समय अघि यि टुक्का कोरेको
थिए । फेसबुक केहिदिन यिनैले रंगिएको थियो । र, लामो समयपश्चात ब्लग बसाइमा पोष्ट गर्दैछु ।
'समाज
भन्दा बाहिर
व्यक्ति रहन सक्दैन । यो अकाट्य र सबैमा
विदितै छ ।' तैपनि समाजमा घटिरहने विविध 'घट्ना तथा विषयवस्तु'
माथिको अनुभुति भने व्यक्तिपिच्छे फरक रहनसक्छ
। मनसपटलबाट ती-त्यस्ता विषयमा कोरिएका, आंशिक यथार्थ र रोचकताले भरिएको, सामाजिकरुपमै 'अर्थ'
लुकेका, अधुरा स-साना टुक्राहरु परिस्थिति अनुसार महत्वपूर्ण हुनसक्छ । र
यो पनि तीनै कोशिसरत टुक्का हुन् ।
फुलमायाको
क्याफे र हुताम्बो बाबा
व्हीलचेयर र्याली भ्याएर फुलमायाको 'बेइजिङ्ग क्याफे'मा
छिर्दा, सौ-भाग्यवश 'हुताम्बो
बाबा' (हुताम्बो कथा वाचक भएकाले 'हुताम्बो
बाबा' नाम राखिएको एक परिचित मित्र) लाइ
भेटियो । 'हुताम्बो
बाबा' वास्तवमै
'हुताम्बो
कथाका' नायक
'हुताम्बो' झैँ गज्जबका प्रेमिल थिए, छन्
। टाढैबाट ढोंग गरे
झैँ मुन्टो झुकाउँदै टेबुल तानेर बस्दै थियौँ । बाबा हुर्रिएर हामी तिरै आए
। र, सानो स्वरमा फिसफिसाउँन थाले- 'केटा
हो, हुताम्बो
कथा बिर्सिएका छैनौँ नी
?
- ठुलै
स्वरमा 'छैन'
-भन्यौँ ।
- गुड,
कथाकी नायिका 'जुलिया'को
प्यास नमेटिए झै यी 'चुची' (चुरोट र चिया) ले प्यास मेटाउँदैन ।
दोस्रो भाग सुन्छौँ भने 'सिसा'को हुक्का तान्न हिड् ! - बाबाले अनुरोध तेर्साए ।
- बाबाको अनुरोध पन्छाउन उत्ति सजिलो
थिएन । झटपट्ट बुढाको च्याउरे अनुहारतिर फर्केर बोले- 'बाबा, २१ औँ शताब्दिमा जुलिया जस्ता नायिकाको न प्यास मेटाउन
सकिन्छ न आफ्नो बनाउँनै । नेपथ्यमा झन गाह्रो छ । जताततै नेताको दबदबा छ भन्ने
सुन्छु । अरुको चान्स शुन्य छ रे ! बरू कथा राजनीतिक कर्मितिर जोडेर परिष्कृत गरि
बुन्ने पो हो कि ? त्यसोगर्दा केहि राहत मिल्नसक्छ । राजनीतिक सम्पर्क बढ्नसक्छ ।
यहाँ राजनीतिक कथा सुन्न धेरै नेता आतुर छन् । कथा प्रेमिल छ । र तपाई पनि । के
थाहा ? समयपश्चात बाबाको जयजयकारमा 'संविधान' र 'सहमति' को प्रेमिल आशिर्वाद थाप्न
मनग्गे नेता ओइरिने पो हो कि ? त्यो त समयले बताउला । तैपनि कटु सत्य त के छ भने दक्षिण
बाबाको आशिर्बाद थाप्न हुरुक्कै हुन्छन् यहाँका नेता । राष्ट्र भन्दा आशिर्वाद मंहगो
छ यहाँ । नत्र, यो 'हुताम्बोको
स्टोरी' शेयर
गर्दा-गर्दै पित्त
नमज्जाले देश सुके झै सुक्नेछ । र, बाबा हुक्काको धुँवामा नेपालयका नायक 'हुताम्बो' अचेल उड्न सक्दैन -भन्छन् । दक्षिणतिरबाटै ठुलै झिल्को र हुरी ओइरिनुपर्छ रे !
