मोटे छुट्टै कलेजमा पढ्छ । चाउरे र रणे भने एउटै
कलेज । यिनी तीनका जोडी, मलेवाको जस्तो
छ । शरिर सप्पैका सर्लक्क छुट्टिएका सुन्तलाका केस्रा जस्ता । बाँसजस्ता
अग्ला छन् । र, पातला
।
उधुम मिल्छन् यी । नेताजस्ता थोत्रा टाला हुन् र ! बेला-बेला
ध्वार् ध्वार् च्यातिने । जिग्री हुन्, जिग्री । तीन कान्छा जिग्री ।
तीनटै बा'आमाका कान्छा । पुछारमा जन्मेका । बा'ले
गल्ति गरे, या आमाले कर गरिन् । खैर, आफ्नै बे'पछि भनौला ।
मोटे र चाउरे अंग्रेजी बोल्न खत्रा । यी दुइका कुरै नगरम् ! कुइरेको जस्तो टोन निकाल्छ मोटे । च्याउरे पनि कम छैन । चेतन भगत जस्तै अंग्रेजीमा लेख्न खप्पिस ।
मोटे र चाउरे अंग्रेजी बोल्न खत्रा । यी दुइका कुरै नगरम् ! कुइरेको जस्तो टोन निकाल्छ मोटे । च्याउरे पनि कम छैन । चेतन भगत जस्तै अंग्रेजीमा लेख्न खप्पिस ।
'काँबाट आउछ ञी छाउरालाइ ।' - कैलेकाइ
रणे उफ्रिन्छ ।
यहि रणे मात्र हो, निर्धो
अंग्रेजीमा । कार्किबारे काकाको बाथले थलिएको तारे गोरू जस्तो । यो
अंग्रेजी बोल्न नजान्ने । कार्कीबारे काकाको तारे गोरू हिड्न
नसक्ने । ठ्याक्कै हल मिलेको ।
काकाले तारेलाइ नारेर जोत्न थाले कि मेलो कहिले
नसर्ने ? ठ्याक्कै तारेजस्तै रणे, अंग्रेजीमा नारिएर बक्न
थाल्यो कि वरपरका कसैले नबुझ्ने, सबै भाग्थे । वाक्य तुरिदासम्म
ऊ एक्लै भइसक्थ्यो ।
चाउरे र रणे भने बेलाबखत
उक्साउथे । अंग्रेजी
शब्दका हिलामा पछार्न तर यिनी
मुलालाइ के'था, रणे भित्रभित्रै जुर्मुरिएरको । ईख पालेथ्यो रणेले अंग्रेजी सुधार्न तर नेताहरूको बीचमा सहमति नटुंगिए झैँ यस्को अंग्रेजी कहिल्य सुध्रेको थे'न ।
एकदिन जिस्केर चाउरेले -'यल्लाइ कुइरे बन्न मन लाइ'छ।' भनेको मात्र
थियो ।
रणे झोक्कियो- 'साले ! काले',
जति नै अंग्रेजी छाँट्न । तलाइ
चै कुइरे भन्छन् । बरू अनुहार
हेरेर उल्टै भेले भन्लान् । बाउले तराइकि केटी बे गर्या'थे ?
त्यसदिन केही नबोलि चाउरे काला गाला खुम्चाउँदै
मुस्कुराएथ्यो । ....क्रमश,
०००००
यस 'भुराका कुरा' भागहरू आइतबार नियमित ब्लगमा पोष्ट
हुनेछ । धन्यवाद !
@
सन्तोष पौडेल - सन्तु
No comments:
Post a Comment