Tuesday, December 31, 2013

२०१४

मान्छेका 'मन' 
साना आकाश हुन 

'रहर' बतास

खुल्ला आकाश मुनि
अटाउन नसकेका कैयन
- सपनाहरू
- खुशीहरू

छन भने
२०१४ मा सँगैसँगै

आऊ उडाउ
यहि मनबाट टाढा टाढासम्म…! 

Thursday, December 26, 2013

अशीर्षक

मान्छेहरूको चाप सुक्दै गएका बाटाहरू
जति उदास देखिन्थे ? 

त्यो भन्दा बढी- 'ऊ' 

किनकी
ऊ कसैको मनको बाटो
हिड्न सकेन । 

Thursday, December 12, 2013

--अशीर्षक--

'मन' 
नमिलेपछि-नमानेपछि..! 

- क्षण धमिलिदै जान्छ 
- धुनहरू नमिठा लाग्छन् 
- डाँडाहरू एकोहोरिए घुर्न थाल्छ
- चराहरू गिज्याउन थाल्छन्
- झर्नाहरूले सुसेल्न छाड्छ
- वतास उघ्न थाल्छ
- घाम सन्किदै, फन्फनिएर डाँडामुनि लुक्छ

अनि, पस्छन् कोठाभित्र
हुलका हुल काला स-साना धब्बाहरू

पटक-पटक
अँध्यारो (अन्धकार)मा आतिन्छ मान्छे…
र, बिर्सिन्छ बाच्दै गरेको दुनियाँ ‼

Monday, December 2, 2013

---अ-शीर्षक---

फुरफुर,
मन्द-मुस्कानमा
बेमतलवी दौडिएका सिरौटे हावाहरू

माथि, कतै !
रिसाएर धुम्म परेकी
बेली बादलहरू

छटपटाउदै
खस्न तम्तयार रहेका 
स-साना संकुल थोपाहरू

सपना झै लाग्छ- 'दुनियाँको दैलो उघारी हेर्दा'   

कतै एकान्ततिर
केहिबेर घोत्लिएर, एक्लै तपतपाउदाँ

अदृश्य दुर्दम ओठहरू
चुम्दै, कायल बनाउछन्
प्रत्येक अंगहरू  

प्रकृतिका सैयौँ अवयवहरूसँग
घण्टौ घुलिदै भुलिन्छन्
बाच्दै गरेको क्षणिक जिन्दगी  

विस्तीर्ण सन्तुष्टी पोख्खिएर
खहरे बग्छ आँखाका चेपबाट
र, छिनमै उमार्छ छुट्टै दुनिया

भुक्तस्से (दु:खका) जिन्दगी
जिउनेहरूका लागि
सस्तो सरस आत्मीयता
यो भन्दा बढी; के ?
हाँ मिल्न सक्छ ?

सम्भवत: छैन उनीसँग पनि
ती विसासय आलिंगनका स्पर्शहरूमा…!

Sunday, December 1, 2013

नेता (लघु-कथा)

राजनेता विपिले भनेका थिए- 'सामान्य घर चलाउन सक्नेले देश चलाउन सक्छ' । तर, यहाँ नेताले आफ्नै घर त के ? देश त झन् परको कुरा 

एक नेता थिए । गाउकै चिनौटे । माख्लो टोलका । नाताले काका । थर कार्की ।

मन्त्री भईसकेका गाउँका ती काकालाई अतितका ती दिनहरूमा काकिले जहिल्य हपार्थिन् । इ कानले झण्डै एक मुरी जत्ति गालिगलौज सुने होलान । गालि पनि किन नगरून ? काका हुनाहार काम ठग- धुर्मुस । खाने, बस्ने र, हिड्नेको टुंगै थेन । घरमा सँधै एक्लै हुन्थिन् काकि । घरधन्दा, खेतिपाती र बालबच्चा सम्हाल्नै चौपट्ट पर्थ्यो । कति कठिन थिए ती दिन ? काकि मन थामथमाउन पँधेरीसाथिसंगीमाझ दु:खका आँशु पोख्थिन ।

'कस्तो जीन्दगीकै टुंगो नभएको मान्छे ?'

