Thursday, October 20, 2011

नेपल पर्यटन बर्ष २०११ को सफलतामा स्थानिय तहमा मेरो भूमिका "My role to make Nepal Tourism Year 2011 a sucess in my locality"


संसारमा नयाँ नयाँ ठाउँ घुम्ने मनोराजन गर्ने र प्रकृतिका छविसँग रम्न चाहने मानिस को नहोला कसलाई इच्छा नहोला नयाँ परिवेशमा रम्ने र घुम्ने त्यो अभिरुचि प्राय सबैमा हुन्छ । प्रवद्र्धन भई रहेको "नेपाल पर्यटन वर्ष २०११ को सफलता", "स्थानीय सरोवर" र "म" पात्र के एक अर्काका लागि परिपूरक छौँ के पर्यटन वर्षको सफलतासँग मेरो स्थानीय तहको सफलता गाँसिएको छ या स्थानीय तहको सफलतासँग पर्यटन वर्ष २०११ को सफलता गाँसिएको छ कि एक नागरिकको तर्फबाट पर्यटन वर्षको जिम्मेवारी र दायित्व मैले स्थानीय तहमा निर्वाह गर्नै पर्छ या नगरे पनि हुन्छ वास्तवमा यथार्थलाई एक पटक नियाल्ने हो भने मैले कहिल्यै पनि स्थानीय तहमा पर्यटक भित्र्याउने उपाय खोज्ने प्रयत्न गरिन । किन गरिन कसका लागि गरिन म आफैलाईं थाहा छैन तर आज यत्ति मैले बुझे कि मैले मेरै लागि मेरो समाजका लागि स्थानीय पर्यावरणका लागि त्यसको महत्त्व नबुझ्नाले र त्यसलाई नजिकबाट नचिन्नाले गर्न सकिने योगदान गर्न सकिन तर आज नेपाल पर्यटन वर्ष २०११ को सहायताले मैले केही कुरा बुझ्ने मौका पाएँ तसर्थ यो सुवर्ण अवसरको घडीमा मैले मेरो स्थानीय सरोवरमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नै पर्छ किनकि ती मूल्यहीन बनेका प्राकृतिक र सांस्कृतिक सम्पत्तिले स्थान र मौलिक पहिचान पाउन आवश्यक छ । यो समयमा मैले मेरो स्थानीय तहमा अत्यन्तै सानो भूमिका निर्वाह गर्दा नेपाल पर्यटन वर्ष २०११ को सफलताले स्वरुप लिन्छ भने मैले सक्दो सहयोग केही गर्नै पर्छ । भनिन्छ "अभावै अभावले घेरिएको समुन्द्रको बिचमा समृद्धिको टापु सिर्जना गर्न सकिन्छ" त्यसो हो भने मेरो सानो जिम्मेवारीले मेरो स्थानीय ठाउँको पहिचान प्रचार प्रसार र जानकारी हुन्छ भने मैले मेरो तर्फबाट प्रयत्न किन नगर्ने 

पर्यटन वर्ष २०११ र स्थानीय सरोवरको सफलताका लागि म मेरो स्थानीय समुदायमा पर्यटन पर्यावरणीयका आफ्नै महत्त्व मान्यता आधार र सुन्दरताको खोजी गर्छु । ती देखेका भेटिएका आधार महत्त्व मान्यता र सुन्दरताका अत्यन्तै महत्वपूर्ण पक्षहरु केलाउँछु जुन पर्यटक र पर्यटन उद्योगकसँग सम्बन्धित छन् । मलाई लाग्छ सुन्दरताले आवरण भएर पनि स्थानीय पर्यावरणको प्रचार र प्रसार नहुनाले स्थानीय तहका प्राकृतिक नदी नाला र झर्नाहरुले आफ्नो चिनारी दिन पाएका छैनन् । हरियालीले भरिएका दृश्यले भरिभराउभएको जीवजन्तु र चराचुरुङ्गीहरुले सुन्दरताको संसार निम्त्याउने मनोरम स्थल प्राकृतिका छटाले जडित र अनुपम प्राकृतिक जटाहरुले आवरण गरेको पर्यटकीय गन्तव्य स्थल हुँदाहुँदै पनि पहिचान विहीन बन्नु परेको स्थिति कति दुःखदायी छ । तसर्थ म यो पर्यटन वर्ष २०११ को सुनौलो अवसरको सदुपयोग नगरी छाड्दीन । यसको प्रचार प्रसार गर्दै स्थानीय संस्कृति संस्कार र सभ्यतालाई नयाँ पर्दामा उतार्छु त्यहाँको महत्त्व दसा्रउँछु त्यसका आफ्नै मान्यता मनोराजनात्मक पक्ष विषय र विशेषतालाई गाउँ टोल छिमेक र आम जनमानसमा चिनाउँछु बुझाउँछु र प्रस्ट्याउँछु ।