- शब्द
फुत्कन नपाउँदै बाबा
गज्जबले 'बर्फि' मुस्कानमा मौनतालाइ चिर्दै मुस्कुराए । संयमित हुँदै गंभिर पनि,
केहि छिन मौन रहे । अनि, बोले;
- केटा हो । देश केही बर्षसम्म
मुस्कुराउँदैन । दात नै फुकाल्दिएपछि मुस्कुराउँनुको के अर्थ ? फेरि मुस्कुराउँदा
थोते लाज देखिने भयो । बाबाका पुन: रोकिए ।
- हामी एकै स्वरमा के फुकाले बाबा ? लाज
के मा लाग्ने भयो ? आश्चर्यचकितमा गुजुल्टियौँ ।
- बाबा, रिसाएर थुइक्क मोरा हो -
'हुताम्बो' कथा राम्रोसँग तिमर्ले बुझेनौँ । 'फुकाले' संविधान, लाज देखिने भयो रे
! अब हुने निर्वाचनमा !! गाऊँमा भोट लिन जाँदा जनताको आँखामा नांगोपना देखिने भयो
रे ! लाज ढाग्ने अस्त्र कैले बन्ने हो टुंगो छैन रे ! र त एकिन मिति असार, मंसिर,
चैत्र..सरेको सरै छ । झोंकले निमोठेछ, बुढो ठुलै स्वरमा गर्जिए । क्याफेभित्र सानोतिनो
भुकम्पै ल्याए ।
- केहिछिन सन्नाटा छायो ।
- अनि, फुलमायाको क्याफे
भित्तामा टांगिएको देशको
नक्सा तिर आँखा डुलाउँदै
'देश' हुत्याउँने 'लम्पर्ट' पनि हुताम्बो भन्दा कमका कहाँ छन र !
कुनै दिन 'लम्पर्ट' का कथा उनिए छ भने सुनाउँला । तर 'हुताम्बो' जत्तिको राम्रो
नहुनसक्छ । सानो चिन्ता ब्यक्त गरे ।
- टोलिले बाबालाइ समर्थन गर्दै चुरोटको
धुँवामा चित्कारको सपना उडाए । कतै बादलसँगै अर्कै लोकमा पुगि लाज ढांक्ने निर्वाचन मितिको
अस्त्र बोकि पुन: फिर्छ कि ?
(कुनै दिन हुताम्बो कथा लेख्नेछु)
उमेर र विद्यार्थी परिचय कार्ड
अन्तत्वगोत्वा घट्नालाई बुनि छाँडे, मनग्गे रसिला संवाद चलेको माइक्रो घट्ना । घट्ना यति रसिलो थियो कि सम्झिँदा, मष्तिष्क
रसाउँछ । हाँसोका फोहोरा छुट्छ । मन चिमोटिन्छ ।
- सिनामंगलबाट माइक्रो सुन्धारातिर हुँइकियो
। मान्छे टनाटन छन् । उभ्भिने उत्तिकै । टेक्ने ठाउँ छैन । स्वास फेर्न सकस छ ।
त्यो भन्दा सकस एक अर्काको शरीरमा ठोक्किएर ङिच्च देखाउने दातमा बढी छ । के गर्नु
? समयमा गन्तव्य ओर्लनुछ सबैलाइ । फेरि अर्को विकल्प पनि छैन । यहि माइक्रो मात्र छ
यो रुटमा चल्ने । र, शान्तिनगर, वानेश्वर हुँदै रत्नपार्कको यत्रा गराउने पनि ! अनि
परेन फर्साद, जसरी नी कोच्चिनु त पर्यो ।
- कत्तिलाइ त खदिलो कोच्याइमा रमाइलै लाग्ला
। राम्री फुलकुमारी छेउमै भए त हुत्तिएको निउमा लेपिने रहर हुँदो हो । खैर, माइक्रो
हल्लिएर शरिर लेपिने उत्तरचढावतिर नजाउ ।
- अपितु, माइक्रो वानेश्वर ओरालो
झर्दैगर्दा,
- अटेसमटेसको सकस वातावरणलाइ एक अपरिचित
बाजेको विद्यार्थी परिचय कार्डले एकाएक रोमाञ्चित बनायो । झण्डै
६ दशक उमेरका हजुरबाले माइक्रो भाडा १० रुपैया र कार्ड खलासिको हातमा थमाइदिए । अश्चर्य मान्दै खलासिले बाजेको
अनुहारमा पुर्लुक्क हेर्यो ।
- कार्डतिर हेर्दै खलासीले बा'लाइ सोध्यो - ए ! बा कुन कलेज पढ्ने ?
