Thursday, June 27, 2013

सम्बन्ध स्वतन्त्रता: प्राकृतिक र मानवीय

हावा -
मेरो मन्द स्पर्शको शीतलता ओढ्ने धेरै छन् यहाँ । मान्छे पसिना सुकाउन रोक्किन्छ । जब मन्द झोक्काले शरिरबाट गर्मिलो वाफ भगाउछ । ती ओस्सिएर कता भाग्छन् पत्तै हुन्न ।
जब मेरा स्पर्शले बादल लजाइ टाढा भाग्छ । तब शरीरमा प्रेमका एक भुल्का काउकुति उठ्छ । अनि खुशिले आकाश चुम्न उक्लिन्छु बादललाइ अंगालेर । कैले पहाड छोप्दै गरेका बादलसँग यतै कतै लुकामारि खेल्छु । टाकुरा-भज्याङ । गाउँ-शहर । स-साना बस्ती । भिरपहरा । जंगल । जताततै डुलाउछु । डुल्छु । हरक्षण डेटिङमै रमेको हुन्छु बादलसँग ।
तर, अफसोच् !
बिचरी बादल । के नै गर्न सक्छे र ? सिंगो जीवनको सम्बन्ध मेरै अस्तित्वमा कठ्याङ्ग्रिएको छ । चेप्टिएको छ ।
म त दिनहुँ स्वतन्त्रतापूर्वक झोक्का बटुलि हुर्रे ! भन्दै फैलिन्छु जताततै । कुद्छु-
- छुन मान्छेका पोटिला छाला ।
- हरियो टाकुरा ।
- कोलाहल बस्ती ।
- बग्दै गरेका नदी
तर एक्कासि ऊ आफै अंगालिन आइपुग्छे मसँग । सम्बन्ध न चुढाउन सक्छे । न फुकाउन । लुकाउन पनि सक्दिन ।
अनि मलाइ लाग्छ - 'बादल र नारी उस्तै हुन् ।'     

बादल -
अवाक् भइसके । हावाको एकलौटि रखेल भइ कति आकाशमा फैलिनु ? उसको इशारामा कत्ति नाँच्नु ? उसकै अस्तित्वमा कतिदिन बाँच्नु ? कति कुद्नु ? कति उड्नु ? कति अंगालिनु ? कति चुम्मिनु ?
स्वतन्त्र हुनु छ मलाइ । हावासँग सिंगो जीवन सँधैभरि लपेटिएर रित्याउन कहाँ सकुला र ? अह ! सक्दिन । तल धर्तितिर देख्छु । कति स्वतन्त्र छन् मान्छे । र अचेल नारी पनि । स्वतन्त्र बन्दै छ मानवीय सम्बन्ध, बिच्छेद र मेलमिलाप । मलाइ पनि सम्बन्ध, विच्छेद र मेलमिलापको स्वतन्त्रता चाहिएको छ ।
- म पनि डिभोर्स दिन चाहान्छु हावालाई ।
- तर....!  
- म सँग बैधानिकता छैन
अनि लाग्छ - 'प्रकृति र पुरूष एकै हुन् ।' न्याय गर्दैनन् कहिले । बढी अन्याय नै गर्छन् । प्रत्येक पाइलामा;
प्रकृतिले - प्राकृतिक बैधानिकता बनाउँछ ।
पुरूषले - सामाजिक बैधानिकता बनाउँछन् ।
अनि पैला आफु स्वतन्त्र भइ उड्ने पखेटा उमार्छन् । प्राकृतिक नायक हावाले बादललाइ अगाल्दै हिडे झैँ समाजको नायक पुरूष नारीलाइ चिथोर्दै हिड्छ ।
- सानो मुटु छ यीनका ।
- मन भने ठुलै छ तर नैतिकताको कटेरो छैन् ।
- वास्तवमै सम्बन्ध अमर र अटल हुन त छातिभित्र स्वच्छ नैतिकताको सानो कटेरो कतै हुनुपर्यो नी ।
र त लाग्न थालेको छ अचेल;
- प्रकृतिका कैयौँ अवयवहरूलाइ स्वतन्त्रता पाउने बैधानीकता छैन् ।
- र मान्छेमा स्वतन्त्र बन्ने बैधानिकता हुँदाहुँदै नैतिकता छैन् । 
सम्बन्धलाइ बुझ्न त प्राकृतिक वा मानवीय तवरमा;
- सम्बन्ध दुवैको भावनाले बाँधिएको हुनुपर्यो नी,
- दुवैको इच्छाले कसिएको हुनुपर्यो,
- एकअर्कामा स्पष्ट र पारदर्शिताको गाठो पारिएको हुनुपर्यो ।
तर भुल्नै नहुने यथार्थ चै के हो भने;
- हावाको झोक्कामा उचालिने बादल;
- पुरूषको भ्रामक प्रेममा लटपटिने नारी;
- "प्राकृतिक वा मानवीय -भ्रामक हुन्छ सम्बन्ध ।"
@ सन्तोष पौडेल - सन्तु  