मरो स्थानीय एकाईमा बेरोजगार युवा दस्तालाई पर्यटनको महत्त्व र फाइदाहरुको जानकारी गराउँछु । युवाको एउटा यस्तो टोली बनाउँछु जुन टोलीको सहायताले म स्थानीय सरोवरमा रहेको प्रख्यात प्राचीन सम्पदा मठ मन्दिर र गुम्बाको अध्ययन अनुसन्धान गरी तिनका यथेष्ट जानकारी बटुली टिप्पणी गर्छु । तिनका बारेमा प्रचार गर्न सके हाम्रा ती सम्पदा हेर्न पर्यटक आउँछन् भनी गाउँलेहरुमा पर्यटकीय जनचेतना अभियान साचालन गर्छु । स्थानीय बुद्धिजीवी नागरिक अगुवाहरुलाई भेटी पर्यटन भित्र्याउनका लागि यिनको प्रसार गर्ने माध्यम खोज्छु । साथै यस्ता सम्पदाको इतिहास खोज्छु भौतिक अवस्था जीर्ण भए पुरानै शैलीमा निर्माण गर्नका लागि गाउँलेहरुसँग श्रमदान सहयोग मागी तिनको पुनः निर्माण गर्छु र तिनको प्रसारको लागि नेपाल पर्यटन वर्ष २०११ लाई मेरो स्थानीय आँगनीमा निम्त्याई स्वागत गर्छु । अर्थात् अवलोकनका लागि पर्यटकहरुलाई देश विदेशबाट बोलाउँछु ।

स्थानीय बासिन्दाहरुलाई विभिन्न परिकारहरु बनाउन लगाउँछु । आएका आगन्तुकहरुलाई ती परिकारको स्वाद चखाउँछु । यी यस्ता परिकार यहाँ पाक्छन् भनी प्रसार गर्छु । स्थानीय तहमा भएका ताल तलाउ पोखरीहरुको सङ्लो पानीको तरङ्गमा विद्यमान गाउँको सुन्दरता अवलोकन गराउँछु । मानव बसोबास स्थलका जानकारी हरियालीयुक्त वातावरण गुणस्तरयुक्त सफा ताजा वायु मिठो खाना आनन्ददायी र मनोहर दृश्यहरुको आनन्द उपलब्ध गराउँछु । स्थानीय तहमा रहेका प्राचीन वस्तुहरुको मौलिक विशेषता दसा्रउँछु । स्थानीय बासिन्दाले हस्त कौशलबाट बनाएका वस्तुहरुको प्रवद्र्धन गर्छु । स्थानीय कला र कौशलको मौलिक महत्त्व बुझाँउछु । पर्याप्त प्राकृतिक र मानवीय स्रोतका साथै पर्यटकहरुका लागि विशेष जातीय रीतिरिबाज र संस्कृतिको अनुरागको संगम भएको जानकारी गराउँछु । जातीय विशेष संस्कार र सङ्गीतको धुन बजाउँछु तिनका मिठो र रोमािाचत धुनमा मौलिक र अपनत्व झल्कने प्रदर्शनहरु गराउँछु । स्थानीय तहको विशेष सांस्कृतिक परम्परा तथा ताजा कलात्मक प्रदर्शनका लागि कार्यक्रम साचालन गर्छु । कार्यक्रममा स्थानीय बासिन्दाहरुको परम्परागत जीवन शैली झल्काउँछु । एउटा यस्तो दृश्य स्थल स्थानीय तहममा बनाउने प्रयत्न गर्छु जसले नेपाल पर्यटन वर्ष २०११ को सफलताका लागि मात्र सहयोग पुर् याउने होइन फेरि फेरि पनि विश्वको हरेक दर्शक आकर्षित हुन सकोस् । 

नेपालभरिको स्थानीय तहको सफलता नै सिङ्गो पर्यटन वर्षको सफलता हो । त्यसैले स्थानीय स्तरमा वातावरण सम्पदा विद्यमान संस्कृति रहनसहन र भेषभूषाको प्रवद्र्धन गर्दै तिनको महत्त्वको बारेमा जनचेतना गाउँलेहरुमा अभिवृद्धि गराउँछु जसले अझ थप उत्साह र उमङ्ग थपी दिनेछ । गाउँलेहरुको यसमा यथेष्ट सहयोग मिल्ने छ भन्ने आत्म विश्वास ममा छ । पर्यटन औद्योगिकीकरण कसरी गर्ने भन्ने सवालमा स्थानीय सरोकारवालाहरुसहित स्थानीय वासिन्दाहरुको सहभागितामा विभिन्न तहमा परामर्श कार्यक्रम गर्दछु । अझ भनौ पिछडिएको समुदायको सहभागिता गराउँदै पर्यटनलाई औद्योगिक रुपमा विकास गर्न्र समुदायलाई पर्यटकीय कि्रयाकलापमा सहभागी गराउन पर्यटकीय सेवा सम्पदालाई विस्तार गर्न अन्तर्राष्टिय पर्यटन स्रोत बजारमा प्रचार पुर् याउन स्थानीय तहमा उडानका लागि ठाउँ भए उडान सुरक्षा सुनिश्चित गर्न र हवाई सेवाको विस्तार गर्न यी यस्ता सम्पदा र प्रकृतिले जडित स्थानमा पर्यटन क्षेत्रका लागि लगानी गर्न अत्यावश्यक छ भन्ने सन्देश सबैतिर फिँजाउँछु ।

