- खुशिका छाल
- अचानक हराए
आज
- थकित
चेहेराबाट
~ सन्तु
~ अचेल नयाँ अनुहारसँगको रोमाञ्चित गफगाफ
खोला भइ उर्लिन्छ । घण्टौ बग्छ । अनि अनलाइन अफसँगै छिनमै सारा खुशी अटेका शब्दहरु
ठप्प हुन्छ । झरि रोक्किएपछि खहरे छ्याप्प सुके जस्तै । अनि भोलिको विग्र
प्रतिक्षा हुनथालेको छ । विछट्टै रमाइलो । भित्रि मनले सेकेण्ड सेकेण्ड
जुकरबर्गलाइ धन्यवाद टक्र्याउँन थालेको छ । अन्तत: उनीसँगको भेट त फेसबुकले नै
गराइदियो नी....!! - सन्तु
~ अनुभुति: पैले - 'जीन्दगी चुलोको धुँवाबाट शुरू भइ तुवालोसँगै पहाड उक्लन्थे ।
कुवामा डुब्थे । कान्ला छिचल्थे । ऐल्य - जीन्दगी चुरोटको धुवासँग आकाश उक्लिछ ।
बोतलमा शरिर डुब्छ । एक छिमल गफ चल्छ । शहराँ छोराको लास्टै प्रगती भइरा'छ...!!! - सन्तु
~ बाउ-छोरामा
अन्तर: छोरो- बाउले लगानी गरिदिए धेरै कमाउँथे । बाउ - केटोले गरिखाला, नखाला । गरि खाएन भने त भ'को सबै
जायजेथा पनि डुबाउँछ । - सन्तु
~ मान्छेमा
फरक: एउटा - सरल, निश्छल, इमान्दार र
प्राकृतिक हुन्छ । अर्को - कृत्रिम, टाठो, व्यक्तिवादी स्वार्थ, अहम-घमण्डका
डंगुरले पुरिएको हन्छ । - सन्तु
~ प्रकृति र मान्छेमा फरक: आकाश
मुस्कुराउँदै खुशिले थोपा खसाल्छ । झरि पर्छ । पृथ्वी ओस्सिन्छ । मान्छे रूदै
दु:खका थोपा खसाल्छ । आँशु झर्छ । उसका रहर ओस्सिन्छ । - सन्तु
~ ..., एउटीले ईनबक्समा
लेखि -प्राय: शान्त भइ चित्त बुझाउन नसक्ने टन्नै रुन्छन तर म नरुने केटी परी ।
आट्टि रैछौँ -गफ लडाइदिए । हृदयतिर बास पाए म त टन्नै रुइदिन्छु । जवाफ फर्काएको
मात्र के थिए । खै के बुझि, म्यासेज त के, अनलाइन नै आउन छोडि । फेसबुक प्रेम ।
~ सुख्खा दिन । रापिलो घाम । गर्मि छल्न
स्विमिङ्गपुल धाएर के गर्नु ? भित्रि मनका
उद्बेलित र गर्मित झंकार चिस्याउन फेसबुक थैलीमा केही घण्टा डुब्नै पर्छ । - सन्तोष
~ रित्तो ट्याम्पुमा एक्लै थिए । ट्याम्पु
छिनसम्म कुर्यो । हिड्नै लाग्दा दुइटी चढेँ । वातावरण अलिक रोमान्टिक बन्यो ।
किताव निकालि एउटी पढ्न थालि । अर्कीले फ्याट्ट सोधि - ‘किताब कस्तो रै'छ’ । हतपत्त कत्ति न पढि सिध्याएझै जवाफ फर्काइ –‘खासै केही छैन’ । त्यस्तो
