हावा -
मेरो मन्द स्पर्शको
शीतलता ओढ्ने धेरै छन् यहाँ । मान्छे पसिना सुकाउन रोक्किन्छ । जब मन्द झोक्काले
शरिरबाट गर्मिलो वाफ भगाउछ । ती ओस्सिएर कता भाग्छन् पत्तै हुन्न ।
जब मेरा स्पर्शले बादल
लजाइ टाढा भाग्छ । तब शरीरमा प्रेमका एक भुल्का काउकुति उठ्छ । अनि खुशिले आकाश
चुम्न उक्लिन्छु बादललाइ अंगालेर । कैले पहाड छोप्दै गरेका बादलसँग यतै कतै
लुकामारि खेल्छु । टाकुरा-भज्याङ । गाउँ-शहर । स-साना बस्ती । भिरपहरा । जंगल ।
जताततै डुलाउछु । डुल्छु । हरक्षण डेटिङमै रमेको हुन्छु बादलसँग ।
तर, अफसोच् !
बिचरी बादल । के नै
गर्न सक्छे र ? सिंगो जीवनको सम्बन्ध मेरै अस्तित्वमा कठ्याङ्ग्रिएको छ ।
चेप्टिएको छ ।
म त दिनहुँ
स्वतन्त्रतापूर्वक झोक्का बटुलि हुर्रे ! भन्दै फैलिन्छु जताततै । कुद्छु-
- छुन मान्छेका पोटिला
छाला ।
- हरियो टाकुरा ।
- कोलाहल बस्ती ।
- बग्दै गरेका नदी
तर एक्कासि ऊ आफै
अंगालिन आइपुग्छे मसँग । सम्बन्ध न चुढाउन सक्छे । न फुकाउन । लुकाउन पनि सक्दिन ।
अनि मलाइ लाग्छ -
'बादल र नारी उस्तै हुन् ।'
बादल -
अवाक् भइसके । हावाको एकलौटि रखेल भइ कति आकाशमा फैलिनु ? उसको इशारामा कत्ति नाँच्नु
? उसकै अस्तित्वमा कतिदिन बाँच्नु ? कति कुद्नु ? कति उड्नु ? कति अंगालिनु ? कति
चुम्मिनु ?
स्वतन्त्र हुनु छ मलाइ । हावासँग सिंगो जीवन सँधैभरि लपेटिएर रित्याउन कहाँ सकुला र ? अह ! सक्दिन । तल धर्तितिर देख्छु । कति स्वतन्त्र छन् मान्छे । र अचेल नारी पनि । स्वतन्त्र बन्दै छ मानवीय सम्बन्ध, बिच्छेद र मेलमिलाप । मलाइ पनि सम्बन्ध, विच्छेद र मेलमिलापको स्वतन्त्रता चाहिएको छ ।
स्वतन्त्र हुनु छ मलाइ । हावासँग सिंगो जीवन सँधैभरि लपेटिएर रित्याउन कहाँ सकुला र ? अह ! सक्दिन । तल धर्तितिर देख्छु । कति स्वतन्त्र छन् मान्छे । र अचेल नारी पनि । स्वतन्त्र बन्दै छ मानवीय सम्बन्ध, बिच्छेद र मेलमिलाप । मलाइ पनि सम्बन्ध, विच्छेद र मेलमिलापको स्वतन्त्रता चाहिएको छ ।
- म पनि डिभोर्स दिन चाहान्छु हावालाई ।
- तर....!
- म सँग बैधानिकता छैन ।
अनि लाग्छ - 'प्रकृति
र पुरूष एकै हुन् ।' न्याय गर्दैनन् कहिले । बढी अन्याय नै गर्छन् । प्रत्येक
पाइलामा;
प्रकृतिले - प्राकृतिक
बैधानिकता बनाउँछ ।
पुरूषले - सामाजिक
बैधानिकता बनाउँछन् ।
अनि पैला आफु
स्वतन्त्र भइ उड्ने पखेटा उमार्छन् । प्राकृतिक नायक हावाले बादललाइ अगाल्दै हिडे
झैँ समाजको नायक पुरूष नारीलाइ चिथोर्दै हिड्छ ।
- सानो मुटु छ यीनका ।
- मन भने ठुलै छ तर
नैतिकताको कटेरो छैन् ।
- वास्तवमै सम्बन्ध
अमर र अटल हुन त छातिभित्र स्वच्छ नैतिकताको सानो कटेरो कतै हुनुपर्यो नी ।
र त लाग्न थालेको छ
अचेल;
- प्रकृतिका कैयौँ
अवयवहरूलाइ स्वतन्त्रता पाउने बैधानीकता छैन् ।
- र मान्छेमा
स्वतन्त्र बन्ने बैधानिकता हुँदाहुँदै नैतिकता छैन् ।
सम्बन्धलाइ बुझ्न त
प्राकृतिक वा मानवीय तवरमा;
- सम्बन्ध दुवैको
भावनाले बाँधिएको हुनुपर्यो नी,
- दुवैको इच्छाले
कसिएको हुनुपर्यो,
- एकअर्कामा स्पष्ट र
पारदर्शिताको गाठो पारिएको हुनुपर्यो ।
तर भुल्नै नहुने
यथार्थ चै के हो भने;
- हावाको झोक्कामा
उचालिने बादल;
- पुरूषको भ्रामक
प्रेममा लटपटिने नारी;
- "प्राकृतिक वा
मानवीय -भ्रामक हुन्छ सम्बन्ध ।"
@ सन्तोष पौडेल - सन्तु
No comments:
Post a Comment