खुशिका
छाल 
अचानक हराए
आज 
थकित चेहेराबाट
अचेल 
महशुस शुन्य
छन्
शायद
स्पर्शले
अस्तित्व गुमाएर होला
पल
लुक्दैछन् यतैकतैबाट
समय
भाग्दैछन्
घडिबाट
अन्तकतै 
पृथ्वी
जुध्दैछ 
छिमेकी
टुक्रासँग 
यस्तो लाग्दैछ
मानौँ
भाग्दैछन्
सपनाहरू 
सुतेका आँखाबाट
मान्छेका
अनौठो रूप तर्सिएर   
कोहि उठेका
छन् यहाँ
कोहि भुकेका
छन् यहाँ
कोहि सुकेका
छन् यहाँ
कोहि लुकेका
छन् यहाँ
म भने
खोज्दैछु
जिन्दगी कहाँ
छ ?
के मा छ
जिन्दगी ? 
प्रश्न - 'एक
मुठ्ठा थिए' 
तर उत्तर हराएथ्यो
एकाएक 
शायद
कुनै विज्ञको
अपहरणमा परेको होला
कुनै
कृतिमा लेखिदैहोला  
यतैकतै 
अनि गुटमुटिदै
मसिबाट
झरेर
सजाउँदै होला पानाहरू 
सोच्दैछु
अचेल
हिड्नु,
पढ्नु, लेख्नु 
जिन्दगी हो
भने
हाँस्नु,
रूनु, उफ्रिनु र गफ नै !
जीन्दगी
हुन् भने
बोलेर
मात्र बिते कैयौँ
हिडेर
मात्र बिते कैयौँ
पढेर
मात्र बिते कैयौँ 
लेखेर
मात्र बिते कैयौँ 
कहाँ-कहाँ,
के-के गर्दै बिते कैयौँ 
अनि
भन्दिए तिनले 
पानामा लेख्दिए
तिनले 
जिन्दगी
यात्रा हो
जिन्दगी
संघर्ष हो 
जिन्दगी
लेखाइ हो 
जिन्दगी
भोगाइ हो  
तर तिनैले
पत्तो पाएनन्   
जिन्दगी
सकिएको
आज बुझ्दैछु
तीबाट..!
तिनका
लेखाइ अनि कृतिबाट
त्यो जिन्दगी
नभै
जिन्दगी सिध्याउने
बर्बादीहरू थिए । 
No comments:
Post a Comment