झगडालु बादल
रुन्थे
जुँधेर
धर्ति
भिजाउन
बसन्त
सजाउन  
तर अचानक 
किन
सन्कियो झरी ?
...
उर्लिए
छहरा
बगायो
टहरा 
लहरा र
पहरा
तर छेकेन
बर्षाद 
त्यो निष्ठुरी
आकाशले 
...
बरू
छेक्थे वर्षाद
ओताउन मान्छेलाई
रूझ्दै छाताले
No comments:
Post a Comment