नौले केहि पाइन । डाइलगले नराम्रोसँग कान च्वास्स घोच्यो । अनि मनमनै गमे । केही
नभएको किताव किन किनेको होला ? ट्याम्पु
प्रेम - कथा लेख्दै छु । - सन्तु
~ संघर्षमा जीन्दगी फुटे । दिन फुटे । रात
फुटे । एक-एक पल फुटे तर जीवन कसैगरी कैले फुटेर फुलेन । - सन्तु
~ टेम्पुमा एउटीले पुर्लुक्क हेरी । र, हेरीरहि चिने झैँ निकैबेर । उसको हेराइ फितलो पार्ने मनसायले
उतिरै मुन्टो फर्काए । झ्याप्प आँखा जुँधे । मुन्टो र हृदय एकैचोटि लाजले भूइतिर
खस्यो । कुन्नि के भयो ? फिस्स मुस्कुराइ । ऐल्य ! सम्झेर झन बढी
काउकुती लाग्यो । 'टेम्पु प्रेम'- सन्तु
~ अचेल सुन्दै छु । संसार मर्ने हल्लाखल्ला
छ । अपितु, 'म मरे पनि ! 'संसार' मरे पनि !' मेरो देश
बाँचिरहोस् !!!! - सन्तु'दा
~ अचेल धुम्मिएर मौसम अमन गर्छ । मन्द, हुरि चल्छ । जीनव चिसिन्छ । तताउँदै समय वितेको पत्तो हुन्न ? - सन्तु
~ खैर, 'सुत्नेको जीवन सधैँ सुत्नेछ, उठ्नेको जाँग्नेछ' टुक्का दिनै
अघि कतै पढेथे र हिजो मध्यरातसम्म पढेरै जागा बसे । लाग्यो, यसरी निरन्तरता पाए 'जीन्दगी' जाग्नेछ तर खै ! कसरी जाग्ला ? मध्यदिनमै
जीन्दगी निद्राको सागरमा 'डुब्न' पो थाल्यो
।..अनि सोंचे, व्यवहारिक 'जीवनलाई' 'कागजी जीवन' का
शब्दहरुले के ब्युताउँन सक्थ्यो? आखिरी, अर्थ उस्तै भएतापनि 'रातमा
सुत्ने 'जीन्दगी' र दिनमा
उठेका 'जीन्दगी' फरक 'जीन्दगी' हुन् । 'उठे' अवश्य सुत्नेछन्, 'नसुते' झन् 'सुत्नेछन्' र 'सुते' नयाँ दिन, विचार र
सोंच लिएर 'उठ्नेछन्' । - सन्तोष
~ मकैको
ढोडबाट कागजी नोट बन्छ । खैर, 'घोगा-दाना' किसानले खान्छ, 'ढोड' 'भैँसि'ले, बाँकी 'ढोड' बाट बनाइएका
नोट 'भ्रष्ट्रचारी' ले !!
भनेपछि जत्ति नै ठुला कुरा गरेपनि अन्तत्वगोत्वा 'पालक' त किसान नै रै'छ नी ! यसर्थ
घनचक्करमा, 'ठुलो मान्छे होइन, असल मान्छे बन्न सिक' - किसान जस्तै
!!!
~ बा'ले भन्थे ! पराइका (तँ/तेरो) लागि शहर बन्द भए घर फिर्नु ! तेरो
लागि यहाँ जहितही खुल्ला छ तर खुल्ला छ भन्दै गन्तव्यविहीन तरिकाले डुल्दा, डकुलण्टे बकुल्ला हुनसक्छस् ! साच्चै, तिम्रा कुरा ठिकै रै'छ बा !
