एउटा उचाइ बोल्छ-
अग्लिएको छु
अर्को उचाइ बोल्छ-
होच्चिएको छु
यहाँ
उचाइपिच्छे फरक छ जिन्दगी 
र, पनि
सगरमाथा र धरहराको टुप्पोबाट 
देश-दुनियाँ नियाल्नेहरू 
हरेकमा 
स-साना उचाइ देख्छन् 
ठुला दुर्गम पहाड देख्दैनन्
@ सन्तोष पौडेल - सन्तु
No comments:
Post a Comment