Tuesday, August 27, 2013

रूने आकाशमुनि नरूने मान्छे

हे ! महान् मानव
अलिकति त खसाइदेउ
त्यो पनि 'कण'मा
मान्छे भएको नाताले

'उ' त्यो प्रकृतिले
चर्काएका भित्ता, भत्काएका बस्ती

'उ' त्यो कू-पात्रले
दिनदहाडै लुटेका नारीका शरिर

'उ' त्यो निष्ठुरी चट्यांगले
सुकाएका धेरै जीवन अनि जगत

'उ' त्यो अर्को कू-पात्रले
विराएका बाटाहरू

'उ' त्यो अर्का कू-पात्रले
नांगो बनाइदिएका गाउले जीवन

'उ' त्यो पात्रले देखाएका आशमा
भोकले सिध्याएको ख्याउटे अनुहार

'उ' त्यो पात्रभित्रको प्रेमले
तड्पाएर लडाएका ती लाश

'उ' त्यो पात्रका लागि जोहो गर्दागर्दै
च्यातिएका रहर

'उ', 'उ', 'उ' पछि अर्को 'उ' भन्दाभन्दै
उछिट्टिएको जवानी र जीन्दगी

'सँम्झेर'
एक थोपा त खसाइदेऊ
त्यही हुनेछ
'मानवताको चिनो'

तर, थाहा छ
प्राकृतिक तथा मानवीय चेतलाई
घायल बनाउने
सयली आँखा र कठोर मन
कहिल्य रसाउदैनन्

No comments:

Post a Comment