- सानो स्वरमा थरमराउँदै,
- कार्डमा रै'नछ कलेजको नाम, हेर
! मोरा ती - बाजे कनेर बोले ।
- खलासी
बाजेतिर फर्किदै,
- आफु
पढ्ने कलेजको नाम थाहा छैन ? कि विर्सिए
बाजेले ? - खलासि रन्कियो ।
- बाजे,
- मोरा कलेजको नाम थाहा पनि छैन, बिर्सेको पनि होइन । हिजो
'नाती' केटोले बनाएर ल्याइदिएको थियो । शब्द बाजेको मुखबाट
झर्नासाथ माइक्रोमा सबैबाट हाँसो छरियो ।
- जेहोस् खलासि सज्जन र बुझक्कड परेछ । ईमान्दार पनि ! नत्र बाजेसँग एकछिन युद्ध चलाउथ्यो होला । खलासि बोल्दै, एकचोटीलाइ छुट दिए तर अब कतै कहिले नदेखाउनु होला ? माथि स्वर्ग जाने कार्ड बोक्ने बेलाँ विद्यार्थि परिचय कार्ड देखाउदा अरुले पत्याउनन् बाजे । तैपनि, देखाउनु भयो । मैले पत्याए । अनि, घर पुगेसि नाति केटोको कान निमोठ्न चै नबिर्सुनु होला;
- जेहोस् खलासि सज्जन र बुझक्कड परेछ । ईमान्दार पनि ! नत्र बाजेसँग एकछिन युद्ध चलाउथ्यो होला । खलासि बोल्दै, एकचोटीलाइ छुट दिए तर अब कतै कहिले नदेखाउनु होला ? माथि स्वर्ग जाने कार्ड बोक्ने बेलाँ विद्यार्थि परिचय कार्ड देखाउदा अरुले पत्याउनन् बाजे । तैपनि, देखाउनु भयो । मैले पत्याए । अनि, घर पुगेसि नाति केटोको कान निमोठ्न चै नबिर्सुनु होला;
- खलासिको मुखबाट यी शब्द झरिसक्दा
माइक्रो सुन्धारा पुग्नै लागेथ्यो । मित्रवत खलासी र बाजेको 'मिठास'
शब्दमा सत्यताका रसिला संवादले ठेलमठेलको सकसमा सबैले प्रफुल्लित
र रोमाञ्चित स्वास केहि छिन फेर्न पाए ।
यता झण्डै ६ दशक उमेर पुगेका बाजेले त्यो दिन भाडा छुट पनि पाए ।
काठमाण्डौँ खर्च
- घरबाट फुत्त बाहिर निस्किदा फोहोरको चाक्लाका गन्धले जो कोहिको नाकलाई हिर्काउन आइपुग्छ । हामी नाक थुन्छौँ र गन्तव्यतिर लम्कन्छौँ । उदाहरणको लागि 'म' । ठोक्किन आउने गन्धबाट भाइरल अट्याक हुने सम्भावना रहेकोले आज 'माक्स' किने । सानो खर्च त्यता ।
- घरबाट फुत्त बाहिर निस्किदा फोहोरको चाक्लाका गन्धले जो कोहिको नाकलाई हिर्काउन आइपुग्छ । हामी नाक थुन्छौँ र गन्तव्यतिर लम्कन्छौँ । उदाहरणको लागि 'म' । ठोक्किन आउने गन्धबाट भाइरल अट्याक हुने सम्भावना रहेकोले आज 'माक्स' किने । सानो खर्च त्यता ।
- कस्तो तिथीका दिन आइपुगे भन्या - 'कसरी भनु' ! लाजै लाग्छ ।' सिनामंगल माइक्रोमा विद्यार्थी परिचय-पत्र देखाउँदा, खलासी महोदय एक्कासि गम्क्यो ।
- 'प्ररभेइट कलेजको
अचेल सब्बै डिजिटल कार्ड हुन्छ ।
- तिम्ले नक्कली कार्ड बनाएछौँ ।
- यिनी
खाले कार्ड
त सरकारी कलेजको हुन्छ ।
- पढ्छु
प्ररभेइट कलेज भन्छौँ, कार्ड सरकारी ।
- हुँदैन
।
- पुर्रै
पैसो लेउँ । वैद्य झैँ आफ्नो
मागमा अडिग रहेको खलासि महोदयको कुर्ले रिस देखेर । एकछिन दंग परे । उ तिर फर्कि फिस्स मुस्कुराउदै, पुरै पैसा दिए । सानो खर्च यता ।
- सुंगुरले
खोर कोत्ल्या