छ्या ! लोग्ने मान्छे यस्ता पनि हुन्छन् । गाउलेहरू नाक खुम्च्याउथे । अनि, यस्ता मान्छेको भर पर्यो भने घरको व्यवस्थापन हन्छ र ? कैयौँ चिनारूहरूले काकाको हर्कतमा खोट देखाउथे । धन्न काकी बाठी । जेनतेन घर धानेकै थिइन् ।

'छोरा मान्छे जस्तो हुनु नी व्यवहारमा । के सारो फिरन्ते भका । कुरा ओथर्यो । चुरोट सल्कायो । कोरम पुगे तास फिट्यो ।' काकि सँधै डिलबाट कराउथिन् । 

काकाले जानेको एउटै गतिलो काम थियो - 'गफ दिने' । गाउँका नेता भन्थे । स-साना टेण्डरका नायिके बने । हेर्दाहेर्दै जिल्लाका नेता भए । पछि सांसद । मन्त्रि पनि भए क्यार !

चिट्टै पर्यो नी ! शहराँ घर जोडे । गाडी चढे । गाउलेबाट शहरिया बन्न पुगे । तर, गाउ भने चटक्कै विर्षे । ऐल्य- 'मन्त्रि भका काका चुपचाप देखिन्छन्' । त्यत्ति बोल्दैनन् । उन्लाइ थाछ । र, पश्चताप पनि छ । उनी नेता हुन योग्य थिएनन् । न एजेण्डा थियो, न सिदान्त । गाऊ विकासका लक्ष्य त हुने कुरै भएन । त्यतिबेला जिल्लाका टेण्डर नेता थिए । हुँदाहुँदै केन्द्रका टेण्डर नायिके भए । पार्टिलाइ पैसा पेल्न सक्ने भएपछि जनताका नेतै बने ।

ऐल्य, काकी त्यस्तै । गफ दिन खप्पिस । महिला नेता रे ! कुन्नि के दल्को ? पार्टिको हर्ताकर्ता पो छिन रे ! चुनावमा उठ्ने भएपछि भोट माग्न गाऊ पसेकि थिइन रे !

उनै काकी जो हिजो गाउमा खेतिपाती गर्थिन् । दु:खका आँशु चुहाउथिन् । स-साना कार्यक्रममा सहभागि हुँदा, दुई कक्षे पढाइ, ल्याप्चे कता लगाउने नाती । भुराभुरिलाई सोध्थिन् ।

यायावर पतिलाइ सुधार्न गालिगलौज घरको डिलबाट हुर्याउथिन । तिनै काकी जो नेता बनी आज भोट माग्न गाऊ पसिन । गाउलेहरू आधुनिक काकिलाइ देखेर दंग थिए । काकी राजनीतिका कुरा छाट्ने भइछिन । गाउलेहरूलाई विकासका कुरा सुनाउने भइछिन । गाउको विकास गर्न सक्ने सामर्थ्यकी भइछिन । वास्तवमा, गाउकै नेता बन्ने सामर्थ्य वा योग्य नभएकि काकि । गाउकै एक बुद्दिजिवी (गाउमै खेतिपाति गर्छन्) लाई भोट हाल्न अनुरोध गर्दै, धेरै कुराको प्रतिवद्धता जायर गर्दै भनिछिन्- 'गाउमा 'गोरूरहित कृषि विकास गर्दिनेछु ।'

ती बुद्दिजिवी सुनाउदै थिए- 'गोरू रहित अर्थात् आधुनिक खेति ।' भन्न खोज्नु भएको थियो होला, महिला नेतृ महोदयले । गोरूरहित कृषि विकास भन्नाले खेतिपातिमा आधुनिक औजारको प्रयोग हुनजान्छ । गाउमा बाटै छैन । बेगम ट्याक्टर कसरि आउला । अन्य औजार कसरि भित्र्याइएला । हरे, चुनावि देशका नेता । र, उस्तै पुराना नेता । देशमा इ भन्दा गतिला नेता नभएकै हुन् ?