Tuesday, June 25, 2013

फटाफट

दिन-१
छिपछिपे अँध्यारोमा बन्दिपुरले मन रत्याउन सकेन । समय ७ मा कुद्दै हुनुपर्छ  पोखरा हुइकिने सरसल्लाह नतुरिदै साथिले बाइक हुइकाइहाल्यो 

दिन-२
सुर्योदय हेर्न सारंकोट पुग्दा सुर्यले मस्तसँग पहाडको टुप्पो चुम्दै थियो । फर्किदा फतक्कै गलेको शरीरले बिहानीपख फेवा तालमा डुंगा सवारिबाट तग्रिने मौका पायो 
वृन्दावासिनी मन्दिरको दर्शन पाउदा सुर्य एक जुवामाथि उक्लियो  तत्पश्चात लगातार ४ घण्टाको गर्मिलो यात्रा तुरिदा सुर्य पहाड पछाडी लुक्नै लाग्यो र हामी पनि गोर्खा आइपुग्यौँ 

दिन-३
तल्लो र माथिल्लो गोरखा दरबार घुमिभ्याइसक्दा बिहानी समय सकियो । मध्यान्नको रापिलो तापमा दुइ गाँस टिपि अन्तत: ६ घण्टाको यात्रापछि थानकोट उक्लियौँ ।

निष्कर्ष
पहिले चरा भएर संसार हेर्न मन लाग्थ्यो । अब बाइकमा हुइकिएर विभिन्न स्थानको प्राकृतिक मनोरम दृश्य हेर्न मन  । उड्नु र हुइकिनुमा फरक छैन ऐल्य 

, यात्र टुंगियो....!

Saturday, June 22, 2013

वर्षैपिच्छे पल्केको काल

समय ६:१५ मा चल्दै थियो । घाम महाभारत डाँडा पछाडि नदेखिनेगरि लड्यो । बादलहरू डरले सुलिथुम्का नाघ्दै गौरिशंकरतिर उक्लिए । शायद, हिमालमुनि लुक्न होला ? आकाशबाट एकहुल अँध्यारो जमिनतिर झरे । विस्तारै फैलियो । छिनमै वातावरण छिपछिपे अँध्यारोमा ढाकियो ।  
...
वर्षौदेखि, यहि महिना । जब एसएलसिको नतिजा प्रकाशति हुन्थ्यो । काल पल्किन्थ्यो रे ! आज फेरि काल पल्क्यो । गाउँमा शरू मरि ।

'सुलिथुम्का' काखमा रहेको गाउ - चनौटे । ठुलो बस्ती छैन । सानो छ तर लस्करै बनाइएका घर डोरिजस्तै देखिन्छ । जमिन सुख्खा छ । पानि लाग्दैन । खोलो भए पो । खहरे खोल्छो त छ तर कमिला कुद्छ । पानी बग्दैन । बिजुलि छैन तर बाटो पुगेको छ । सबैका छानामा सोलार छन् तर टि.भि. छैनन् । गन्नेमान्नेका घरमा मात्र छ । प्रा.वि.सम्म पढाइ हुने स्कुल छ । मा.वि. छैन । २ घुण्टा सुलिथुम्का छिचलेपछि उच्च मावि पुगिन्छ । शरूले त्यहि स्कुलबाट यसपालि एसएलसि दे'कि थिइ । तलतिर सुनकोशि जंगिदै बगेको छ तर खेति आकाशेपानिको भरमा गर्नुपर्छ । समग्रमा यहि थियो शरुको गाउ ।

