी ?' चोरेपनि नचोरेपनि सिन्को बढ्दैबढ्दैन । भाच्या सिन्को घण्टा बढ्छ । एक बढ्दैन । दुइ बढ्दैन । बढ्दैबढ्दैन ।  

फुच्चे र औवाले कापि चोरेकै थिएनन् । किन डराउथे ? सिन्को किन बढ्थ्यो ?  
०००००

भोलिपल्ट पहिलो घण्टीमै चन्द्रकला मिस कक्षाकोठामा पस्नुभयो । सबैले आ-आफ्नो सिन्को दिए । मिस बटुल्दै जानुभयो । भुन्टेले पनि दियो तर अरुको भन्दा १ इन्च छोटो । अन्तत: चोर पक्रियो । भुन्टेले कापि चोरेको रहेछ ।

चन्द्रकला मिसले कन्सिरी मुन्तिर दुइ झापड लगाइदिनुभयो । राता गाला बोकेर भुन्टे फुत्त कक्षाबाट निस्केर बेतोडले दौडिएथ्यो । केहि सेकेण्डमै कपि लिएर कक्षामा झुल्कियो ।
  
स्कुलपछाडी सतिबेरको बुट्टामा ढुंगामा थिचेर कापि राखेको रहेछ ।

'मा साले चोर', फुच्चे कड्कियो ।

हुन्देस् ऐल्य ! छुट्टि भएसी कुरा गरौँला । औवा बोल्यो । हामी चुपचाप भयौँ ।
०००००

चारजना मात्र बाटामा थियौँ । सबै घर गइसकेका थिए । स्कुल सुनसान भइसकेको थियो । सरमिस घरतिर झरिसकेका थिए । बाटामा हिद्दै थियौँ । त्यतिबेलासम्म कोहि बोलेका थिएनौँ ।

अचानक भुन्टे रूदै बोल्यो 'हिजो तिमीहरूसँग छुट्टिएपछि घरमा पुगेर मिसले भनेको सम्झिए चोरको सिन्को १ इन्च बढ्छ । कापि त मैले चोरेको थिए । विध्यानष्ट, तिमीहरूले थाहा पायौँ भने के भनौला भनेर बेलुका सुत्नै सकिन बँच्ने उपाय अबेर सम्म सोचे तर फुर्दै फुरेन । सुत्नै लाग्दा आइडिया फुर्यो । मिसले दिएको सिन्को बराबरको अर्को सिन्को बनाए र सँगै सिरानीमुनि राखे । अनि, सुते ।

बिहान उठ्दा दुवै सिन्का जत्रातत्रै । ल बढेन । कालिले थाहा नपाउने भई भनेर खुशिले उफ्रिए । स्कुल आउदै थिए । बीच बाटामा आइपुगेपछि मन कुडियो । केहिगरि एकैचोट ह्वात्तै बढ्यो भने...'हुन्देस जे होला सोहि पर्ला । १ इन्च भाच्दिए ।'  

हामी गलल्ल हाँस्यौँ । ऊ पनि हास्यो ।

फुच्चेले सम्झायो 'मुला सबथोक गर, चोर्ने काम नगर । चाहे अर्काको चाहे हाम्रो ।'

भुन्टेले कान समात्दै कहिल्यै नचोर्ने कसम खायो । सबै मुस्कुरायौँ अनि एकअर्कामा अंगालियौँ । त्यसदिनदेखि भुन्टेले कहिल्य चोरि गरेन । कक्षाकोठाबाट कसैको सामान पनि हराएन ।
०००००

ग्यांङ्मा भुन्टे सामान चोर्न सिपालु थियो । फुच्चे फाइट खेल्न । औवा सन्काहा, निउ खोज्न । तुलनात्मक तिनीहरू भन्दा म सोझो थिए तर पढन्ते । ती जता जान्थे पछि लाग्ने मै हुन्थे । तर, परीक्षाका समयमा मात्र ती मेरा पछि लाग्थे।

गाउँमा 'भैरे ग्याङ्ग फेमस थियो ।' केटाहरू के गर्दैनथे ? राम्रो-नराम्रो । सबैसबै ।

एकदिन आश्विनी सरले २० सम्मको दुनोट २ एकान २, २० सम्म भन्नेलाइ २० रुप्पे दिने घोषणा गरे

एकछिनसम्म कसैले हात उठाएनन् । सबै चुपचाप रहे ।

रवि जुरूक्क उठेर भन्न तयार भयो । ग्यांङ्गका बै भैरे ट्वाल्ल भयौँ । अस्तिभर्खर चन्द्रकला मिसले ३ एकान सोध्दा ठसठस कन्दै थियो । जाठ्ठाले कति चाँडो कण्ठ गरेछ । फुच्चे हाँस्दै बोल्यो ।

'आम्मा कसम यल्लाई आउदैन । बाजि ठोक्दिन्छु ।' फुच्चे फेरि कड्कियो ।

हामि खितखितायौँ । आश्विनी सर बम्किए । नपढ्ने ल्वादहरू खिसी गर्छौँ । दुइ तीन सिर्कना ढाडमा बज्रिए । कन्सिरीका रौँ ठाडा भए । कान राता । साँस एकछिन रोक्केलारोक्केला जस्तो भो !

आश्विनी सर बोले 'सुरू गर रबि'   

रबि '२ एकान २', २ दुना ४....', भन्दै २ दशन २० । २० सम्मको दुनोट सकियो सर

फुच्चे हाँस्दै बोल्यो 'भोलि कण्ठ गरेर भन्दे त सन्तोष ।'

आस्वीनी सरले ठुल्ठुला आँखाले निकैबेर मलाई हेरिरहे ।

No comments:

Post a Comment