दिन-१
छिपछिपे
अँध्यारोमा बन्दिपुरले मन रत्याउन सकेन । समय ७ मा कुद्दै हुनुपर्छ । पोखरा हुइकिने सरसल्लाह नतुरिदै साथिले बाइक हुइकाइहाल्यो ।
दिन-२
सुर्योदय हेर्न
सारंकोट पुग्दा सुर्यले मस्तसँग पहाडको टुप्पो चुम्दै थियो । फर्किदा फतक्कै गलेको शरीरले बिहानीपख फेवा तालमा डुंगा सवारिबाट तग्रिने मौका पायो ।
वृन्दावासिनी मन्दिरको दर्शन पाउदा सुर्य एक जुवामाथि उक्लियो । तत्पश्चात लगातार ४ घण्टाको गर्मिलो
यात्रा तुरिदा सुर्य पहाड पछाडी
लुक्नै लाग्यो र हामी
पनि गोर्खा आइपुग्यौँ ।
दिन-३
तल्लो र माथिल्लो गोरखा दरबार
घुमिभ्याइसक्दा बिहानी समय सकियो । मध्यान्नको रापिलो तापमा दुइ गाँस टिपि अन्तत:
६ घण्टाको यात्रापछि थानकोट उक्लियौँ ।
निष्कर्ष
पहिले चरा भएर
संसार हेर्न मन लाग्थ्यो । अब बाइकमा हुइकिएर विभिन्न स्थानको प्राकृतिक मनोरम दृश्य हेर्न मन छ । उड्नु र हुइकिनुमा फरक छैन ऐल्य ।
र, यात्र टुंगियो....!
No comments:
Post a Comment