Sunday, October 30, 2011

लेखन क्रेज



म सधै जसो सोच्ने गर्थे । कुनै एउटा विषय घट्ना र पात्रलाई लिएर लेखकहरु कसरी लेख्छन् । लेखलाई रसिलो र मन मष्तिष्क र जिब्रोमा झुन्निने बनाउन शैलि र लय कसरी मिलाउछन् । तिनका दिमागी शब्दकोशबाट कसरी नयाँ र नसुनिएका शब्द आउँछ र प्रयोग गर्छन् । म अचम्म मान्थे । म पनि तिनीहरु जस्तै लेखक बन्न चाहन्थे । लेख्न चाहन्थे । मनको आवाज शब्दमार्फत यी कागजमा कोर्न चाहन्थे । कुनै पनि विषय र घट्नामा टुक्का कथन लाइन अनुच्छेद र सिङ्गो सिगारिएको लेख बनाउन चाहन्थे । सकिन्छ त आँखा चिम्लेर धाराप्रवाहमा दिशाबिहीन भै रफ्तारमा कलम चलाउन चाहन्थे । नलेख्न नआउने पनि होइन । कलेजमा हुने निबन्ध कविता र वत्तृत्व प्रतियोगितामा प्रथम या त द्धितीय हुन्थे नै । कविता लेख्न तुलनात्मक अलि धेरै रुचाउँथे । तैपनि सोचे जस्तो अलि स्तरीय र देखाउँन मिल्ने रचना कोर्न भने सकेको थिइन । प्रयत्न गर्थे विषय खोच्थे त्यसमा साहित्यकार झैँ डुब्न खोच्थे विषयको चुरो रस बटुल्ने अभ्यास गर्थे विषय सम्बन्धित शब्द पानामा चुहाउने हर कोशिस गर्थे तर का के हुन्थ्यो के मिल्दैनथ्यो लयात्मक बाटो समात्न सकिन्थीएन कि अन्तमा सतहमा नै झुण्डिनु पथ्र्यो । प्रयत्न जारी राख्थे तर शब्द कागजमा बहँदैनथ्यो । जब शब्द वाक्य अनुच्छेद हुँदै सिङ्गो रचना कलमको साहाराले शब्दकोशको लफेटो मनसपटलबाट फुर्दैनथ्यो अनि सम्झन्थे तिनका रचना । तिनका अनुहार । खिस्स ! गर्वका साथ के के न लेखे जसरी हासेका हेलो शुक्रबारका दाजु आशिष र मैले चिनेको खप्पिस ब्लगर अपलोडर सुरथ गिरी दाइ । म पनि उनीहरुले जस्तै गरी विषयलाई प्रेमिकालाई प्रेमीले च्याप्प अँगालोमा च्यापे झैँ च्याप्न चाहन्थे । पे्रमिकाको ती नरम गालामा किस गरेझैँ सुन्दर पृष्ठमा कलमको लेदो लत्पत्याउन चाहन्थे । लतपत्तिएको एउटा दमदार रचना तयार पार्न म आतुर थिए । उत्साह उत्तिकै । चन्चलता त वर्डकप कि्रक्रेट फुटबल र सल्लुको फिल्म हेर्न जाने दर्शकको भन्दा कम थिएन । ती सबै मेरा सुरुवातका दिन थिए । विषय र घट्नालाई मकै भुटे झैँ भुट्न नसक्नु मेरो बालापन थियो । लेख्दै जाँदा हात काप्ने र मैले के लेख्दैँ छु र विषय नै विस्रने मेरो अर्धपन थियो । विषयलाई चिनी पनीमा घुले झैँ घुलाउन नसक्नु कम्तिमा धेरै समय त्यस विषयमा आफैँ डुल्न नसक्नु त्यस विषयलाई फुलाउन नसक्नु प्रसङ्गमा ढलाउन नसक्नु र अझ त्यस विषयलाई गुलियो बनाउन नयाँ कुराले जोड जाड गरि रसाउन नसक्नु नै म मा लेखनीय कलाको कमि भएको प्रस्टै हुनजान्थ्यो । लेख्न नसक्दाको भित्रि चरम दर्दले उकुस मुकुस भै हात सलबलाथे तर कलम चल्दैनथ्यो । दिमाग शब्द फुराउन कष्ट गथ्र्यो तर मुखारविन्दुबाट शब्द झर्दैनथ्यो । यो नै मेरो ती दिनका लेखन संघर्ष र लेखनप्रतिको चरम उत्कर्ष थियो । 