गन्तव्य र प्राप्ति न तीन्लाइ थाहा छ न मलाइ ? 'बन्द' - मेरो लागि, म जस्ताका
लागि कलेज (भविष्य), श्रमजिवीलाइ दुइ छाँक पेट (खानपिन), व्यापारीलाइ समय/लगानी (नाफा)...!! खैर, बा ! म डकुलण्टे बकुल्ला होइन् बरु यो बढ्दो बन्दमा बाँच्न
सकुँला !! - सन्तोष
~ आजभोलि Facebook मा Updated लिखित Status बाट कस्तो
मान्छे हो भनेर चिनिन्छ रे ! - सामिप्यतामा रहेको वौद्धिक प्रिय मित्रले सुनायो ।
लौँ साथि, जीवनको गोरेटोमा कस्ले के लेख्छ? कस्लाई के मन पर्छ? या भनम् के
गर्छ भन्ने विषय त उस्को स्वतन्त्रताको कुरा हो नि ! खैर, तर बुझ्नै पर्ने कुरो र चुरो चै के छ भने नी साथि, कुनै पनि सामाजिक, सांगठनिक या
भनौँ व्यक्तिगत मानहानी, लाञ्छना, आक्षेप या
कसैलाई सामाजिक प्रतिष्ठामा आँच आउने प्रपञ्च जो कोहि प्रियमित्रहरुले नगरेको
खण्डमा जे सुकै छापेता पनि मान्छे कस्तो भन्दा पनि सब्बै सब्बैका लागि राम्रा हुन्
है जस्तो मालाई लाग्छ !! तर खै कुन्नी, तपाई (हजुर)
लाई चै के लाग्ला ????
~ खैर, हाँस्न र नाँच्न नजान्नेले सिंगो
जिवनकालमा कहिल्यै खुलेर बाँच्न जान्दैनन् भन्छन् !! यहाँ आफू भने परिधि भित्र
रुमल्लिएको रिंगटे जीवन जिउन बाध्य छु । लामो समयपश्चात बाउले गाउँबाट फोन गर्याथे, हत्तपत्त खुशिले फोन उठाए तर न हाँस्न सके न नाँच्न ! शहरको
बसाई "एक बोरा मलका लागी" या "संघर्षरत पढाइको फलका लागी", बाउ तिमीप्रति मेरो सानो अपिल कृपया तिमी जस्तो बुझक्कड कृषकले
खाद्यसंस्थानमा लाईन बसी मल पठाएस भन्न सुहाँउदैन !!!
उही तिम्रो प्रिय छोरा
-सन्तु
(स्तम्भ: गफै त हो नी !!!)
~ अनुभुति; प्रत्येकमा
'क्षत-विक्षत' र 'शुन्यशीलता' संगै
'दण्डहिन'तामा
सिङ्गो देश संकुच्याउने नाटकभित्र यहाँ रुने हज्जारौँ 'निर्दोष' र
'बन्दी' पात्र
छन् । - सन्तु
~ परीक्षा
नजिकिदै गर्दा चिसोले 'चेत' ओस्सिएर
पढाइप्रतिको "जोश र होस" अचेल धुम्म छ । - सन्तु
~ "वतास
मुस्कुराउँदै दिनहुँ चिसो हुस्सु लेराउँछ । तताउँन, शीत
टल्काउँदै सुर्य प्रकाश लेराउँछ ।" प्रकृति त आफैमा यति
चेत राख्छ कि उ प्रत्येकमा न्याय गर्छ । तर चेतनशील भनौदा मुन्छे संक्रिर्ण
'मन
मष्तिष्क'बाट न
सत्य विचार टुसाउँन चाहन्छ न न्याय पलाउन; अजब देश छ, गजब
कहानी; - सन्तु
~ वुद्दिपलाम्न
आप्पुलाइ दुख्नुपर्छ । नदुखि पलाको पुंगो वुद्दिमा देश
छ । कहाँ ?
कसलाइ ? किन ? दुख्छ;दुखपर्छ, तीनमा अत्तोपत्तो
छैन । 'विचरा' !!
~ मौन
जीन्दगी प्रितिकर नहुँदो रै'छ । न कहिल्यै चैन । वर्षौ
देखि गुपचुपमा थलिएका 'नेपाल, नेपाली
र नारी' !
