फुरफुर,
मन्द-मुस्कानमा
बेमतलवी दौडिएका सिरौटे हावाहरू
माथि, कतै !
रिसाएर धुम्म परेकी
बेली बादलहरू
छटपटाउदै
खस्न तम्तयार रहेका
स-साना संकुल थोपाहरू
सपना झै लाग्छ- 'दुनियाँको दैलो उघारी हेर्दा'
कतै एकान्ततिर
केहिबेर घोत्लिएर, एक्लै तपतपाउदाँ
अदृश्य दुर्दम ओठहरू
चुम्दै, कायल बनाउछन्
प्रत्येक अंगहरू
प्रकृतिका सैयौँ अवयवहरूसँग
घण्टौ घुलिदै भुलिन्छन्
बाच्दै गरेको क्षणिक जिन्दगी
विस्तीर्ण सन्तुष्टी पोख्खिएर
खहरे बग्छ आँखाका चेपबाट
र, छिनमै उमार्छ छुट्टै दुनिया
भुक्तस्से (दु:खका) जिन्दगी
जिउनेहरूका लागि
सस्तो सरस आत्मीयता
यो भन्दा बढी; के ?
कहाँ मिल्न सक्छ ?
सम्भवत: छैन उनीसँग पनि
ती विसासय आलिंगनका स्पर्शहरूमा…!
No comments:
Post a Comment