लेखन अभ्यास र प्रयत्नको धेरै समय पश्चात एक दिन आलाटाल जेनतेन जसोतसो गरी साधारण विषयमा एक अनुच्छेद झण्डै दिनै लगाएर लेखे । मिल्ने साथीलाई देखाए । ध्यान दिएर पढ्यो । सकेपछि नजिक बोलाएर लप्का ख्वायोँ । यो मेरो पहिलो लेखनको पुरष्कार थियो । दोस्रो पटक दाइलाई देखाएँ । पढे लेखेको चलन चल्तीकै लेखक झैँ । ऊ पढ्दै थियो । शान दिएर बिचमै प्याच्च बोले । कस्तो छ ब्रो ! जबाफमा चट्कन पाइयो । हपार्दै ठूला स्वरले थर्काउन थल्यो । लेख्ने भुत चढ्यो है तलाई । कलेजको किताब पढ्नु त कता हो कता लेख लेख्ने भा'को कहिले कुनै लेखकको किताब पल्टाएर हेरेको छस् । म मौन भए । केहि बोल्न सकिन । एकछिन त लाग्यो नामि लेखकलाई नै देखाएछु । छिनमै सन्नाटा छायो । म सोच्न बाध्य भए । सोचेँ वास्तवमा त्यस्तो कुनै किताब मैले पढेको त छैन । म झल्यास भए म तिर हेर्दै ऊ अझै के के फलाक्दै थियो बेलाबेलामा बाघ झम्टे झैँ झम्टिन्थ्यो । हात उचालेर पिटुला झै गरी गम्किन्थ्यो तर वास्ता भने मैले गरिन । किनकि मेरो ध्यान ऊ तिर थिएन । मेरो दिमागले यो सोच्दै थियो कि उसले मलाई आज एउटा नयाँ पाठ सिकायो । लेख्नका लागि पहिला अध्ययन गर्नुपर्छ नयाँ विषयमा खोज अनुसन्धान र धेरै कुरा जन्नुपर्छ भन्ने कुरा पहिलो पल्ट उसकै मुखबाट त्यही लेखमार्फत मैले सिक्न पाए । यो नै मेरो लेखनको दोश्रो उपहार थियो । 
म अत्यन्तै उत्साहित भए । मेरो त्यो सानो टुक्का पढी मलाई गाली गर्दै सल्लाह दिने दाजुलाई मैले हृदय देखि नै धन्यवाद ज्ञापन गरे । म हर्षित भए । संसार जिते झैँ लाग्यो । आफूलाई बहादुर सम्झेँ । सोचे ! कम्तिमा पाँच वटा किताब पढे भने एउटा रचना कोर्न सक्छुहोला । यो पनि सोच्न भ्याए कि पाँच वटा किताब पढ्न मलाई कति दिन लाग्ला । दिनको कुरा त छाडौँ । पहिलो पटक दुई महिना लगाएर कर्ण शाक्यको 'सोच' किताब पढे । त्यसपश्चात खुद्राखुद्री कमेन्ट लेख्न थाले । पत्रिकामा पठाए छापियो । त्यो पनि कान्तिपुरको पाठक माचमा । त्यसपश्चात लेखनलाई निरन्तरता दिँदै गए । पत्रिकामा पठाउँदै गए । कहिले कान्तिपुर त कहिले नागरिकमा छापिन थाल्यो । विस्तारै पढ्ने बानी पनि बस्यो । दिन महिना वर्ष गर्दै पढिसकेको किताबको संख्या बढ्दै गए । यो पढ्छु त्यो पढ्छु त्यो त्यहाँ पाउँछ यो यहाँ छ । त्यो किताब भोलि किन्छु । भोलि नकिने पसर्ि त अवश्य । निकोसर्ि त भन्नै पर्दैन् भन्दा भन्दै एक वर्ष वित्यो । एक वर्ष भित्रमा के को किताब किन्नु के को एक महिनामा पाँचवटा किताब पढ्नु । दैनिकी जीवनको निरन्तरतामा हिड्नै पर् यो । क्याम्पस जाऊ आऊ । साथीभाईसँग भेटघाट घुमफिर अनि जब परीक्षा नजिकिन्छ कोस्र किताब पल्टाऊ । तैपनि जे होस् वर्षदिन भित्र चार पाँचवटा किताब भने पढेछु । 'माइक्रोसफ्ट देखि बाउन डाँडा', 'पल्पसा क्याफे', 'मयूर टाइम्स' र 'कर्णाली ब्लुज' । समयको कालान्तरमा बेलाबखत शरिर हृदय र मनमष्तिष्कको बहुमत भयो भने लेखिन्थ्यो अल्पमतमा परे कम्प्युटरमा राखिएको गित सुनिन्थ्यो या गेम खेलिन्थ्यो । 