~ अंक
पोतिएका दिन,
महिना र वर्षको नयाँ पात्रोले समय फेर्दैन ।
समय पुरानै छ। लय पुरानै र उही । न भविष्य ।
न चेलि चित्कार । न न्याय । न
नेता । न देश...! केहि फेरिएन । विगत, वर्तमान
र
भविष्य शुन्य भए,छन् । नेपथ्यमा
धर्म पुराएर कर्म गर्ने को नै छन् र (भन्न नमिल्ने-वर्षको
अन्त्यसंगै भुलचुक सप्पैले क्षमा गरेस!!!!!) :P –सन्तु
~ गत
'२१' मा
मर्ने बाँच्ने टुंगो थिएन । दिन त्यतै फेसबुक र ट्विटका
तातो हल्लाखल्लामा बित्थे ? अचेल परीक्षा त्रासले रिंग्याउँछ
। 'बिजुली
नानी' समयमा
आउदिनन् । रन्का छुट्छ । अनि, सुतिन्छ । -सन्तु'दा
~ भड्केलोमा
रुख रोपेर आकाश छुदैन । कुरै मात्रको सिडि बनाउँदै रुख
रोप्ने धेरै छन् । धेरै संस्था छन् । धेरै नेता छन
। को को र कत्ति छन् । लेखाजोखा छैन । कुनै कुनामा म पनि हुला । अपितु आकाश
छुन के अर्नु पर्च ? पुष्पा दिदिलाइ सोध्नु । - सन्तु'दा
~ अचेल
सुन्दै छु । संसार मर्ने हल्लाखल्ला छ
। अपितु, 'म
मरे पनि ! 'संसार' मरे
पनि !' मेरो
देश बाँचिरहोस् !!!! - सन्तु'दा
~ अचेल
उन्को शब्द चिसो छ । सुन्नैपर्यो । मुटु चिस्याउँछ । र पनि
काँपेरै सुन्छु । अब डर छैन । सक्छौँ, शब्दमा आइस थप । सुन्ने
कानमा ताँतो टोपि छ । - सन्तु'दा
~ अचेल
धुम्मिएर मौसम अमन गर्छ । मन्द, हुरि चल्छ । जीनव चिसिन्छ
। तताउँदै समय वितेको पत्तो हुन्न ? - सन्तु'दा
~ एउ मुठ्ठि मात्र इमान भु’का
मुन्चे देशाँ बढे । चम्चा जत्रो मुन तिन्का ।
क्यारि देश बनाम्थे । एउ मुरि भ्रमण अर्यो । एउ पाथि
भत्ता ह्याप्स्यो । लास्टाँ केहि नाइ ? बाँझो बारिमा उम्रिएका धुन्दुकारी
। देशाँ त्यसै भ्रष्टचार बढ्या छ । - सन्तु’दा
~ पैले
बन्दाँ पुलिसले टाम्को फुटाम्थ्यो । नजाम साथिले फुटाम्ला भन्ने डर
। दिन देखि दात दुखेर शरिर नै फुटाम्च कि झैँ भो ।
हप्तादिनपछि दातै फुटाले, बल्ल चैन भो ! 'कू' तत्वलाइ
फुटाले चैन हुने रैच । - सन्तु
~ अन्तरवैयक्तिक (व्यक्तिपिच्छे) विचार नीजि र स्वतन्त्र
हुन्छन् तर पढि लेखिसकेका ठुला भनौदा बौद्धिक विद्धता बढी देखाउँछन् तर भुल्नै
नहुने कुरा के हो भने हामी जस्ता पढ्दै लेखेका व्यक्ति भोलिका बौद्धिक विद्धता पनि
हौँ । महोदय,
विचार नीजि हुनसक्छन तर पेवा भने होइन ।
मेरो आफ्नै बुझाइ छ । व्यक्तिका नीजि विचार शब्दबाट सिर्जित हुन । शब्द कसैको पेवा
होइन । यो त समाजिक भाषाको एक अंश हो । प्रसंग: एक जना व्यक्तिगत च्याटिङ्ग पश्चात
मनसपटलमा उब्जिएको निष्कर्षित विचार ।