यसपालि एसएलसि दिने केटाकेटी छ सात जना थिए । जसमध्ये कार्किबारे काकि कि छोरि कालि पनि थिइ ।  
कालि अर्थात् शरू के.सी. । उमेर १५ वर्ष । गाउभरि सप्पैले मायाले कालि भन्थे । कसैले कालिका पनि भन्थे । बोलाउने नाम मात्र कालि थियो । मान्छे त गोरि थिइ । उधुमै राम्री । हँसिलि । उत्तिकै असल पनि ।

घरमा आमा र शरू मात्र थिए । बा हिउदमा विते । एउटा दाइ छ । शहरमा पढ्दै छ ।

सरले सधै भन्ने गर्थे रे - 'नियमित टिउसन र राम्ररि पढ्न पा'कि भए यसले स्कुलको नाक राख्थि । तर के गर्नु ? यसैले परीक्षाको मुखमा आएर पढ्न पाइन । बाउ विते । आमा एक्लि भइ । आमालाइ नसघाए घर विचल्लि हुने भयो ।

बा वितेको केहि दिनपछि शरूले स्कुल जान छाडि तर पढ्न होइन । घरका काम भ्याएर फुर्सद मिल्नासाथ शरू पढ्न बस्थि । वर्ष भरिनै न टिउसन लिइ । न स्कुल गइ । शरूले घरमै अभ्यास गरि यसवर्षको एस.एल.सि परीक्षा दिइ ।

मंगलबार । दिउँसो ३ बजे ।
रिजल्ट प्रकाशति भएको हल्लाखल्ला गाउभरि फैलियो । शरुका कानमा विनोदले पार्दियो । उ सल्लेनिबाट बाख्रा चराएर घर फर्किदै थिइ । सुनेर एकछिन आत्तिइ । पास हुन्छु कि हुन्न ? शरिर डरले काप्यो । जीउभरि काँडा भरर उम्रिए । एक मनले फेल भएको र'छु भने । अह् ! अह् ! हनैसक्दैन । पास त हुन्छु । हुनैपर्छ । फेरि अर्को मनले पास भएको सम्झिइ । अनुहार उज्याल्लियो । खुशिले गाउभरि हल्ला गर्दै दौडिइ । सपना बाँडी ।

शरु तेरा बाख्राले मकै खाए । कसैले नाम काडेर बोलाएको सुनि । उ झल्यास भइ । छिटछिटो बाख्रा बारिबाट उकालेर खोरमा हुलि । एक छिन आगनमै उभिइ । पसिना सुकेपछि एक अम्खोरा पानि पिइ । दलिन छेवमै अडेस लागि । गोजिबाट मोबाइल झिकि र लामो सुस्केरा तान्दै १६०० मा डाइल गरी । फोन लागेन ।
....
फोन किन लाग्थ्यो र ? टावर कहिलेकाही मात्र टिप्थ्यो । ऊ हतारिद बेलडाडा हानिइ । टावर प्रष्टै टिप्थ्यो त्यहाँ । पुग्नासाथ १६०० मा डाइल गरी । फोन लाग्यो । सिम्बोल नं. थिचि । लिष्टमा नाम छैन । मोबाइल बोल्यो । एक्कासि छाति फुटे झैँ भयो । थचक्क चौतारामा बसि । मोबाइलले अब संसारमा जिउने लिष्टमै नाम छैन जसरी करायो । बाँच्ने ठाउँ नै छैन झैँ झर्कियो । ऊ रन्थनिइ ।