यसरी मेरो लेख्ने इच्छा अझै पनि अधुरो नै थियो । पत्रिकामा ठूलो कोलमिनिष्ट झै लेख छपाउने म मा रहर थियो । इच्छा नभएको पनि होइन । ती दिनभन्दा आजभोलि कलम पनि चल्थे । मष्तिष्कले शब्द पनि गुगलले कुनै विषयको जानकारी फाले झै फाल्थ्यो । एकदिन त्यही मौकामा कम्प्युटरको पानामा टाइप गर्दै गए यत्तिसम्म लेखेछु कसरी लेखे आफैलाई नै पत्तो भएन । एकछिन घोरिएर सोचेँ म मा मात्र होइन । आम युवामा लेख्ने व्रुेज छ । हामी जस्ता हजारौँ युवामा लेखनप्रतिको यस्तो क्रेज छ आज । फेसबुकमा होस् या साहित्यिक झमघटमा । या त कुनै कोलमिष्ट या पत्रकार किन नहोस् । यो सोध्न छुटाउदै नौ कि तपाइ कसरी लेख्नुहुन्छ । कसरी विषय छनौट गर्नु हुन्छ । विषयमाथि भेट्टाउन नसकिने गरी समान रफ्तारमा कसरी बहनुहुन्छ । सबैको जिज्ञासमा प्रश्न यहि तेसर्िन्छ । हो आजको युवामा लेखन क्रेज छ । लेख्न आतुर छन् तर बुझ्नै पर्ने कुरा यो छ कि समयसापेक्षीत समाज परिवर्तनशिल हुने भएकाले साहित्यिक लेखन अथवा विषयसम्बन्धित रचनालाई अलगधारबाट नयाँ दिशातिर मोड्न जसले सक्छ शायद उसैको सिर्जनामा लेखन क्रेज भएको प्रस्टिनजान्छ । 

अन्त्यमा लेखन क्रेजी मित्रहरु ! राष्ट्र भित्र देखिएका विकृति विसङ्गती र अनेकौ थुप्रै विषयमा कलम चलाउन÷चल्न बाँकी छ । त्यस्ता विषयलाई पत्रिकामा बम झैँ विष्फोट गराउन बाँकी छ या विष्पोट हुनै बाँकी छ । अब झुक्केर पनि कुनै लेखक साहित्यकार सर्जक र सष्ट्रालाई लेखन क्रेजी हुने हामी जस्ता हजारौँ युवाले कसरी लेख्ने भनेर नसोध्नुहोला ! 

Friday, October 21, 2011

अन्तरमनको यात्रा सस्मरन


राजधानीसमेत रहेको मध्यमाञ्चल विकास क्षेत्रमा पर्ने रामेछाप जिल्ला सेवा र सुविधाको हिसाबले यस विकास क्षेत्रको लागि कर्णाली भन्दा फरक नपर्ला ? तर नेपाली राजनीति, कला, साहित्य, उद्योगी, व्यापारी, विद्धान, सँस्कृतिकर्मी र संचारकर्मी जस्ता विभिन्न क्षेत्रमा सबैजसो प्रतिभा भने रामेछापले नजन्माएको होइन । नेपाली साहित्यको फाँटमा उदाएका प्रथम साहित्यकार सुब्बा कृष्णलाल अधिकारी र जनताका लागि ज्यान बलिदान दिएका महान् शहिद गंगलाल श्रेष्ठ पनि रामेछापमा नै जन्मिएका सपूत हुन् । त्यस्तै आँसु र हाँसोको संगम जीवनमा पीडाको दर्दबोकि मृत्युसँग जुधिरहेका अर्का पछिल्ला साहित्यकार स्रष्टा जगदिश घिमिरे पनि रामेछापमा नै जन्मिएका सपुत हुन् । रामेछापको मन्थलीमा २००२ सालमा जन्मिएका जगदिश घिमिरेले आफ्नो साहित्यिक जीवन यात्रा 'लिलाम' उपन्यासबाट शुरुवात गर्नु भएको थियो । झण्डै आधादर्जन जति कृति प्रकाशित गरिसकेका र आधादर्जन जति कृति प्रकाशोन्मुख अवस्थामा रहेको जगदिश घिमिरेको जीवन भोगाइबाट जन्मिएको उत्कृष्ट कृति 'अन्र्तमनको यात्रा' पनि हो । यस कृतिले उनलाई मदन पुरस्कार दिलायो । हुनतः दुई दिनको छोटो जीवन यात्रामा उनले क्यान्सरको पीडा भोगेता पनि त्यसको परवाह नगरी सबैलाई पढ्नै पर्ने एउटा अमूल्य कृति साहित्य जगतका लागि जन्माइदिए । भनिन्छ "हरेक मानिससँग एउटा प्रतिभा हुन्छ ।" त्यसलाई चिन्न सक्नुपर्छ । जसले चिन्ने प्रयत्न गर्छ उसैले जीवन बझ्छ । त्यति मात्र कहाँ हो र साहित्यिक फाँटमा नयाँ उपहार बोकि उदाउनको लागि जीवन दुःखमा पर्नुपर्छ भत्किनुपर्छ विगि्रनुपर्छ अनि बल्ल ऊ चिन्तनमा डुब्न बाध्य हुन्छ । त्यही चिन्तनबाट उब्जिन्छन् मिठास रसका थैला । जगदिश घिमिरेको 'अन्र्तमनको यात्रा' पनि तिनै रसका थैला हो जुन जीवन चिन्तनले नै जन्माएको हो । जीवन जब शोकमग्न हुन्छ तब मानिस सोच्न थाल्छ । त्यो पनि जीवनका विविध पाटा र पक्षमा विविध विषयवस्तुमाथि र त्यही सोचाइको क्रममा एउटा यस्तो उपज जन्मन्छ जसले एकपटक सबैको मन जित्छ । त्यही जन्म हो 'अन्र्तमनको यात्रा' । हुनतः सबैले प्राय दुःख झेलेकै हुन्छ । संसारको रसत्व जीवनको महत्त्व जसले बुझ्नेछ । ऊ नै स्रष्टा कवि महान् व्यक्ति विद्धान या कलाकार हुँदोरहेछ । जीवनमा कहिले हाँसोको बाहार आउँछ भने कहिले रोदन । यो जगदिश घिमिरेका लागि सत्यता साबित भयो । ढाड क्यान्सरका कारणले गर्दा उनको जीवनले पीडामा पनि गर्व र साहस बटुली साहित्य जगतमा एउटा नयाँ उचाइ थपिदिनु भएको छ । प्रायः हरेक मानिसको जीवनमा साहित्य हुन्छ । साहित्यप्रति मोह हुन्छ तर साहित्यका कृत्रि भने हरेकले लेख्न सक्दैनन् जसले लेख्छ उसको साहित्यमा जीवन्तता पाइन्छ त्यो जीवन्तता उनको दृढ अठोटले जन्माएको कृति 'अन्र्तमनको यात्रामा' पनि छ । उनको कृति 'अन्र्तमनको यात्रा'ले देश विदेश सबैतिर चर्चा कमाएको छ भने रामेछापलाई पनि चिनाएको छ । जसले रामेछापका हजारौँ युवा÷युवतीलाई एउटा नौलो आशा सँगै साहस दिएको छ । प्रगतिको चुली चुम्न सक्ने दृढ संकल्प दिएको छ र केही गर्नुपर्छ भन्ने कहिल्यै नमिटिने छाप पारेको छ । स्रष्टा घिमिरेको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै,

