Sunday, January 26, 2014

उचाई

एउटा उचाई- 'अग्लो' 
अर्को उचाई- 'होचो' 

यहाँ,
उचाईपिच्छे किन? 
फरक छ 'जिन्दगी' 

कैलेकाई, 
आँखाको सगरमाथाबाट 
'देश नियाल'
अनि, सबै मान्छे

न उचाई देख्छौँ
न 'जिन्दगी' 

Wednesday, January 8, 2014


केवल
रित्तिन बाँकी छु
रुदैभन्दै छ— 'मन'

जिन्दगीबाट
 चुहिइसके धेरै कुरा

केवल ऊनकै लागि
टालेर बाच्दैछु
समय अनि एक मुठ्ठि साँस

जेनतेन कुद्दाउँदैछु— थोत्रो जिन्दगी

ऊ भन्छे—
के थ्यो तिमीसँग
र, रित्तिनु  

दुनियाँ भन्छ—
के गरेथिस् तैले
र,  रित्तिनु

मन भन्छ—
आफैलाई भुलेर
उमारेथे माया
केवल उसकै लागि

बिर्सेर सबथोक—
नियाल्दै थिए— 'बोझिलो दुनियाँ'
उचाल्दै थिए— 'बोझीलो प्रेम'

बेगम के था ?
उसलाई र दुनियाँलाई
अनेक कष्ट र दु:खहरू   

मैले बुझाउनुछ
दुनियालाई एकपटक

जोत्नु छ समय
र, मलजल गर्नुछ जिन्दगी
  
फेरि आफुभित्र उमार्नुछ— त्यस्तै माया
र, देखाउनुछ— त्यस्तै प्रेम

एकपटक
भुल्नुछ— 'बोझिलो दुनियाँ'
र, उचाल्नुछ— 'उसकै बोझिलो प्रेम'

अनि, चिच्याउदै भन्नुछ-  
रित्तिएथ्यो उनकै प्रेममा सबथोक