झिनो आशा र बढ्दो धुकधुकिलाइ मेटाउन त्यतिनै बेला दाइलाइ आत्तिदै फोन लगाइ ।

उताबाट दाइले फोन उठाउदै बोल्यो । नेटमा हेरे । तीन विषय लागेछ । तिनवटा विषयमा स्टार । चान्स परीक्षा पनि दिन पाइनस् । तिनटाँ फेल । हैन् ! क्यारी पढेथिस् ? दाइको बोलि सुन्नासाथ शरीर फतक्कै भए । आफ्नै दाइले  गालि गरे झैँ लाग्यो । सरापे झैँ भयो । छिनमै शरिर मरेतुल्य भए । थाहै नपाइ आशुका नुनिला ढिक्का बरररर खसे । हुर्रिएर घर पुगि । बाल्कोनि चढि । कोठा भित्र पसेर ड्याम्म ढोका लगाइ ।
.....
आमा घाँस काट्न सिरबोटे पाखामा दिउसो गा'थिन् । यतिबेलासम्म आइपुगेकि थिइनन् । आउने बेला त भइसकेको थियो । नभन्दै, तल माचबाट भैसि करायो । आगनका बाख्रा पनि कराए । आमा आइपुगिन् ।

'यत्तिका साँझ छिप्पिसक्यो । बत्ति नबालि के बसेकि होलि ? बाख्रापनि सारेकि छैन् ? - आमा घाँसाको भारि बिसाउँदै कराइन ।

हैन् ? कता मुन्टी । टि.भिले नी गर्नुगर्यो । काइलिका टि.भि. राखेदेखि घरमा बास छैन् । छिनछिनमा हुर्रिनुपर्छ । रिजल्ट आयो भन्थे । के भइ कुन्नि ? राम्ररी पढ्न पा'कि भए त पास हुन्थि होलि । घरमा सघाउने कोहि भएनन् त्यसबेला । भा'का एउटालाइ पनि दैवले चाँडै लगे । राम्ररी पढ्न पनि पाइन । काम गर्दै दिन बिते । खै ! पास भइ होलि र । आमाले थोरै शंका पोखिन् ।

घाँसको भारि थन्काएर । घर भित्र छिरिन् । टुकि बालेर वस्तु धन्दा गर्न गोठतिर लागिन । घर सुनसान भयो । आगनबाट बाख्रा फेरि कराए । छिटछिटो काम सकाएर घरभित्र छिरिन् तर शरूको भने अझै अत्तोपत्तो थिएन ।

आँगनको डिलमा उभ्भिएर कराइन् । सरू, ए....सरु । सरू । हैन् ! घरमा कोहि छैनन् भन्ने थाहा पाउँदा पाउँदै यो केटी कहाँ मुन्टेकि होलि ? कस्ति छोरी जन्माइछु । साझपख घर छाडेर के जान सकेकी होलि ?

पल्लो घरको जस्केलोबाट साइलि बोलि - काकी, शरू आ'कि छैन् है यहाँ । हिजो अस्ति त सँधै आउथी । खै ! कता गइ कुन्नी आज । दिउँसोबाटै देखा परेकि छैन् ।

त्यति नै बेला कान्छो दगुर्दै काकिको छेवमा आयो ।
लरबराउँदै बोल्यो ‍- काकि, यसपालि माथि स्कुलका जम्मा तीन जना पास भए रे ! शरू दिदिपनि फेल भइ रे ! परीक्षा दिन नपाउने गरी । 

कान्छोले बोलिनसक्दै काकिको मनमा चिस्यो पस्यो । काकि अताल्लिदै माथि कोठा भित्र छिरिन् । छोरि दलिनमा झुण्डेकि थिइ । झुण्डिएकि छोरि देखेर काकि खंङ्ग्रङ भइन ।  आँखाभरि आँशु टिलपिल भए । मुटु गाठो परे । शरिर कठ्याङ्ग्रिए ।