हिड्नुस सधैँ निडर बनी सदासदाका लागि
हिड्दा नै पाइन्छ अनेकता र विभिन्नता पनि
हिड्दा हिड्दै जीवन फुल्छ फल्छ र ओइलिन्छ
कसलाई पो जीवन यात्रा थाहा हुन्छ

अन्त्यमा स्रष्टा घिमिरे र उहाँको 'अन्र्तमनको यात्रा' कृतिलाई पनि साहित्यिक जाधौं ज्ञापन गर्दै उहाँ र उहाँको कृति प्रति यो सानो टुक्का समर्पण गर्न चाहन्छु । 

हिजोका दिन सम्झिँदा आज सपना झैँ भए
खुशिको क्षण खोज्दै ती चिन्तनमा डुबे
बाँच्दैछन् आज भोलि जीउँदै लास बनी
खोज्दैछन् जीवन अझैँ धेरै कष्ठ भोगिरहँदा पनि । 
आँसु झारी रुने होइन हाँस्न सिक्नुपर्छ
हाँसोको बाहार ल्याउन पिर बुझ्नु पर्छ
दःख के हो पीडा के हो बुझ्न कठिन पर्छ
जीवन बुझ्न 'अन्र्तमनको यात्रा' पढ्नुपर्छ ॥ 

Thursday, October 20, 2011

नजर उनको

हिउँको ह्रासले
बनेको चुचुरो जस्तै
तिखो अग्लो अधर उनको
लुकी लुकी हेरिदिने
लोभै लाग्दो नजर उनको

पानी झै सलबलाउने
परेलीका रेसा उनको
झिम्काउने रहर उनको
लुकी लुकी हेरिदिने
लोभै लाग्दो नजर उनको

कोकाकुले पानी माग्दै
रुदै धर्ती हेरे जस्तो
लजाइ लजाई खुम्चीएका
गुणरत्न मोति उनको
लुकी लुकी हेरिदिने
लोभै लाग्दो नजर उनको

गाजलुको कालो धब्बा
पोतिएको नयन उनको
पछि पछि लागिदिने
जिस्काइरहने शहर उनको
लुकी लुकी हेरिदिने
लोभै लाग्दो नजर उनको

वर्षायामको झरी झैं
एकसुरमा झरी रहने
झरी जस्तै सदाबहार
छिटपिट छिटपिट चल्ने अधर उनको
लुकी लुकी हेरिदिने
लोभै लाग्दो नजर उनको …

नेपल पर्यटन बर्ष २०११ को सफलतामा स्थानिय तहमा मेरो भूमिका "My role to make Nepal Tourism Year 2011 a sucess in my locality"


