Wednesday, August 13, 2014


बादलहरूले
छेक्दै गरेको जुन

अचेल
हेर्दै टोलाउँछु  

किनकि
सपनाहरूको
खुट्किला बनाउँदै
एकदिन पुग्नुछ त्यहि जुन नजिक

, पन्छाउनुछ
जुनलाई झैँ सपना छेक्ने बादलहरू

अनि,
निस्फिक्री मुस्कुराउँनुछ
जुन झैँ पटकपटक