बेलडाँडे चिया पसलमा दुध बेच्न आउदा, छुस्स गुनासो चुहाएर गए । 

Thursday, September 26, 2013

एउटा आकाश आउँछ

एउटा आकाश आउँ
फिक्का जुन बोकी
अध्याँरा रात चिर्न

पसिना भित्र उछिट्टिएका दिन
'खुशि' अनि अर्कै 'जीवन'
सुटुक्क सुनाउन  
एउटा आकाश आउँछ

नआत्तियौँ
अवश्य एउटा आकाश आउँछ
चम्काउन धर्तीमा छरिएका ताराहरू

आफ्नै ल्याकतमा उडे
चन्द्र छुन नखोज्नेहरूलाई  
नउफ्रि ! धर्ति छाड्न खोज्नेहरूलाई
सुटुक्क धपाउन
एउटा आकाश आउछ

हो,
एउटा आकाश आउछ
थोपा बटुलि वर्षा भई
बिलाउछ यतैकतै
र, उमार्छ पुन: खोसिएका रहरहरू  

पर्ख !
एउटा आकाश आउछ
लुकाउछ सबैका हृदयमा प्रेम
छोप्छ दुनियाँका कू-धार, कू-दृष्टि

हेर्दैजाऊ
एउटा आकाश आउछ
सुनौला दिन बोकेर
लेराउछ प्रीतिका गीत
बोराका बोरा खुशी

नडराउ
यी नाथेहरूसँग
अवश्य, एउटा आकाश आउछ
लेराउछ लुटेका अस्मीताहरू
र, फैलाउछ वताससँगै न्यायका झोक्काहरू !   

नहराउ
यी नाथेहरूभित्र
एउटा आकाश आउछ
उदाउछ अर्को सुर्य
छर्छ शान्तिका रापहरू
दिन्छ अर्का उज्याला दिन

अनि, पत्याउने छैनौँ
'देखेर- त्यो दिन' 

Tuesday, September 3, 2013

सरकार ! मान्छे कमिला होइन ?

२०५८ सालतिरको कुरो ।

त्यसबेला म कक्षा ७ मा पढ्थे । बहिनी ४ कक्षामा । घरमा आमा, बहिनी र म थियौँ । बा र दाईदिदी शहरमा बस्थे । दाइदिदी उतै जन्मेका रे ! आमा सुनाउथिन् । हामी पनि जन्मेको त उतै हो रे ! तर बाल्यकाल भने गाउंतिर वितायौँ । अब त के शहराँ जन्म्या भन्नु ? आमा सर्माउथिन् । 

गाउंको जग्गा कमाउन (कमाउदै आएको मान्छेले) छाडेपछि जग्गाको माया लागेर आमा गाउ पसिन । दुख गर्न, पसिना खसाल्न । हामि सानै थियौँ आमाको न्यानो काख छाड्न नमान्ने । त्यहिभर बहिनी र म आमासंगै गाउ पस्यौँ । गाउतिरै हुर्क्यौँ, पढ्यौँ तर, दाईदिदी भने तै शहरमा पढे, हुर्के ।

साउनतिरको बेला हुनुपर्छ । ठुलो झरी पर्यो । गाउले थाम्नै नसक्नेगरी । तल्लो डांडातिरको दश बाह्रवटा बारीका पाटा बगे । शिरबोटेको पाखो खस्यो । सल्लेनितिरका सल्लाका रूख ढले र माटोसंगै बगे । खहरे थर्काउदै सुनकोशितिर जोरि खेल्न दौडियो भलका जुल्फि उचाल्दै ।

धन्न गांऊ भने बगेन । कसैका घर बगेनन् । गाउले यसैमा खुशी देखिन्थे ।

तर, बहिनी र म भने खुशी थिएनौँ । झरि पर्नु अघि कार्किबारी डांडाबाट बटुलेका स-साना कमिला बहिनीले थैलिमा जम्मा गरेकि थिइ । घरमाथिको बाटाका खुड्किला, आंटको बोट मुन्तिर हामि कमिलाको घर खेल्थ्यौँ । जुज्यालाक भाटा ठड्याएर सतिबेरका पात माथिबाट बिछ्याएको झुप्रो भित्र

मसिन पानि केहिबेरदेखि पर्दै थियो । आमा घरमा थिइनन् । बेलुकी सांझतिर घास काट्न पोखरी जानु भएको थियो । बहिनी र म बाटामा बनाएको झुप्रो भित्र कमिला खेल खेल्दै थियौ । सतिबेरका पातले थोपा धानेकै थि कहिले कमिलाको बिहे गर्दिन्थ्यौँ । माटाको भात पकाउंथ्यौँ र खाएजस्तो गर्थ्यौँ । यस्तै यस्तै ।

