Tuesday, September 3, 2013

सरकार ! मान्छे कमिला होइन ?

२०५८ सालतिरको कुरो ।

त्यसबेला म कक्षा ७ मा पढ्थे । बहिनी ४ कक्षामा । घरमा आमा, बहिनी र म थियौँ । बा र दाईदिदी शहरमा बस्थे । दाइदिदी उतै जन्मेका रे ! आमा सुनाउथिन् । हामी पनि जन्मेको त उतै हो रे ! तर बाल्यकाल भने गाउंतिर वितायौँ । अब त के शहराँ जन्म्या भन्नु ? आमा सर्माउथिन् । 

गाउंको जग्गा कमाउन (कमाउदै आएको मान्छेले) छाडेपछि जग्गाको माया लागेर आमा गाउ पसिन । दुख गर्न, पसिना खसाल्न । हामि सानै थियौँ आमाको न्यानो काख छाड्न नमान्ने । त्यहिभर बहिनी र म आमासंगै गाउ पस्यौँ । गाउतिरै हुर्क्यौँ, पढ्यौँ तर, दाईदिदी भने तै शहरमा पढे, हुर्के ।

साउनतिरको बेला हुनुपर्छ । ठुलो झरी पर्यो । गाउले थाम्नै नसक्नेगरी । तल्लो डांडातिरको दश बाह्रवटा बारीका पाटा बगे । शिरबोटेको पाखो खस्यो । सल्लेनितिरका सल्लाका रूख ढले र माटोसंगै बगे । खहरे थर्काउदै सुनकोशितिर जोरि खेल्न दौडियो भलका जुल्फि उचाल्दै ।

धन्न गांऊ भने बगेन । कसैका घर बगेनन् । गाउले यसैमा खुशी देखिन्थे ।

तर, बहिनी र म भने खुशी थिएनौँ । झरि पर्नु अघि कार्किबारी डांडाबाट बटुलेका स-साना कमिला बहिनीले थैलिमा जम्मा गरेकि थिइ । घरमाथिको बाटाका खुड्किला, आंटको बोट मुन्तिर हामि कमिलाको घर खेल्थ्यौँ । जुज्यालाक भाटा ठड्याएर सतिबेरका पात माथिबाट बिछ्याएको झुप्रो भित्र

मसिन पानि केहिबेरदेखि पर्दै थियो । आमा घरमा थिइनन् । बेलुकी सांझतिर घास काट्न पोखरी जानु भएको थियो । बहिनी र म बाटामा बनाएको झुप्रो भित्र कमिला खेल खेल्दै थियौ । सतिबेरका पातले थोपा धानेकै थि कहिले कमिलाको बिहे गर्दिन्थ्यौँ । माटाको भात पकाउंथ्यौँ र खाएजस्तो गर्थ्यौँ । यस्तै यस्तै ।

तर अचानक, पानी दर्कियो । ठुला ठुला थोपा खस्न थाले । भल बढ्न थाल्यो । कटेरोले ठुला थोपा थाम्न सकेन । सतिबेरका पात छेडेर थोपा हामीलाइ चुम्न आइपुग्यो । हामी दौडिएर दलिनको खाटमा बस्यौँ र बलेसिका बाछिट्टामा खुट्टा भिजाइ खेल खेल्न थाल्यौँ ।

बहिनी आत्तालिदै बोलि- 'थैलिका कमिला । ला, आटको बोट मुन्तिर राखेथे ।'

बहिनी रून थालि म फकाउन । पानि केही मधुरो भएपछि बहिनी र म रुज्दै कटेरो भएतिर गयौँ । पुग्दा न कटेरो थियो, न थैलि । सबै बगाइसकेछ । ठुला ठुला भुल्का उठेका भलसंगै तल बासघारिसम्म गयौँ । किन भेटिन्थ्यो ? तल्लाघरे काकाले देखेछन् । बरू उल्टै गालि खाइयो । हकार्दै कराए -'माइलिका सन्तान कता कुदेका हँ ! चिसो लाग्छ । तल सल्लेनितिर पहिरो गयो भन्थे- झार्ला डफ्कातिर । आमा भर्खरै साइलिको घरमा घासको भारी ओत लगाएर चिन्ता पोख्दै थिइ ।

'केटाकेटी फेरी चिसोले बिरामी पर्ने भए ।'

कुरो २०६९ साउनतिरको ।

सुदुरपश्चिम जिल्ला, दार्चुलातिर । ०५८ सालतिर हाम्रो गाउतिर झैँ झरि सन्कियो । खोला उर्लिए । हाम्रो त कमिला र कटेरोमात्र बगाएथ्यो । बारी, पाखा, बन र सल्लेनीमात्र बगाएथ्यो । त्यहां त सदरमुकाम बगायो । मान्छे बगाए ।

यो त पश्चिमतिर केहि महिना अगाडिको एउटा दर्दानक उदाहरण थियो । यहाँ ७५ जिल्लाभरिनै यस्ता घट्ना तथा मानवीय समस्या भइरहेका थिए, छन ।

वास्तवमै, हामी कमिला जस्तै भएका, बनाइएका छौ । विश्वका मान्छेलाइ संम्भवत हामी कमिला जस्तै लाग्छ होला ? शहर बग्छ । संगै गास, बास र कपास । मान्छे पनि बग्छन् । तर....,

'त्यो दिन कमिलालाई हामिले बचाउन सकेनौँ ?'  

'यहां बचाउन सक्दैनन् मान्छेलाइ'

सरकार दुइ, तीन करोड बाबालाइ दिन्छ पत्रपत्रिकामा देखिन्छ । रेडियोमा सुनिन्छ । तर, समस्यामा परेका जनताका लागि न समयमै पैसा पुग्छ न राहत ।

कमिला बग्दा रोएकी बहिनीको चिन्ता मलाइ थियो । हाम्रो चिन्ता आमालाइ । हाम्रो सरकार त आमा नै थिइन नी !

'यहाँ मान्छे (जनता) बग्दा चिन्ता कसलाइ ?'

'सरकारलाई'

'किन हुन्थ्यो ?'

'सरकार जनतालाई संधै कमिला सम्झिन्छ' 

No comments:

Post a Comment