आज फेरि एकपटक चनौटेमा काल आएथ्यो या रिजल्ट । गाउलेलाइ पत्तै भएन । गाउबाटै जुन जस्ती छोरीलाइ टपक्कै टिप्यो । न कालले । न रिजल्टले । शिक्षाले छोराछोरिको भविष्य उज्वल बनाउछ भन्थे । त्यहि सपना देखेर काकिले पनि सकिनसकि पढाएकि थिइन गाउँकै स्कुलमा...। तर काल पो पल्काइछिन । फुल जस्ती छोरी सदाको लागि चुढेर लग्यो त्यस्ले । खै के ले हो कुन्नि ? तर कलिलै उमेरमा । काकीका आखाँबाट बर्ररर पिडाका ढिक्का खसे ।

(काल्पनिक कथा)
- सन्तोष पौडेल

Wednesday, June 19, 2013

फेसबुक स्टेटस

- खुशिका छाल 
- अचानक हराए आज 

- थकित चेहेराबाट

~ सन्तु

~ अचेल नयाँ अनुहारसँगको रोमाञ्चित गफगाफ खोला भइ उर्लिन्छ । घण्टौ बग्छ । अनि अनलाइन अफसँगै छिनमै सारा खुशी अटेका शब्दहरु ठप्प हुन्छ । झरि रोक्किएपछि खहरे छ्याप्प सुके जस्तै । अनि भोलिको विग्र प्रतिक्षा हुनथालेको छ । विछट्टै रमाइलो । भित्रि मनले सेकेण्ड सेकेण्ड जुकरबर्गलाइ धन्यवाद टक्र्याउँन थालेको छ । अन्तत: उनीसँगको भेट त फेसबुकले नै गराइदियो नी....!! - सन्तु

~ अनुभुति: पैले - 'जीन्दगी चुलोको धुँवाबाट शुरू भइ तुवालोसँगै पहाड उक्लन्थे । कुवामा डुब्थे । कान्ला छिचल्थे । ऐल्य - जीन्दगी चुरोटको धुवासँग आकाश उक्लिछ । बोतलमा शरिर डुब्छ । एक छिमल गफ चल्छ । शहराँ छोराको लास्टै प्रगती भइरा'छ...!!! - सन्तु

~ बाउ-छोरामा अन्तर: छोरो- बाउले लगानी गरिदिए धेरै कमाउँथे । बाउ - केटोले गरिखाला, नखाला । गरि खाएन भने त भ'को सबै जायजेथा पनि डुबाउँछ । - सन्तु

~ मान्छेमा फरक: एउटा - सरल, निश्छल, इमान्दार र प्राकृतिक हुन्छ । अर्को - कृत्रिम, टाठो, व्यक्तिवादी स्वार्थ, अहम-घमण्डका डंगुरले पुरिएको हन्छ । - सन्तु

~ प्रकृति र मान्छेमा फरक: आकाश मुस्कुराउँदै खुशिले थोपा खसाल्छ । झरि पर्छ । पृथ्वी ओस्सिन्छ । मान्छे रूदै दु:खका थोपा खसाल्छ । आँशु झर्छ । उसका रहर ओस्सिन्छ । - सन्तु

~ ..., एउटीले ईनबक्समा लेखि -प्राय: शान्त भइ चित्त बुझाउन नसक्ने टन्नै रुन्छन तर म नरुने केटी परी । आट्टि रैछौँ -गफ लडाइदिए । हृदयतिर बास पाए म त टन्नै रुइदिन्छु । जवाफ फर्काएको मात्र के थिए । खै के बुझि, म्यासेज त के, अनलाइन नै आउन छोडि । फेसबुक प्रेम ।   

~ सुख्खा दिन । रापिलो घाम । गर्मि छल्न स्विमिङ्गपुल धाएर के गर्नु ? भित्रि मनका उद्बेलित र गर्मित झंकार चिस्याउन फेसबुक थैलीमा केही घण्टा डुब्नै पर्छ । - सन्तोष