तर अचानक, पानी दर्कियो । ठुला ठुला थोपा खस्न थाले । भल बढ्न थाल्यो । कटेरोले ठुला थोपा थाम्न सकेन । सतिबेरका पात छेडेर थोपा हामीलाइ चुम्न आइपुग्यो । हामी दौडिएर दलिनको खाटमा बस्यौँ र बलेसिका बाछिट्टामा खुट्टा भिजाइ खेल खेल्न थाल्यौँ ।

बहिनी आत्तालिदै बोलि- 'थैलिका कमिला । ला, आटको बोट मुन्तिर राखेथे ।'

बहिनी रून थालि म फकाउन । पानि केही मधुरो भएपछि बहिनी र म रुज्दै कटेरो भएतिर गयौँ । पुग्दा न कटेरो थियो, न थैलि । सबै बगाइसकेछ । ठुला ठुला भुल्का उठेका भलसंगै तल बासघारिसम्म गयौँ । किन भेटिन्थ्यो ? तल्लाघरे काकाले देखेछन् । बरू उल्टै गालि खाइयो । हकार्दै कराए -'माइलिका सन्तान कता कुदेका हँ ! चिसो लाग्छ । तल सल्लेनितिर पहिरो गयो भन्थे- झार्ला डफ्कातिर । आमा भर्खरै साइलिको घरमा घासको भारी ओत लगाएर चिन्ता पोख्दै थिइ ।

'केटाकेटी फेरी चिसोले बिरामी पर्ने भए ।'

कुरो २०६९ साउनतिरको ।

सुदुरपश्चिम जिल्ला, दार्चुलातिर । ०५८ सालतिर हाम्रो गाउतिर झैँ झरि सन्कियो । खोला उर्लिए । हाम्रो त कमिला र कटेरोमात्र बगाएथ्यो । बारी, पाखा, बन र सल्लेनीमात्र बगाएथ्यो । त्यहां त सदरमुकाम बगायो । मान्छे बगाए ।

यो त पश्चिमतिर केहि महिना अगाडिको एउटा दर्दानक उदाहरण थियो । यहाँ ७५ जिल्लाभरिनै यस्ता घट्ना तथा मानवीय समस्या भइरहेका थिए, छन ।

वास्तवमै, हामी कमिला जस्तै भएका, बनाइएका छौ । विश्वका मान्छेलाइ संम्भवत हामी कमिला जस्तै लाग्छ होला ? शहर बग्छ । संगै गास, बास र कपास । मान्छे पनि बग्छन् । तर....,

'त्यो दिन कमिलालाई हामिले बचाउन सकेनौँ ?'  

'यहां बचाउन सक्दैनन् मान्छेलाइ'

सरकार दुइ, तीन करोड बाबालाइ दिन्छ पत्रपत्रिकामा देखिन्छ । रेडियोमा सुनिन्छ । तर, समस्यामा परेका जनताका लागि न समयमै पैसा पुग्छ न राहत ।

कमिला बग्दा रोएकी बहिनीको चिन्ता मलाइ थियो । हाम्रो चिन्ता आमालाइ । हाम्रो सरकार त आमा नै थिइन नी !

'यहाँ मान्छे (जनता) बग्दा चिन्ता कसलाइ ?'

'सरकारलाई'

'किन हुन्थ्यो ?'

'सरकार जनतालाई संधै कमिला सम्झिन्छ' 