संसारमा नयाँ नयाँ ठाउँ घुम्ने मनोराजन गर्ने र प्रकृतिका छविसँग रम्न चाहने मानिस को नहोला कसलाई इच्छा नहोला नयाँ परिवेशमा रम्ने र घुम्ने त्यो अभिरुचि प्राय सबैमा हुन्छ । प्रवद्र्धन भई रहेको "नेपाल पर्यटन वर्ष २०११ को सफलता", "स्थानीय सरोवर" र "म" पात्र के एक अर्काका लागि परिपूरक छौँ के पर्यटन वर्षको सफलतासँग मेरो स्थानीय तहको सफलता गाँसिएको छ या स्थानीय तहको सफलतासँग पर्यटन वर्ष २०११ को सफलता गाँसिएको छ कि एक नागरिकको तर्फबाट पर्यटन वर्षको जिम्मेवारी र दायित्व मैले स्थानीय तहमा निर्वाह गर्नै पर्छ या नगरे पनि हुन्छ वास्तवमा यथार्थलाई एक पटक नियाल्ने हो भने मैले कहिल्यै पनि स्थानीय तहमा पर्यटक भित्र्याउने उपाय खोज्ने प्रयत्न गरिन । किन गरिन कसका लागि गरिन म आफैलाईं थाहा छैन तर आज यत्ति मैले बुझे कि मैले मेरै लागि मेरो समाजका लागि स्थानीय पर्यावरणका लागि त्यसको महत्त्व नबुझ्नाले र त्यसलाई नजिकबाट नचिन्नाले गर्न सकिने योगदान गर्न सकिन तर आज नेपाल पर्यटन वर्ष २०११ को सहायताले मैले केही कुरा बुझ्ने मौका पाएँ तसर्थ यो सुवर्ण अवसरको घडीमा मैले मेरो स्थानीय सरोवरमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नै पर्छ किनकि ती मूल्यहीन बनेका प्राकृतिक र सांस्कृतिक सम्पत्तिले स्थान र मौलिक पहिचान पाउन आवश्यक छ । यो समयमा मैले मेरो स्थानीय तहमा अत्यन्तै सानो भूमिका निर्वाह गर्दा नेपाल पर्यटन वर्ष २०११ को सफलताले स्वरुप लिन्छ भने मैले सक्दो सहयोग केही गर्नै पर्छ । भनिन्छ "अभावै अभावले घेरिएको समुन्द्रको बिचमा समृद्धिको टापु सिर्जना गर्न सकिन्छ" त्यसो हो भने मेरो सानो जिम्मेवारीले मेरो स्थानीय ठाउँको पहिचान प्रचार प्रसार र जानकारी हुन्छ भने मैले मेरो तर्फबाट प्रयत्न किन नगर्ने 

पर्यटन वर्ष २०११ र स्थानीय सरोवरको सफलताका लागि म मेरो स्थानीय समुदायमा पर्यटन पर्यावरणीयका आफ्नै महत्त्व मान्यता आधार र सुन्दरताको खोजी गर्छु । ती देखेका भेटिएका आधार महत्त्व मान्यता र सुन्दरताका अत्यन्तै महत्वपूर्ण पक्षहरु केलाउँछु जुन पर्यटक र पर्यटन उद्योगकसँग सम्बन्धित छन् । मलाई लाग्छ सुन्दरताले आवरण भएर पनि स्थानीय पर्यावरणको प्रचार र प्रसार नहुनाले स्थानीय तहका प्राकृतिक नदी नाला र झर्नाहरुले आफ्नो चिनारी दिन पाएका छैनन् । हरियालीले भरिएका दृश्यले भरिभराउभएको जीवजन्तु र चराचुरुङ्गीहरुले सुन्दरताको संसार निम्त्याउने मनोरम स्थल प्राकृतिका छटाले जडित र अनुपम प्राकृतिक जटाहरुले आवरण गरेको पर्यटकीय गन्तव्य स्थल हुँदाहुँदै पनि पहिचान विहीन बन्नु परेको स्थिति कति दुःखदायी छ । तसर्थ म यो पर्यटन वर्ष २०११ को सुनौलो अवसरको सदुपयोग नगरी छाड्दीन । यसको प्रचार प्रसार गर्दै स्थानीय संस्कृति संस्कार र सभ्यतालाई नयाँ पर्दामा उतार्छु त्यहाँको महत्त्व दसा्रउँछु त्यसका आफ्नै मान्यता मनोराजनात्मक पक्ष विषय र विशेषतालाई गाउँ टोल छिमेक र आम जनमानसमा चिनाउँछु बुझाउँछु र प्रस्ट्याउँछु ।

मरो स्थानीय एकाईमा बेरोजगार युवा दस्तालाई पर्यटनको महत्त्व र फाइदाहरुको जानकारी गराउँछु । युवाको एउटा यस्तो टोली बनाउँछु जुन टोलीको सहायताले म स्थानीय सरोवरमा रहेको प्रख्यात प्राचीन सम्पदा मठ मन्दिर र गुम्बाको अध्ययन अनुसन्धान गरी तिनका यथेष्ट जानकारी बटुली टिप्पणी गर्छु । तिनका बारेमा प्रचार गर्न सके हाम्रा ती सम्पदा हेर्न पर्यटक आउँछन् भनी गाउँलेहरुमा पर्यटकीय जनचेतना अभियान साचालन गर्छु । स्थानीय बुद्धिजीवी नागरिक अगुवाहरुलाई भेटी पर्यटन भित्र्याउनका लागि यिनको प्रसार गर्ने माध्यम खोज्छु । साथै यस्ता सम्पदाको इतिहास खोज्छु भौतिक अवस्था जीर्ण भए पुरानै शैलीमा निर्माण गर्नका लागि गाउँलेहरुसँग श्रमदान सहयोग मागी तिनको पुनः निर्माण गर्छु र तिनको प्रसारको लागि नेपाल पर्यटन वर्ष २०११ लाई मेरो स्थानीय आँगनीमा निम्त्याई स्वागत गर्छु । अर्थात् अवलोकनका लागि पर्यटकहरुलाई देश विदेशबाट बोलाउँछु ।

