Sunday, July 14, 2013

कस्ती बेरूप भइछे धर्ती?

बर्षोँपछि
बादलको घुम्टो उघारी
आकाशले धर्तिको मुहार हेर्यो-
'कस्ती बेरूप भइछे ?'   

आत्तिदै आकाशले सोध्यो-
कसले बलत्कारी महिला जस्तै बनायो तिमीलाइ?

रुदै धर्ति बोलि-
दिनहुँ
डाँडा छिचल्दै
लुछ्न आउछ घाम
घाम लुकेपछि
सिनो टिप्ने शहर
पुछ्न आउछ अनेक बहानामा बगेका आँशु
र, लुट्छ उल्टै 
बँचेका पालुवा पवनहरू  

जगतको एक्लो अर्धाङ्गिनीले
सजाउन कति दिनसम्म सक्छे आफुलाइ?
बादल जुधेर झरेका आँशुका थोपामा

बरू लुछुन यी उजाडिएका छातिहरू
मिलेर,
'सिनो टिप्ने शहर र घाम'
@ सन्तोष पौडेल - सन्तु

No comments:

Post a Comment