Monday, September 2, 2013

'मन'
संग न आवेग
न क्रोध

इर्ष्या त छँदै छैन
र पनि
पूर्ण शान्त
न विद्रोही
शिथिल पनि छैन

यसर्थ,
जीन्दगी
फरक छैन
पैले-ऐल्य

- सन्तु 

Tuesday, August 27, 2013

रूने आकाशमुनि नरूने मान्छे

हे ! महान् मानव
अलिकति त खसाइदेउ
त्यो पनि 'कण'मा
मान्छे भएको नाताले

'उ' त्यो प्रकृतिले
चर्काएका भित्ता, भत्काएका बस्ती

'उ' त्यो कू-पात्रले
दिनदहाडै लुटेका नारीका शरिर

'उ' त्यो निष्ठुरी चट्यांगले
सुकाएका धेरै जीवन अनि जगत

'उ' त्यो अर्को कू-पात्रले
विराएका बाटाहरू

'उ' त्यो अर्का कू-पात्रले
नांगो बनाइदिएका गाउले जीवन

'उ' त्यो पात्रले देखाएका आशमा
भोकले सिध्याएको ख्याउटे अनुहार

'उ' त्यो पात्रभित्रको प्रेमले
तड्पाएर लडाएका ती लाश

'उ' त्यो पात्रका लागि जोहो गर्दागर्दै
च्यातिएका रहर

'उ', 'उ', 'उ' पछि अर्को 'उ' भन्दाभन्दै
उछिट्टिएको जवानी र जीन्दगी

'सँम्झेर'
एक थोपा त खसाइदेऊ
त्यही हुनेछ
'मानवताको चिनो'

तर, थाहा छ
प्राकृतिक तथा मानवीय चेतलाई
घायल बनाउने
सयली आँखा र कठोर मन
कहिल्य रसाउदैनन्

Wednesday, August 14, 2013

छट्टु रात

ए ! 
छट्टु रात 
बन्द गर 
जुनसंगको आलिङ्गन
अनि, अध्यारोसंगको सुहाग
त तँ भाग्नेछस् 
छाडेर सबेरै 
तर आकाशले जन्माउनुछ
'सम्झेर'
अर्को शुभ-प्रभात
अर्को शुभ-दिन 

Sunday, August 11, 2013

क्याफे वार्ता ! (भाग-३)

क्याफे वार्ताको भाग-२ यहाँ छ - www.santupaudel.blogspot.com

'एकजुवा घाम छदै पुर्वपश्चिम जान हिडेका गाडी र घाम एकै चोटी थानकोट काटे ।'

एकहुल हावाका झोक्काले पिपलका पात एक डालि खसाल्यो । खसेका पात कुल्चदै मान्छे र गाडीहरू आफ्नो निवासतिर अतालिदै हुर्रिए । हामी पनि हुर्रियौँ क्याफे कान्छी भेट्न ।  

'नयां कान्छि भेट्ने भए केटाहरूले ।' - चाउरे गर्वले फुल्यो । 

'रणे अलि उग्र छ यस्को निग्रानी राख्नुपर्छ ।' -मोटे बाठ्ठियो ।

पेच परेछ क्यार ! 'रणे केही बोलि उल्टै झन् सोझो देखिन खोज्यो ।'

'क्याफे कान्छी'---जिब्रो पट्काउदै चाउरे बक्न थाल्यो-

वानेश्वर पानी ट्यांकि अगाडीको पुरानो क्याफे, 'फेवा' । फ्रन्ट डेस्कमा बस्ने एउटी बहिनी थि । ऐल्य छ कि छैन ? नगाको धेरै भो । काम गर्थि वा मालिक्नी चाउरेलाइ था रैनछ । त्यति राम्री पनि हैन्, नराम्री पनि छैन् । 'फुलमाया' नाम । जेहोस्, नाम मात्रै भए नी धन्न पत्ता लगाएछ केटाले ।

क्याफेको नाम फेवा तर चाउरेका जिग्रीहरूले नाम जुराइदिएछन् 'फुलमायाको क्याफे' । सर्कलका केटाहरूमाझ फेमस । तिमर्को इडियट चोक जस्तै । चाउरेले एकै स्वाँसमा वाक्य टुंगायो ।   

ख १ को ट्याम्पु चोकमा रोकियो । चोक अघिल्तिर चाउरे । चाउरेका दाया र वाया रणे र मोटे ।

क्याफे-कान्छी उत्सुकताले रणे र मोटेका मन निमोठिएको थियो । किन धेरै धैर्य गर्न सक्थे ?

णे र मोटेका आखा अघिल्तिरका घरतिर उक्लिए । लस्करै रहेका घरमा टांगिएका बोर्डहरूमध्ये एउटा रंगिन बोर्डमा वरिपरि घेरिएको पिलपिल बत्तिको प्रकाश एकैचोटी खसे । फ्ल्यासमा नाम देखियो 'फुलमायाको क्याफे' अर्थात् 'फेवा क्याफे'

