मृत्युको
नजिक निसास्सिएका एकाध मकै हाँडिबाट उछिट्टिएर संसार नियाल्न आइपुग्छ । 
- अर्कै दुनिया
- भुलेर पीडा
- मृत्युको स्वाद
- अनि, क्रान्ति गर्छ । डडेर मरेका निम्ति । 
- सिकाउछ मृत्युको पाठ
- बिकाउछ बोलि 
कति दिनसम्म
पृथ्वीको हाँडिभित्र भुटिएर बस्न सक्लान् मान्छे ? हाँडिबाट उछिट्टिएर आएका मकै जस्ताले हाकेको दुनियाँमा जीन्दगी सुकाएर । थाहा
छ सबैलाई । 
अब, उछिट्टिन चाहँदैन ती मान्छे
। 
- फोडेर भ्रम । 
- फोडेर भैभव । 
- फोडेर अन्याय । 
- फोडेर हरथोक अनि पृथ्वी ।
ऊ चाहदैन नयाँ घाम र
नयाँ प्रकाश । नयाँ दनियाँ । नयाँ देश । नयाँ शहर । नयाँ गाउ र बस्ती ।   
फेर्न चाहदैन अरूको हैसियत
र सान;
- भुलिसक्यो उसले आफ्नो औकात 
- भुलिसक्यो उसले आफ्नो धर्म
- भुलिसक्यो उसले आफ्नो कर्म
- भलिसक्यो उसले सबथोक र बनाउँछ उसको छुट्टै रंगिन दुनिया र रंगिन जीन्दगी । 
- अनि गर्छ ठुला कुरा । 
- पुर्न पृथ्वी । 
- पुर्न तिमी र म जस्ता ।
आऊ नपर्खौँ - 'तीनले देखेका त्यो दिन' 
आऊ नकुरौँ - 'अब तीनले सजाउने दिन' 
आऊ नदेखौँ  - 'तीनले बुनेका सपना' 
एकदिन;
तिमी र म मिल्नै पर्छ 
मेरा लागि र तिम्रा लागि 
आउ मिलेर
बन्द गरिदिउ ढकनी 
उछिट्टिन नपाउन् ठेट्ना
आउ मिलेर
फोडिदिउ 
अनि 'यो पृथ्वी'
@ सन्तोष पौडेल - सन्तु
No comments:
Post a Comment