एउटा सत्य जलिरहेको
छ
आँखा अगाडी, बलिरहेछ
काठहरूको हवन माथि
थुप्रै मृत्युहरू !
हेरिरहेको छु
आफन्तका आँखाका
चेपबाट
झर्दै गरेका आँशु
सुक्दै, बेटारिएका ओठहरू
डरले काप्दै छन्, उल्टै
अनुहारका त्रास
भाग्न छुटेका
पसिनाहरू
बन्द भइसकेको स्वाँसमा
खोज्दै छन् स-साना आशहरू
तर, एक एक गर्दै बिलाउदै छ पञ्चतत्वहरू
सोच्दैछु;
वर्षौँ सिंगो शरिर भित्र थुनिएका हावाहरू
स्वतन्त्र भइ,
आज खुल्ला आकाशमाथि कता उड्दै छ ?
सोच्दैछु;
आँगोका लप्काले डडाएर
खरानी बनाएको शरिरदेखि
डरले उछिट्टिएका झिल्काहरू
कता भाग्न खोज्दैछन् ?
देख्दैछु;
अर्को एउटा सत्य
खरानी वागमतिमा
मिसिदैछ,
वग्दैछ पानिसंगै
तराइतिर,
झिल्का,
मेटाएर थुप्रै
मान्छेका अस्तित्वहरू
हावामा झुण्डिएर, उक्लिदै
छ स्वर्गतिर
सोच्दैछु;
कुनाको मन्दिरबाट
चुरोटको धुवा उडाउदै
हेर्दै कोहि जलेको पारि चितामा
सोच्दै छु;
एउटा सत्य जलिरहेको
छ
आँखै अगाडि
र, थाहा छ
म भित्र छ त्यो सत्य
र जलाउछ मलाइ
त्यसैगरी एक दिन
त्यो मृत्युले
र, अस्तित्व मेटाएर, निराकार बनाउनेछ
यो भु-आकारबाट
थाहापाउदा-पाउदै, किन
मान्छेहरू ?
अझैँ, एकपछि अर्को रणभुमि
जन्माउदै,
रगतमा
शरिरको आकार जोख्दैछ ?
@ सन्तोष पौडेल - सन्तु
No comments:
Post a Comment