हाम्रो जीवनस्तर उकास्न र जीवन शैलीमा लाभ पुर् याउनको लागि पर्यटन उद्योगले ठूलो भूमिका खेल्ने कुरा अवगत गराउँदछु । त्यसैले स्थानीय तहमा पर्यटनका लागि हुन सक्ने सम्भावित कार्यक्रमहरु ःमाउन्टेन फ्लाइट प्याराग्लाइडिङ्ग र हटयस्ट बेलुनिङ्ग विस्तार गर्न स्थलमार्गका लागि माउन्टेनेरिङ बाइकिङ गल्फ हात्तीपोलो मोटर र् याली म्याराथुन घोडचढी लगायतका कार्यक्रम साचालन गर्न विभिन्न व्यवसायी संघ-संस्थासँग अपिल गर्दछु । स्थानीय तहमा जलक्रीडाको सम्भावना भए र् याफ्टिङ क्यानोनिङ बोटिङ फिसिङ म्यास्केटिङ जेट स्की जस्ता कार्यक्रम संचालन गर्न पहल गर्छु । यस्ता कार्यक्रममा गाउँलेहरुको सहयोग र सहभागितामा अभिवृद्धि गराउँछु र पर्यावरणीय पर्यटन ग्रामीण पर्यटन समुदाय पर्यटन कृषि पर्यटन सांस्कृतिक पर्यटन धार्मिक तथा शिक्षा स्वास्थ्य सम्बन्धी पर्यटनको विशेष अभिवृद्धिका लागि स्थानीय तहबाट सशक्त आवाज उठाउँछु ।

वास्तविक रुपमा मेरो ठाउँमा पर्यटक घुम्ने यथार्थ तथ्यहरु के छन् तिनको पहिचान गर्छु । त्यहाँको स्थानीय स्तरमा पर्यटक घुम्ने महत्त्वपूर्ण गन्तव्यहरुको प्रवद्र्धन गर्छु । देशका केही चिनिएका पर्यटकीय क्षेत्रको भरमा मात्र पर्यटन वर्ष सफल नहुने हुनाले स्थानीय सरोवरतिर पनि एक चिम्टी नजर लागाउँनु पर्ने सरोकारवालाहरुको जिम्मेवारी रहेको कुरा बताउँछु । गाउँ नै गाउँले भरिएको देश नेपालको पर्यटन अभियानबारे ग्रामीण इलाकामा बसोबास गर्ने जनतामा चेतना र उत्साह जगाउन सकेमा मात्र पर्यटन अभियानले सार्थकता र सफलता पाउनेमा म विश्वस्त छु । स्थानीय तहमा पनि सुरक्षित वातावरण सिर्जना गर्न सक्नु पर्छ । तसर्थ सुरक्षाका निम्ति मिलाई दिन जिल्ला प्रशासन कार्यालयमा अनुरोध गर्छु । पर्यटकीय महत्त्वका प्राकृतिक सम्पदा र सांस्कृतिक सम्पदालाई चिर कालसम्म जोगाई राख्न स्थानीय तवरमा जनतामा जन चेतना अभिवृद्धि गराउँछु । सकिन्छ त यस्ता जन चेतनाका साधन र प्रचार सामग्री पर्यटन वर्ष २०११ को प्रवद्र्धन कार्यालयबाट पनि मगाउँछु । पम्प्लेटको सहायतामा स्थानीय तहमा पर्यटन वर्षको प्रचार प्रसार गर्दै अभियान साचालन गर्छु । पर्यटक आगमनलाई सहज बनाउन विशेष योजना बनाउँछु । मेरो स्थानीय सरोवरको व्यापक प्रचारका लागि स्थानीय युवा समूहको टोली खटाउँछु । यसका सकारात्मक पक्षहरुको प्रचार प्रसारमा तीव्रता ल्याउँछु । पर्यटकीय सम्भावना बोकेका ती सम्पदा र संस्कृतिको पहिचान र अवलोकनका निम्ति स्थानीय समुदायसँग अन्र्तकि्रया कार्यक्रम गर्छु । स्थानीय सरोवरका विभिन्न स्थलको स्थलगत भ्रमण गराई पर्यटन व्यवसायी स्थानीय समाजसेवी र बासिन्दाहरुलाई तिनको महत्त्वहरुको अध्ययन गराउँछु । पर्यटकलाई सुविधाका लागि विभिन्न स-साना पूर्वाधारहरुको सहज उपलब्धताका निम्ति सम्भव सबै जुक्ति गर्छु । पर्यटन वर्ष सफलताका लागि स्थानीय सरोवरमा मेरो सानो भूमिका फलदायी बनोस् र सबैमा नौलो उत्साह छर्दै राष्ट्रको अनुहारमा उज्यालो छर्न केही योगदान गरोस् ! यही मेरो हृदयको भित्री मनसाय र अपेक्षा छ ।

जय पर्यटन वर्ष ! जय नेपाल !

No comments:

Post a Comment