भित्र कोठामा भाउजु र छोरा साजन छन् । बेलुकीको समय भएकाले वातावरण गोधुली प्रकाश सँगै कालरात्रीमा परिवर्तन हुँदैछ । भित्र कोठा अन्धकार छ । भाउजु खाना पकाउने तयारीमा हुनुहुन्छ तर बत्ति भने छैन त्यसैले उहाँ बत्तिको प्रतिक्षामा हुनुहुन्छ । छोरो साजन पनि बत्तिकै प्रतिक्षामा छ । गुरुमा र गुरुहरुले थुप्रै होमवर्क दिएकाले उ निराश मुद्रामा कम्प्युटरको किबोर्डमा हात फाट्टफुट्ट बजाउँदै नयाँ नेपालको आधुनिक परिचय झल्काउँदै छ । भाउजु छामछामछुमछुम गर्दै आक्रोशित मुद्रामा कमसे कम बेलुकी त बिजुली दिनु खै के भन्नु हत्तेरीका ! यत्तिकैमा एक्कासी आयो ! आयो ! आयो ! भन्ने कोहि चिच्याएको आवाज भित्र सुनिन्छ । भाउजु खुशी हुँदै पक्कै पनि बत्ति आयो क्यारे ! भन्दै हतारिदै स्वीच अन गर्नपुग्नु हुन्छ तर बत्ति भने बल्दैन । बरु पुन बाहिरी आवाज गुिाजन थाल्छ मम्मी मम्मी पिसाब आयो ! पिसाब ! आयो चाडो न शुरुवाल खोलिदिनु न कुनै बालकको स्वर बाहिरी वातावरणको छिप्पोदो रात सँगै गुाजयमान हुँदै हराउँछ ।
No comments:
Post a Comment