Tuesday, July 30, 2013

'कम्रेड' अनौठा !

उबेला;
बलेसी भिज्थ्यो
गोलिले प्वाल परेका आकाशबाट
चुहन्थे रगतका आँशुहरू
र, हिड्थे कम्रेडसँगै
परेट खेल्न चुल्ठेपानीको भिरतिर

ऐल्य;
बलेसी भिज्छ
वाणिले प्वाल परेका आकाशबाट
वर्षन्छन् सपनाका पसिनाहरू
र, हिडछन् कम्रेडसँगै
परेट खेल्न शहरका महलतिर

'कम्रेड' अनौठा !

सन्तोष पौडेल - सन्तु 

No comments:

Post a Comment