स्थानीय बासिन्दाहरुलाई विभिन्न परिकारहरु बनाउन लगाउँछु । आएका आगन्तुकहरुलाई ती परिकारको स्वाद चखाउँछु । यी यस्ता परिकार यहाँ पाक्छन् भनी प्रसार गर्छु । स्थानीय तहमा भएका ताल तलाउ पोखरीहरुको सङ्लो पानीको तरङ्गमा विद्यमान गाउँको सुन्दरता अवलोकन गराउँछु । मानव बसोबास स्थलका जानकारी हरियालीयुक्त वातावरण गुणस्तरयुक्त सफा ताजा वायु मिठो खाना आनन्ददायी र मनोहर दृश्यहरुको आनन्द उपलब्ध गराउँछु । स्थानीय तहमा रहेका प्राचीन वस्तुहरुको मौलिक विशेषता दसा्रउँछु । स्थानीय बासिन्दाले हस्त कौशलबाट बनाएका वस्तुहरुको प्रवद्र्धन गर्छु । स्थानीय कला र कौशलको मौलिक महत्त्व बुझाँउछु । पर्याप्त प्राकृतिक र मानवीय स्रोतका साथै पर्यटकहरुका लागि विशेष जातीय रीतिरिबाज र संस्कृतिको अनुरागको संगम भएको जानकारी गराउँछु । जातीय विशेष संस्कार र सङ्गीतको धुन बजाउँछु तिनका मिठो र रोमािाचत धुनमा मौलिक र अपनत्व झल्कने प्रदर्शनहरु गराउँछु । स्थानीय तहको विशेष सांस्कृतिक परम्परा तथा ताजा कलात्मक प्रदर्शनका लागि कार्यक्रम साचालन गर्छु । कार्यक्रममा स्थानीय बासिन्दाहरुको परम्परागत जीवन शैली झल्काउँछु । एउटा यस्तो दृश्य स्थल स्थानीय तहममा बनाउने प्रयत्न गर्छु जसले नेपाल पर्यटन वर्ष २०११ को सफलताका लागि मात्र सहयोग पुर् याउने होइन फेरि फेरि पनि विश्वको हरेक दर्शक आकर्षित हुन सकोस् । 

नेपालभरिको स्थानीय तहको सफलता नै सिङ्गो पर्यटन वर्षको सफलता हो । त्यसैले स्थानीय स्तरमा वातावरण सम्पदा विद्यमान संस्कृति रहनसहन र भेषभूषाको प्रवद्र्धन गर्दै तिनको महत्त्वको बारेमा जनचेतना गाउँलेहरुमा अभिवृद्धि गराउँछु जसले अझ थप उत्साह र उमङ्ग थपी दिनेछ । गाउँलेहरुको यसमा यथेष्ट सहयोग मिल्ने छ भन्ने आत्म विश्वास ममा छ । पर्यटन औद्योगिकीकरण कसरी गर्ने भन्ने सवालमा स्थानीय सरोकारवालाहरुसहित स्थानीय वासिन्दाहरुको सहभागितामा विभिन्न तहमा परामर्श कार्यक्रम गर्दछु । अझ भनौ पिछडिएको समुदायको सहभागिता गराउँदै पर्यटनलाई औद्योगिक रुपमा विकास गर्न्र समुदायलाई पर्यटकीय कि्रयाकलापमा सहभागी गराउन पर्यटकीय सेवा सम्पदालाई विस्तार गर्न अन्तर्राष्टिय पर्यटन स्रोत बजारमा प्रचार पुर् याउन स्थानीय तहमा उडानका लागि ठाउँ भए उडान सुरक्षा सुनिश्चित गर्न र हवाई सेवाको विस्तार गर्न यी यस्ता सम्पदा र प्रकृतिले जडित स्थानमा पर्यटन क्षेत्रका लागि लगानी गर्न अत्यावश्यक छ भन्ने सन्देश सबैतिर फिँजाउँछु ।

हाम्रो जीवनस्तर उकास्न र जीवन शैलीमा लाभ पुर् याउनको लागि पर्यटन उद्योगले ठूलो भूमिका खेल्ने कुरा अवगत गराउँदछु । त्यसैले स्थानीय तहमा पर्यटनका लागि हुन सक्ने सम्भावित कार्यक्रमहरु ःमाउन्टेन फ्लाइट प्याराग्लाइडिङ्ग र हटयस्ट बेलुनिङ्ग विस्तार गर्न स्थलमार्गका लागि माउन्टेनेरिङ बाइकिङ गल्फ हात्तीपोलो मोटर र् याली म्याराथुन घोडचढी लगायतका कार्यक्रम साचालन गर्न विभिन्न व्यवसायी संघ-संस्थासँग अपिल गर्दछु । स्थानीय तहमा जलक्रीडाको सम्भावना भए र् याफ्टिङ क्यानोनिङ बोटिङ फिसिङ म्यास्केटिङ जेट स्की जस्ता कार्यक्रम संचालन गर्न पहल गर्छु । यस्ता कार्यक्रममा गाउँलेहरुको सहयोग र सहभागितामा अभिवृद्धि गराउँछु र पर्यावरणीय पर्यटन ग्रामीण पर्यटन समुदाय पर्यटन कृषि पर्यटन सांस्कृतिक पर्यटन धार्मिक तथा शिक्षा स्वास्थ्य सम्बन्धी पर्यटनको विशेष अभिवृद्धिका लागि स्थानीय तहबाट सशक्त आवाज उठाउँछु ।