~ रित्तो ट्याम्पुमा एक्लै थिए । ट्याम्पु छिनसम्म कुर्यो । हिड्नै लाग्दा दुइटी चढेँ । वातावरण अलिक रोमान्टिक बन्यो । किताव निकालि एउटी पढ्न थालि । अर्कीले फ्याट्ट सोधि - किताब कस्तो रै'। हतपत्त कत्ति न पढि सिध्याएझै जवाफ फर्काइ –‘खासै केही छैन। त्यस्तो नौले केहि पाइन । डाइलगले नराम्रोसँग कान च्वास्स घोच्यो । अनि मनमनै गमे । केही नभएको किताव किन किनेको होला ? ट्याम्पु प्रेम - कथा लेख्दै छु । - सन्तु

~ संघर्षमा जीन्दगी फुटे । दिन फुटे । रात फुटे । एक-एक पल फुटे तर जीवन कसैगरी कैले फुटेर फुलेन । - सन्तु

~ टेम्पुमा एउटीले पुर्लुक्क हेरी । र, हेरीरहि चिने झैँ निकैबेर । उसको हेराइ फितलो पार्ने मनसायले उतिरै मुन्टो फर्काए । झ्याप्प आँखा जुँधे । मुन्टो र हृदय एकैचोटि लाजले भूइतिर खस्यो । कुन्नि के भयो ? फिस्स मुस्कुराइ । ऐल्य ! सम्झेर झन बढी काउकुती लाग्यो । 'टेम्पु प्रेम'- सन्तु

~ अचेल सुन्दै छु । संसार मर्ने हल्लाखल्ला छ । अपितु, 'म मरे पनि ! 'संसार' मरे पनि !' मेरो देश बाँचिरहोस् !!!! - सन्तु'दा

~ अचेल धुम्मिएर मौसम अमन गर्छ । मन्द, हुरि चल्छ । जीनव चिसिन्छ । तताउँदै समय वितेको पत्तो हुन्न ? - सन्तु

~ खैर, 'सुत्नेको जीवन सधैँ सुत्नेछ, उठ्नेको जाँग्नेछ' टुक्का दिनै अघि कतै पढेथे र हिजो मध्यरातसम्म पढेरै जागा बसे । लाग्यो, यसरी निरन्तरता पाए 'जीन्दगी' जाग्नेछ तर खै ! कसरी जाग्ला ? मध्यदिनमै जीन्दगी निद्राको सागरमा 'डुब्न' पो थाल्यो ।..अनि सोंचे, व्यवहारिक 'जीवनलाई' 'कागजी जीवन' का शब्दहरुले के ब्युताउँन सक्थ्यो? आखिरी, अर्थ उस्तै भएतापनि 'रातमा सुत्ने 'जीन्दगी' र दिनमा उठेका 'जीन्दगी' फरक 'जीन्दगी' हुन् । 'उठे' अवश्य सुत्नेछन्, 'नसुते' झन् 'सुत्नेछन्' 'सुते' नयाँ दिन, विचार र सोंच लिएर 'उठ्नेछन्' । - सन्तोष

~ मकैको ढोडबाट कागजी नोट बन्छ । खैर, 'घोगा-दाना' किसानले खान्छ, 'ढोड' 'भैँसि'ले, बाँकी 'ढोड' बाट बनाइएका नोट 'भ्रष्ट्रचारी' ले !! भनेपछि जत्ति नै ठुला कुरा गरेपनि अन्तत्वगोत्वा 'पालक' त किसान नै रै'छ नी ! यसर्थ घनचक्करमा, 'ठुलो मान्छे होइन, असल मान्छे बन्न सिक' - किसान जस्तै !!!