ल देखे केटाहरूले, फटाफट हिड । च्याउरे खुशी हुँदै बोल्यो ।

इडियट चोक (वानेश्वर) अगाडीको ४ तल्ले घर । दोश्रो तल्लामा क्याफे । ठुलै र फरासिलो । रंगिन वत्तिका मधुर प्रकाशले क्याफे डान्सबार जस्तो देखिन्थ्यो । भित्ता गुलाबी रंगले पोतिएको । मन्द ध्वनीमा बज्ने लेटेस्ट हिन्दी फिल्मका गाना । समग्रमा क्याफे यस्तै थियो ।

दुइ लम्पट पहिलोपटक छिरेका फुलमायाको क्याफेतर, भित्र छिरेर साँझ र कफि सकिन लाग्दासम्म फुलमाया भने फ्रन्ट डेस्कमा अझै देखापरेकि थिइनन् ।

'फुलमाया देखापरिन् आज'

चाउरेका गाला चाउरीनुपर्नेमा रणे र मोटे चाउरिए । हृदयका कुनातिर दुइ लम्पटले कान्छिलाइ पट्याउने आइडिया बुनिसकेका थिए होलान् । तर, कान्छी...

'छोडिछे कि क्या हो ?' - रणे आत्तियो ।

'छैन रे छोडेकि ?' मोटेले सोधिसकेछ

'बरू फुलमायाका गाला कस्ता छन्, भन है चाउरे ?' स्याउ जस्ता कि जुनार ? मोटे तात्तिदै सोध्यो ।

चाउरे कुर्लियो  'इसकुस जस्ता छन् । काडै काडा भ'का । च्वास्स घोच्ने खाल्का, तिखा ।'

रणे झँस्कियो - 'साला, के बिना डण्डिफोर र'छन् ।'
०००००

कफिको घुट्कि निल्दै रणे छटपटाउन थाल्यो । चुरोट मगायो र धुवा उडाउन थाल्यो । मुटु छिट्छीटो धढ्किन थालेछ  । एक गिलास पानि सिनित्त पार्यो । अलि सित्तल भएछ, फुलमायासँगको रोमान्स हृदयतिर बजि त गो-    

भिडियोमा, फुलमाया सेक्सी थिइ । पातलि पातलि । अग्लि पनि । गोरि त उल्का । लजालु र मायालु उत्तिकै ? फुल जस्ती सुन्दर । क्याफेको कफिजस्तै कडा । अनि, भुतुक्कै पार्ने मन्द मुस्कान ।

अचानक रणे अतालिदै बोल्यो- 'अनि, केटाहरू आक्रामक भएर किन राख्दैनथे नाम 'फुलमायाको क्याफे' ।

ओए, 'हैन के भो तलाइ' -मोटे र चाउरे हाँस्दै सोधे

'ह्या केहि होइन' जुरमुराएको छातिभित्र आरामको लामो स्वाँस तान्दै ढाट्यो केटाले ।  

रणेलाइ फुलमायाप्रतिको कौतुहलले च्यापिरहदा यत्तिका बेरसम्म मोटे कल्पनामा नडुबि बस्न सक्ला त ? हृदयतिर अड्कल काटिसकेछ-

'फुलमाया पालुवा मुनाजस्ती कलिली थिइ तर केटाहरूले वाग्मती बनाइसके कि ? धत् मुटुले कत्ति चाँडो अपराध सोचेको । जमाना खराब वा 'म' ।
ठ्याक्कै ! करिनाको जस्तो फिगर । साला, आफु भने गोविन्द जस्तो छु । त्यस्तालाइ फेरि सैफजस्तो सेप भ'को चाहिन्छ । मोटेले थोरै चिन्ता हृदयतिर पोखायो ।

क्याट्रिना कैफजस्ती राम्रि र'छे भनी त...! मा कसम सल्लुको जस्तो ज्यान बनाउछु । दिपिकाको जत्रो हाइट र'छ भनेनी..., साला, रणविर बन्न सकिदैन् । रणेलाइ गरिखान दिनुपर्ला । आफु छु डल्ले ।

रणे र मोटे छिप्पिदो रातसंगै हृदयमा झुल्किएकी फुलमायाको रूपमा डुब्दै गए जेहोस्, केटाहरूले कल्पनाको पोखरीमा एक रात भएपनि पौडि खेले ।...क्रमश,
०००००
यस 'क्याफे वार्ता !' भागहरू आइतबार नियमित ब्लगमा पोष्ट हुनेछ । धन्यवाद !

सन्तोष पौडेल - सन्तु