वास्तविक रुपमा मेरो ठाउँमा पर्यटक घुम्ने यथार्थ तथ्यहरु के छन् तिनको पहिचान गर्छु । त्यहाँको स्थानीय स्तरमा पर्यटक घुम्ने महत्त्वपूर्ण गन्तव्यहरुको प्रवद्र्धन गर्छु । देशका केही चिनिएका पर्यटकीय क्षेत्रको भरमा मात्र पर्यटन वर्ष सफल नहुने हुनाले स्थानीय सरोवरतिर पनि एक चिम्टी नजर लागाउँनु पर्ने सरोकारवालाहरुको जिम्मेवारी रहेको कुरा बताउँछु । गाउँ नै गाउँले भरिएको देश नेपालको पर्यटन अभियानबारे ग्रामीण इलाकामा बसोबास गर्ने जनतामा चेतना र उत्साह जगाउन सकेमा मात्र पर्यटन अभियानले सार्थकता र सफलता पाउनेमा म विश्वस्त छु । स्थानीय तहमा पनि सुरक्षित वातावरण सिर्जना गर्न सक्नु पर्छ । तसर्थ सुरक्षाका निम्ति मिलाई दिन जिल्ला प्रशासन कार्यालयमा अनुरोध गर्छु । पर्यटकीय महत्त्वका प्राकृतिक सम्पदा र सांस्कृतिक सम्पदालाई चिर कालसम्म जोगाई राख्न स्थानीय तवरमा जनतामा जन चेतना अभिवृद्धि गराउँछु । सकिन्छ त यस्ता जन चेतनाका साधन र प्रचार सामग्री पर्यटन वर्ष २०११ को प्रवद्र्धन कार्यालयबाट पनि मगाउँछु । पम्प्लेटको सहायतामा स्थानीय तहमा पर्यटन वर्षको प्रचार प्रसार गर्दै अभियान साचालन गर्छु । पर्यटक आगमनलाई सहज बनाउन विशेष योजना बनाउँछु । मेरो स्थानीय सरोवरको व्यापक प्रचारका लागि स्थानीय युवा समूहको टोली खटाउँछु । यसका सकारात्मक पक्षहरुको प्रचार प्रसारमा तीव्रता ल्याउँछु । पर्यटकीय सम्भावना बोकेका ती सम्पदा र संस्कृतिको पहिचान र अवलोकनका निम्ति स्थानीय समुदायसँग अन्र्तकि्रया कार्यक्रम गर्छु । स्थानीय सरोवरका विभिन्न स्थलको स्थलगत भ्रमण गराई पर्यटन व्यवसायी स्थानीय समाजसेवी र बासिन्दाहरुलाई तिनको महत्त्वहरुको अध्ययन गराउँछु । पर्यटकलाई सुविधाका लागि विभिन्न स-साना पूर्वाधारहरुको सहज उपलब्धताका निम्ति सम्भव सबै जुक्ति गर्छु । पर्यटन वर्ष सफलताका लागि स्थानीय सरोवरमा मेरो सानो भूमिका फलदायी बनोस् र सबैमा नौलो उत्साह छर्दै राष्ट्रको अनुहारमा उज्यालो छर्न केही योगदान गरोस् ! यही मेरो हृदयको भित्री मनसाय र अपेक्षा छ ।

जय पर्यटन वर्ष ! जय नेपाल !

Wednesday, October 19, 2011

रस्ट्रियता (कबिता)



चन्द्र सूर्य झैँ
कहिल्यै नझुक्ने हौं हामी नेपाली
यो राष्ट्र राष्ट्रियताका लािग
शान्तिका संवाहक हौं हामी नेपाली

हिमाल झैं
कहिल्यै नडट्ने अटल हौं हामी नेपाली
यो राष्ट्र राष्ट्रियताका लागि 
विश्वकै वीर हौं हामी नेपाली

वहुँ जाती भाषा संस्कृति सम्पदाको
धनी हौं हामी नेपाली
यो राष्ट्र राष्ट्रियताको लागि 
सदा लड्ने जीउँदो अमर हौं हामी नेपाली

झरी वर्षा घाम नभनी
प्रकृतिका छटामा धस्सिइने हौं हामी नेपाली
यो राष्ट्र राष्ट्रियताको लािग
अमृत पुाज पसिना बगाउँने हौं हामी नेपाली 