झैँ डोजरले शहर भत्काएर हिरोसिमामा अणुबम फिँजिए झैँ शहरमा धुँलो फैलिएर मानिसहरुमा
रुँघाखोकि दिन दुइ गुना, रात
चौगुनाले बढ्दो छ । शरिर
अछुतो रहने
त कुरै भएन । 'बन्द'ले सडक 'बन्द' झैँ नाक,
घाँटी ठ्याप्पै 'बन्द' छ । सानो उपचार खर्च यता । ... र, विविध । खर्च बढ्दै जाँदा काठमाण्डौँ बसाइ खुम्चिदै गएको छ । काठमाण्डौँलाइ
भारि भइ कति बस्नु ? एक दिन गाउ त फिर्नु नै छ ।
एनसेल फेस्टिभल र किताब
- फेस्टिभल हप्ता दिनसम्म लाग्ने थियो ।
उत्पात रहर हुँदाहुँदै जानलाई एक सेकेण्ड समय थिएन । उत्तिसारो व्यस्त पनि होइन । समय
प्रशस्त थिए । २४ घण्टा । घडिका सुइ चलेकै थिए । पृथ्वी घुमेकै थियो । तर न हातमा
घडि थियो, न समय । घडिको सुइमा देखिने समय अफिसले किनेको थियो । दिउँसभरि उतै । कार्यालयतिर ।
- के गर्नु एनसेल फेस्टिभल चार्ने एउटै मात्र
उपाय थियो - छुट्टी लिनु,
- छुट्टिको प्रस्ताव राखे,
- तर, तीन दिने बितिसक्यो अत्तोपत्तो
छैन ।
- मनमा हल्का डर पलायो । शरीरमा काँडा
उम्रिए । तीनदिन वितिसक्दा पनि हाकिमको जवाफ आउदै न त । भनौँ, छुट्टी स्वीकृति ।
- एकछिन मन मनै गमे । इच्छा मार्नु
आफुलाइ हत्या गर्नु । आफ्नै इच्छ्याको हत्या गर्ने कुरो त भएन । तैभ'र नेपाली परम्परा
अपनाउँदै हाकिमलाइ नसोधि कार्यालयनै बंक गरि केही दिन फेस्टिभलमा झुल्किए ।
- तर,
- 'एन
सेल बुक फेस्टीबल' मा 'नयाँ बुक', 'कविता' संगै
अन्य विविध विधाहरुमा विद्धत्व गर्जिएको देख्दा शहरमा सबै 'सिंह' मात्र
छन्, बिरालो
कोहि छैनन् जस्तो लाग्यो । हुनत: चर्किएको घाममा पसिना छुटिरहँदा
एक किसिमको त्यस्तो भ्रम म आफैमा पैदा भएको पनि हुनसक्छ । न कार्यालय बंक गरेको डर पो हो कि ? खैर, गोधुँलि साँझतिर कितावी कोठा चाहार्दै थिए ।
हेर्छु, सबै किताब झिलिमिलि गातामा
आकर्षक छन् । सोँचे ! भित्रका 'गुदी' झन्
मष्तिष्कमा बत्ति बालिदिने 'करेन्ट' झैँ
होलान् । गम्भिर सोँच पछि बत्ति नभाको शहरमा बसेर किताबी पानाबाट
मलाइ मष्तिष्कमा 'बत्ति' बाल्नु छैन भनि एउटै किताव नकिनि
फर्किए । पैसा नभए र चै हैन नी !
- जब घर पुगे । फोन बज्यो ।
- कसको हुनु हाकिम बाहेक । प्रेमी छैनन
। एक दुइटि जोडिन आइपुगेथे । त्यहिबेला प्रेमिल गफ फुरेन । फोन काटिन नपाउदै यात्रा
टुंगियो ।
- अपितु,
- फोन उठाए । गालि भेटिने पक्का पक्कि
नै थियो ।
- तर,
- बिदा दिनै विर्सेछु । र, तिमीले
एकचोटी पुन: सोधेनौ पनि ! केही छैन ? आखिरि गैहाल्यौँ ।
- हाकिमको स्वर लत्रिएको देखेर अचम्मित
भए ।
- अनि किताब चै कुन कुन किनेर ल्यायौँ ।
- म एकछिन अलमल्ल परे ।
- एउटै किनिन सर, जवाफ फर्काए ।
- किताबै किन्नु थिएन भने कार्यालय बंक गरेरै
किन ?
- क्षमा
गर्नुहोला ।
- अन्तत: किताब नकिन्नुको क्षमा माग्नैपर्यो
।
No comments:
Post a Comment