शहर ठप्प गर्नेहरू,
आँसु-अनुरोध; 
जीवन ठप्प छन्, 
र, ठप्प छन् गाँस, बाँस र कपास
 
सक्छौँ, 
'बन्द' गर्देऊ,
वेचैन मनहरू,
उदास
तनहरू, 
उराठ
वनहरू, 
उफ् !
विक्षिप्त डरहरू, 
उछिट्टिएका रहरहरू, 
थाकेका पैदल गोडाहरू,  
भोकमा सुकेका पेटहरू
विग्रिल्लि
रोगहरू  
छटपटिएका कोखहरू
निस्सास्सिएका भित्रि दोखहरू 
ठप्प चोकहरू 
'बन्द' गर्देऊ
सारा-सबथोकहरू
आँशु-अनुरोध,
सक्छौँ; 
'बन्द' गर्देऊ,

No comments:
Post a Comment