नक्कली भुकम्पपीडित बढेको समाचार दुखद हो । सुखद त राज्यको
लज्जा यसमार्फत उदाङ्गिनु पनि राम्रो होइन । भुकम्पपोत्तर तथा पुननिर्माण
प्राधिकरणको कार्ययोजना तथा प्रणालिमाथि अब प्रश्न उठ्नु स्वभाविक हो । जनताले
भुकम्पपीडितको गलत तथ्यांक प्रेषित गरे, गलत कार्य हो ।
मतमतान्तरको कुरै रहेन । तर, तीनै जनताबाट कर असुल्दै आएको राज्यले विगत केहि
दशकदेखि त्यस्तो के सेवासुविधा दिदै आयो ? गाउँ–गाउँमा के योजना लगियो? जनता किन कठिन जीवनयापन गर्न बाध्य छन् । भाषण
बाहेक गाउँ छिर्दा नेतासँगै के पुग्यो । उत्तर स्पष्ट छ ।
केहि हप्ताअघि पत्रपत्रिकामै पढियो— मन्त्रीको आसेपासे भुकम्पपीडित कोटामा विदेश गए ।
पढ्न गए । घुम्न गए । जान चै गए । विगत केहि वर्षदेखि समचारहरु आइरहे— सांसद रातो पार्सपोर्ट खदिविक्रिमा समातिए ।
किर्तेकाम गर्दागर्दै विशिष्ट पदाधिकारीहरु कार्यालयबाटै समातिए । देशको आमुल
परिवर्तको विगुल फुक्ने केहि नेताहरुलाई अख्तियारले शंकास्पदको सुचना पठायो ।
पालमुनि बसेकाहरुको लागि आएको विदेशी रकम थन्किए र हराए । पेट्रोल, डिजेल, ग्यास लगायतका
इन्धनको सामानहरु डि–सिस्टम कालो सञ्जालबाट
बजारमा ल्याइयो । आयल निगम कमिशनको विटो निमोठ्दै घायल निगम बन्यो । अख्तियारले
प्रमुखलाई छानविनको पत्र पठायो । भन्सार कार्यालयकै मिलेमतोमा तस्करी भएको थाहा
हुनआयो । अनुदानको तेल छिरेको केरुङ्ग नाका समेत अछुतो नरहेको समाचार आइरहे ।
सशस्त्र प्रहरी प्रमुख आइजिपी किर्ते कार्यबाट निलम्बित भए । अब्बल विद्यार्थीहरुलाई
राजनीतिमा लाग्न डा.सापले नक्कली आश्वासन छरे । भुकम्प गएको यतिका महिनापछि
पालमुनि बासको दर्दनाक जीवनकथा पत्रपत्रिकामा छ्यालब्याल भए । सक्कली प्लस पछि
बढेर नक्कली भनिएका भुकम्प पीडितहरु बढ्दो चिसो र नकाबन्दीको चेपमा नुनचामाल
जोहोमै कठ्याङ्ग्रिए । सरकार प्रमुख बारपाकको भुकम्प पीडित बस्तीमा पुगेर तराईको
आन्दोलनकारीलाई चिड्याउने वक्तव्य फ्याकेर बालुवाटारको न्यानो सिरक ओड्न आइपुग्यो
। अब मनन गरौ— नक्कली कार्य गर्ने को ? उत्तर सम्भवतः सबैमा विदितै छ ।
यी–यस्तै कार्यहरु
संवैधानिक तथा जनसेवामा समर्पित पदधारण गरेका व्यक्तिहरुको गलत तथा कू–आचरण, प्रणलीगत त्रुटी र
हिजोदेखि देश बनाउछु भन्नेहरुबाट भएको नकरात्मक कार्यहरु सबैभन्दा बढि भागिदार
रहदै आएको छ । अब यस विषयमा नयाँ शिराबाट बहस हुन जरुरी छ । नेतृत्व तहमा रहेका कैयौ कार्ययोजनाहरु जनता
झुक्याउने नक्कली छन्, यो वास्तविक र आजको
तीतो यथार्थ हो । जनता बाध्य, लाचारी र हीनताबोधको
साँधमा उभिएर दर्दनाक जीवन यापन गर्न बाध्य छन् भने अर्कोतिर यस्ता समाचार आउनु र
राज्यले आफ्नो भुमिका बिर्सिनुमा कुनै तात्विक अन्तर छैन । हो— देश संघिय
लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो । आन्दोलन र राजनीतिक संघर्षबाट यहाँसम्मको
बाटो बनेकै हो । देशले संविधान पाएकै हो तर विकास र परिवर्तनको बाटो भने खराब
प्रणली हुँदै कमाउतन्त्रको जर्जजरताबाट ग्रसित मनोदशाले निर्देशित भएकै हो । अब चेतना भया !