Wednesday, October 19, 2011

अब मिलेर के गर्ने (कबिता)

यहि मलिलो माटोमा जन्मिएर 
नेपाली "दरिद्रता"लाई 
आन्तरिक "व्यग्रता" बनाउँनेहरुलाई
"इतिहास" र "शहरबासि"हरुले के भन्ने 
नेपाली जीवनका "समृद्धि"लाई
अनुभूतिको "विपुलता" बनाउँनेहरुलाई 
"व्यपारि" र "अफिसर"हरुले के भन्ने 
यिनका काँचो मुटु माथिका पत्थरहरुमा 
नेपालीहरुको आँसु र रगत वगीरहँदा 
यिनकै मनले के भन्ने 
"स्वछन्दता" माथि टेकेर
"पवित्रता"मा "अनुदारवादी" बन्नेहरुलाई
यहि "धर्तीमाता"ले के भन्ने 
गछौँ भन्दै "पुरानै श्रेयस्कर" अगाल्नेहरुलाई 
नेपालीहरुले के भन्ने 
साँचो डक्दैन झुटो टिक्दैन भने झै अब
जीवित विचारहरुलाई सोचेर लेख्न नसक्नेहरुलाई
"विद्धान" र "कलाकार" हरुले के भन्ने 
पद सम्मान र कूच्र्चिका उच्च कोटिका उपजहरुलाई 
यी गरीब निमुखा र श्रमिकहरुले के भन्ने 
सारा नेपालीको अभिलासालाई नाङ्गो बनाउँनेहरुलाई
अन्तिम घडीमा भन दाजुभाईहरु
"अब मिलेर के गर्ने"

No comments:

Post a Comment