~ बा'ले भन्थे ! पराइका (तँ/तेरो) लागि शहर बन्द भए घर फिर्नु ! तेरो लागि यहाँ जहितही खुल्ला छ तर खुल्ला छ भन्दै गन्तव्यविहीन तरिकाले डुल्दा, डकुलण्टे बकुल्ला हुनसक्छस् ! साच्चै, तिम्रा कुरा ठिकै रै'छ बा ! गन्तव्य र प्राप्ति न तीन्लाइ थाहा छ न मलाइ ? 'बन्द' - मेरो लागि, म जस्ताका लागि कलेज (भविष्य), श्रमजिवीलाइ दुइ छाँक पेट (खानपिन), व्यापारीलाइ समय/लगानी (नाफा)...!! खैर, बा ! म डकुलण्टे बकुल्ला होइन् बरु यो बढ्दो बन्दमा बाँच्न सकुँला !! - सन्तोष

~ आजभोलि Facebook मा Updated लिखित Status बाट कस्तो मान्छे हो भनेर चिनिन्छ रे ! - सामिप्यतामा रहेको वौद्धिक प्रिय मित्रले सुनायो । लौँ साथि, जीवनको गोरेटोमा कस्ले के लेख्छ? कस्लाई के मन पर्छ? या भनम् के गर्छ भन्ने विषय त उस्को स्वतन्त्रताको कुरा हो नि ! खैर, तर बुझ्नै पर्ने कुरो र चुरो चै के छ भने नी साथि, कुनै पनि सामाजिक, सांगठनिक या भनौँ व्यक्तिगत मानहानी, लाञ्छना, आक्षेप या कसैलाई सामाजिक प्रतिष्ठामा आँच आउने प्रपञ्च जो कोहि प्रियमित्रहरुले नगरेको खण्डमा जे सुकै छापेता पनि मान्छे कस्तो भन्दा पनि सब्बै सब्बैका लागि राम्रा हुन् है जस्तो मालाई लाग्छ !! तर खै कुन्नी, तपाई (हजुर) लाई चै के लाग्ला ????

~ खैर, हाँस्न र नाँच्न नजान्नेले सिंगो जिवनकालमा कहिल्यै खुलेर बाँच्न जान्दैनन् भन्छन् !! यहाँ आफू भने परिधि भित्र रुमल्लिएको रिंगटे जीवन जिउन बाध्य छु । लामो समयपश्चात बाउले गाउँबाट फोन गर्याथे, हत्तपत्त खुशिले फोन उठाए तर न हाँस्न सके न नाँच्न ! शहरको बसाई "एक बोरा मलका लागी" या "संघर्षरत पढाइको फलका लागी", बाउ तिमीप्रति मेरो सानो अपिल कृपया तिमी जस्तो बुझक्कड कृषकले खाद्यसंस्थानमा लाईन बसी मल पठाएस भन्न सुहाँउदैन !!! 
उही तिम्रो प्रिय छोरा
-सन्तु (स्तम्भ: गफै त हो नी !!!)
~ अनुभुति; प्रत्येकमा 'क्षत-विक्षत' 'शुन्यशीलता' संगै 'दण्डहिन'तामा सिङ्गो देश संकुच्याउने नाटकभित्र यहाँ रुने हज्जारौँ 'निर्दोष' 'बन्दी' पात्र छन् । - सन्तु

~ परीक्षा नजिकिदै गर्दा चिसोले 'चेत' ओस्सिएर पढाइप्रतिको "जोश र होस" अचेल धुम्म छ । - सन्तु

~ "वतास मुस्कुराउँदै दिनहुँ चिसो हुस्सु लेराउँछ । तताउँन, शीत टल्काउँदै सुर्य प्रकाश लेराउँछ ।" प्रकृति त आफैमा यति चेत राख्छ कि उ प्रत्येकमा न्याय गर्छ । तर चेतनशील भनौदा मुन्छे संक्रिर्ण 'मन मष्तिष्क'बाट न सत्य विचार टुसाउँन चाहन्छ न न्याय पलाउन; अजब देश छ, गजब कहानी; - सन्तु

~ वुद्दिपलाम्न आप्पुलाइ दुख्नुपर्छ । नदुखि पलाको पुंगो वुद्दिमा देश छ । कहाँ ? कसलाइ ? किन ? दुख्छ;दुखपर्छ, तीनमा अत्तोपत्तो छैन । 'विचरा' !!

~ मौन जीन्दगी प्रितिकर नहुँदो रै'छ । न कहिल्यै चैन । वर्षौ देखि गुपचुपमा थलिएका 'नेपाल, नेपाली र नारी' !