माया ममता स्नेहको
गाथा बुन्ने हौं हामी नेपाली
यो राष्ट्र राष्ट्रियताको लािग
बुद्धको शान्ती जनकको ज्ञान फैलाउने हौं हामी नेपाली 

रिस राग द्धेषको रेसमा
एकताको माला बुन्ने हौं हामी नेपाली
यो राष्ट्र राष्ट्रियताको लागि 
सिङ्गो संसार रच्ने हौं हामी नेपाली

चल्ने ओठभन्दा पिन
गर्ने हात लम्काउने हौं हामी नेपाली
यो राष्ट्र राष्ट्रियताको लागि 
काचन जलका छाल हौं हामी नेपाली 

बग्लान् आँसु सुक्ला घाँटी उजाड होलान् शरीर
तर विजयपथमा अघि बढ्ने हौं हामी नेपाली
यो राष्ट्र राष्ट्रियताका लागि 
खुकुरीको धार हौं हामी नेपाली 

स्वतन्त्रताको विगुल फुक्ने
गंगन चुम्बि महल हौं हामी नेपाली 
यो राष्ट्र राष्ट्रियताको लािग
कर्मठ योद्धा हौं हामी नेपाली 

अजम्बरी कला साहित्य सिर्जनाको 
मुल हौं हामी नेपाली 
यो राष्ट्र राष्ट्रियताको लागि 
धर्मभीरु हौं हामी नेपाली 

राष्ट्र प्रेमको भावना बोकी 
मन वचन कर्मले अघिबढ्ने हौ हामी नेपाली 
यो राष्ट्र राष्ट्रियताको लािग
मृत्यु माथि पनि विजय खोज्ने हौं हामी नेपाली 

भ्रम (लघुकथा)

भित्र कोठामा भाउजु र छोरा साजन छन् । बेलुकीको समय भएकाले वातावरण गोधुली प्रकाश सँगै कालरात्रीमा परिवर्तन हुँदैछ । भित्र कोठा अन्धकार छ । भाउजु खाना पकाउने तयारीमा हुनुहुन्छ तर बत्ति भने छैन त्यसैले उहाँ बत्तिको प्रतिक्षामा हुनुहुन्छ । छोरो साजन पनि बत्तिकै प्रतिक्षामा छ । गुरुमा र गुरुहरुले थुप्रै होमवर्क दिएकाले उ निराश मुद्रामा कम्प्युटरको किबोर्डमा हात फाट्टफुट्ट बजाउँदै नयाँ नेपालको आधुनिक परिचय झल्काउँदै छ । भाउजु छामछामछुमछुम गर्दै आक्रोशित मुद्रामा कमसे कम बेलुकी त बिजुली दिनु खै के भन्नु हत्तेरीका ! यत्तिकैमा एक्कासी आयो ! आयो ! आयो ! भन्ने कोहि चिच्याएको आवाज भित्र सुनिन्छ । भाउजु खुशी हुँदै पक्कै पनि बत्ति आयो क्यारे ! भन्दै हतारिदै स्वीच अन गर्नपुग्नु हुन्छ तर बत्ति भने बल्दैन । बरु पुन बाहिरी आवाज गुिाजन थाल्छ मम्मी मम्मी पिसाब आयो ! पिसाब ! आयो चाडो न शुरुवाल खोलिदिनु न कुनै बालकको स्वर बाहिरी वातावरणको छिप्पोदो रात सँगै गुाजयमान हुँदै हराउँछ । 

अब मिलेर के गर्ने (कबिता)

यहि मलिलो माटोमा जन्मिएर 
नेपाली "दरिद्रता"लाई 
आन्तरिक "व्यग्रता" बनाउँनेहरुलाई
"इतिहास" र "शहरबासि"हरुले के भन्ने 
नेपाली जीवनका "समृद्धि"लाई
अनुभूतिको "विपुलता" बनाउँनेहरुलाई 
"व्यपारि" र "अफिसर"हरुले के भन्ने 
यिनका काँचो मुटु माथिका पत्थरहरुमा 
नेपालीहरुको आँसु र रगत वगीरहँदा 
यिनकै मनले के भन्ने 
"स्वछन्दता" माथि टेकेर
"पवित्रता"मा "अनुदारवादी" बन्नेहरुलाई
यहि "धर्तीमाता"ले के भन्ने 
गछौँ भन्दै "पुरानै श्रेयस्कर" अगाल्नेहरुलाई 
नेपालीहरुले के भन्ने 
साँचो डक्दैन झुटो टिक्दैन भने झै अब
जीवित विचारहरुलाई सोचेर लेख्न नसक्नेहरुलाई
"विद्धान" र "कलाकार" हरुले के भन्ने 
पद सम्मान र कूच्र्चिका उच्च कोटिका उपजहरुलाई 
यी गरीब निमुखा र श्रमिकहरुले के भन्ने 
सारा नेपालीको अभिलासालाई नाङ्गो बनाउँनेहरुलाई
अन्तिम घडीमा भन दाजुभाईहरु
"अब मिलेर के गर्ने"