Thursday, September 26, 2013

एउटा आकाश आउँछ

एउटा आकाश आउँ
फिक्का जुन बोकी
अध्याँरा रात चिर्न

पसिना भित्र उछिट्टिएका दिन
'खुशि' अनि अर्कै 'जीवन'
सुटुक्क सुनाउन  
एउटा आकाश आउँछ

नआत्तियौँ
अवश्य एउटा आकाश आउँछ
चम्काउन धर्तीमा छरिएका ताराहरू

आफ्नै ल्याकतमा उडे
चन्द्र छुन नखोज्नेहरूलाई  
नउफ्रि ! धर्ति छाड्न खोज्नेहरूलाई
सुटुक्क धपाउन
एउटा आकाश आउछ

हो,
एउटा आकाश आउछ
थोपा बटुलि वर्षा भई
बिलाउछ यतैकतै
र, उमार्छ पुन: खोसिएका रहरहरू  

पर्ख !
एउटा आकाश आउछ
लुकाउछ सबैका हृदयमा प्रेम
छोप्छ दुनियाँका कू-धार, कू-दृष्टि

हेर्दैजाऊ
एउटा आकाश आउछ
सुनौला दिन बोकेर
लेराउछ प्रीतिका गीत
बोराका बोरा खुशी

नडराउ
यी नाथेहरूसँग
अवश्य, एउटा आकाश आउछ
लेराउछ लुटेका अस्मीताहरू
र, फैलाउछ वताससँगै न्यायका झोक्काहरू !   

नहराउ
यी नाथेहरूभित्र
एउटा आकाश आउछ
उदाउछ अर्को सुर्य
छर्छ शान्तिका रापहरू
दिन्छ अर्का उज्याला दिन

अनि, पत्याउने छैनौँ
'देखेर- त्यो दिन' 

No comments:

Post a Comment