Tuesday, April 16, 2013

बजार

प्रत्येक वस्तुको बजार छ यहाँ,
तिनका रुपैयाँदेखि हजारौँ हजार मुल्य छ यहाँ,
तर,
मेरो मुल्यको मात्र बजार छैन यहाँ,
म जस्ता हजारौँ हजार छन्,  
तिनको अचम्मको बजार छ यहाँ,

कोहि कराउँदै, कोहि उफ्रिदै,
कोहि व्यस्त, कोहि शहर ध्वस्त,
बनाउदै छन् यहाँ,
उत्पादन मेट्रिक टनमा छ,
विदेश सप्लाइ,
र विक्रिको रफ्तार छ,
बजार फैलिएर,
साउदी, मलेसिया र कतार छ,
हिजो यहि बजार सम्झिएर,
उत्पादन बढाउन,
बाउ खेत जोत्दा जोत्दै,
पोरपरारको हिउँदमा ढले,
कहिल्यै नउठ्ने गरी,
ढलेका ढलै भए,
देख्नेले, कम्युनिष्टका झण्डा,
हलोको अनौमा बाँधेका थिए -भने,
कृषि क्रान्ति रोप्दैछु भन्थे -भने
भन्नेले के के भने भने,
तर बाले जोतेकै लहर पछाडी,
मकै रोप्दै हिड्ने,
साक्षि त मै थिए,

तर आज दिन फेरिएको छ,
क्रान्ति सफल भएको छ,
जानेर, नजानेर मेरा बाले,
मृत्यु चढाएका थिए,
त्यो बेला, अकालमा  
र त आज
म अक्षर चिनेको,
अनुभवि हलि भएको छु,
वैज्ञानिक कम्युनिष्ट हलि,
वैज्ञानिक कृषि क्रान्ति गर्नसक्ने,
सक्षम हलि,  
म जस्ता धेरै हलका हल गोरू थिए, छन्,
ति कता छन, अत्तोपत्तो छैन,
क्रान्ति टुंगिएकै यत्रो वर्ष भइसक्यो,  
अझै हामी बेरोजगार छौँ,
तर बिडम्बना विदेशी भुमिमा किनिन्छ
गणतन्त्र नेपालमा किनिदैन ?
हामी  कस्तो बजार भयौ ?

No comments:

Post a Comment