~ अंक पोतिएका दिन, महिना र वर्षको नयाँ पात्रोले समय फेर्दैन । समय पुरानै छ। लय पुरानै र उही । न भविष्य ।
न चेलि चित्कार । न न्याय । न नेता । न देश...! केहि फेरिएन । विगत, वर्तमान र भविष्य शुन्य भए,छन् । नेपथ्यमा धर्म पुराएर कर्म गर्ने को नै छन् र (भन्न नमिल्ने-वर्षको अन्त्यसंगै भुलचुक सप्पैले क्षमा गरेस!!!!!) :P –सन्तु

~ गत '२१' मा मर्ने बाँच्ने टुंगो थिएन । दिन त्यतै फेसबुक र ट्विटका तातो हल्लाखल्लामा बित्थे ? अचेल परीक्षा त्रासले रिंग्याउँछ । 'बिजुली नानी' समयमा आउदिनन् । रन्का छुट्छ । अनि, सुतिन्छ । -सन्तु'दा

~ भड्केलोमा रुख रोपेर आकाश छुदैन । कुरै मात्रको सिडि बनाउँदै रुख रोप्ने धेरै छन् । धेरै संस्था छन् । धेरै नेता छन । को को र कत्ति छन् । लेखाजोखा छैन । कुनै कुनामा म पनि हुला । अपितु आकाश छुन के अर्नु पर्च ? पुष्पा दिदिलाइ सोध्नु । - सन्तु'दा

~ अचेल सुन्दै छु । संसार मर्ने हल्लाखल्ला छ । अपितु, 'म मरे पनि ! 'संसार' मरे पनि !' मेरो देश बाँचिरहोस् !!!! - सन्तु'दा

~ अचेल उन्को शब्द चिसो छ । सुन्नैपर्यो । मुटु चिस्याउँछ । र पनि काँपेरै सुन्छु । अब डर छैन । सक्छौँ, शब्दमा आइस थप । सुन्ने कानमा ताँतो टोपि छ । - सन्तु'दा

~ अचेल धुम्मिएर मौसम अमन गर्छ । मन्द, हुरि चल्छ । जीनव चिसिन्छ । तताउँदै समय वितेको पत्तो हुन्न ? - सन्तु'दा

~ एउ मुठ्ठि मात्र इमान भुका मुन्चे देशाँ बढे । चम्चा जत्रो मुन तिन्का । क्यारि देश बनाम्थे । एउ मुरि भ्रमण अर्यो । एउ पाथि भत्ता ह्याप्स्यो । लास्टाँ केहि नाइ ? बाँझो बारिमा उम्रिएका धुन्दुकारी । देशाँ त्यसै भ्रष्टचार बढ्या छ । - सन्तुदा

~ पैले बन्दाँ पुलिसले टाम्को फुटाम्थ्यो । नजाम साथिले फुटाम्ला भन्ने डर । दिन देखि दात दुखेर शरिर नै फुटाम्च कि झैँ भो । हप्तादिनपछि दातै फुटाले, बल्ल चैन भो ! 'कू' तत्वलाइ फुटाले चैन हुने रैच । - सन्तु

~ अन्तरवैयक्तिक (व्यक्तिपिच्छे) विचार नीजि र स्वतन्त्र हुन्छन् तर पढि लेखिसकेका ठुला भनौदा बौद्धिक विद्धता बढी देखाउँछन् तर भुल्नै नहुने कुरा के हो भने हामी जस्ता पढ्दै लेखेका व्यक्ति भोलिका बौद्धिक विद्धता पनि हौँ । महोदय, विचार नीजि हुनसक्छन तर पेवा भने होइन । मेरो आफ्नै बुझाइ छ । व्यक्तिका नीजि विचार शब्दबाट सिर्जित हुन । शब्द कसैको पेवा होइन । यो त समाजिक भाषाको एक अंश हो । प्रसंग: एक जना व्यक्तिगत च्याटिङ्ग पश्चात मनसपटलमा उब्जिएको निष्कर्षित विचार ।