समाज
भित्र,
कुजो
परेको शरिर,
प्रथा
भित्र,
फुलो
परेको नयन !!
एकाएक उदास
भइ चिम्लियो,
छिनमै एउटा
दुर्लभ सपना,
अम्लिइ
वर्षा भइ पर्यो,
प्रेमको उल्लासमय
दैलो,
नखुल्दै फुटेको
तेत्रो घटना !!
टुटेको
त्यत्रो साथ,
छुटेको
कैयौँ दिनपछि,
१२ घण्टे रातमा,
कति बज्न
सक्थ्यो ?
आफ्नै चेतको
नानीभित्र,
कति अटाउन
सक्थ्यो ?
सपनाको
समाजभित्र,
कति रमाउन
सक्थ्यो ?
कति फुल्न
सक्थ्यो ?
निस्पृह
खुल्न सक्थ्यो?
त्यो
प्रेम बुट्टी,
चोखो
प्रेम जडिबुट्टी,
दुइ
प्रेमिलाइ जीवनदान दिने,
समाजले पचाउन
नसकेको,
आजको
दिनसम्म,
त्यो
प्रेम बुट्टी,
चोखो
प्रेम जडिबुट्टी,
भलै आज
शत्रुको वात माथि,
विश्वास
उम्रिने दिन छ,
समय त्यो
युगमा चल्दै छ,
त्यो त प्रेम
गर्ने,
एउटा
पुरूषले आफ्नी प्रेमीसँग,
जीन्दगी
विताउन,
हात
माग्ने कुरो न थियो ?
अचानक !!
१२ घण्टे
छोटो रात सकियो,
उदास नयन,
चिरबिर
चरिको आवाजसँगै खुले,
अन्ततः
सपनाभित्र,
मन थामिन
के सक्थ्यो र ?
सदियौँ
देखि जातले डामेको,
समाज
भित्र,
हुर्केका
ती जोडी
बिहानै,
फेरी
एकपटक,
विजातिय प्रेमप्रसंगमा,
शरिर
दुवैको,
अंकुशमा उनिएको
थियो !!
No comments:
Post a Comment