Saturday, April 27, 2013

प्रेम


समाज भित्र,
कुजो परेको शरिर,
प्रथा भित्र,
फुलो परेको नयन !!
एकाएक उदास भइ चिम्लियो,
छिनमै एउटा दुर्लभ सपना,
अम्लिइ वर्षा भइ पर्यो,

प्रेमको उल्लासमय दैलो,
नखुल्दै फुटेको तेत्रो घटना !!
टुटेको त्यत्रो साथ,
छुटेको कैयौँ दिनपछि,
१२ घण्टे रातमा,
कति बज्न सक्थ्यो ?
आफ्नै चेतको नानीभित्र,
कति अटाउन सक्थ्यो ?
सपनाको समाजभित्र,
कति रमाउन सक्थ्यो ?
कति फुल्न सक्थ्यो ?
निस्पृह खुल्न सक्थ्यो?
त्यो प्रेम बुट्टी,
चोखो प्रेम जडिबुट्टी,
दुइ प्रेमिलाइ जीवनदान दिने,
समाजले पचाउन नसकेको,
आजको दिनसम्म,
त्यो प्रेम बुट्टी,
चोखो प्रेम जडिबुट्टी,  
भलै आज शत्रुको वात माथि,
विश्वास उम्रिने दिन छ,
समय त्यो युगमा चल्दै छ,
त्यो त प्रेम गर्ने,
एउटा पुरूषले आफ्नी प्रेमीसँग,
जीन्दगी विताउन,
हात माग्ने कुरो न थियो ?

अचानक !!
१२ घण्टे छोटो रात सकियो,
उदास नयन,
चिरबिर चरिको आवाजसँगै खुले,
अन्ततः सपनाभित्र,
मन थामिन के सक्थ्यो र ?
सदियौँ देखि जातले डामेको,
समाज भित्र,
हुर्केका ती जोडी
बिहानै,
फेरी एकपटक,
विजातिय प्रेमप्रसंगमा,
शरिर दुवैको, 
अंकुशमा उनिएको थियो  !!

Monday, April 22, 2013

नयाँ


''
नयाँ वर्ष,
नयाँ अंक,
नयाँ दिन,
नयाँ बिहानी,
नयाँ गीत,
नयाँ उमंग,
नयाँ प्रीत,
नयाँ प्रेमी,
नयाँ जीत,
नयाँ उत्साह,
नयाँ,
नयाँ,
नयाँ,
, प्रत्येक नयाँमा,
''
दिनहु डराउँछु,
यतै कतै भरभराउँछु,
यसरी,
नयाँ वर्षको बगैचामा,
जिन्दगी चराउँछु,
अनि अनयासै,
'नयाँ' कै वरिपरि,
घुम्दा घुम्दै,
''  हराउछु,
नयाँ सकिएर,
अर्को साल,
अर्को नयाँ बोकि आउछ,
प्रकृतिले धेरै
नयाँ ऋति
नयाँ स्वरुप
र, नयाँ बास्ना उडाउँछ,
तर
'' कहिल्यै यो नयाँमा,
नयाँ हुन सकिन,
प्रत्येक नयाँले,
उल्टै,
शरिरमा बुढौलि ओढाउँछ,
र त्यो एउटा नयाँले,
मेरो अन्त्य,
लुकाइ लेराउँछ !!!

Tuesday, April 16, 2013

बजार

प्रत्येक वस्तुको बजार छ यहाँ,
तिनका रुपैयाँदेखि हजारौँ हजार मुल्य छ यहाँ,
तर,
मेरो मुल्यको मात्र बजार छैन यहाँ,
म जस्ता हजारौँ हजार छन्,  
तिनको अचम्मको बजार छ यहाँ,

कोहि कराउँदै, कोहि उफ्रिदै,
कोहि व्यस्त, कोहि शहर ध्वस्त,
बनाउदै छन् यहाँ,
उत्पादन मेट्रिक टनमा छ,
विदेश सप्लाइ,
र विक्रिको रफ्तार छ,
बजार फैलिएर,
साउदी, मलेसिया र कतार छ,
हिजो यहि बजार सम्झिएर,
उत्पादन बढाउन,
बाउ खेत जोत्दा जोत्दै,
पोरपरारको हिउँदमा ढले,
कहिल्यै नउठ्ने गरी,
ढलेका ढलै भए,
देख्नेले, कम्युनिष्टका झण्डा,
हलोको अनौमा बाँधेका थिए -भने,
कृषि क्रान्ति रोप्दैछु भन्थे -भने
भन्नेले के के भने भने,
तर बाले जोतेकै लहर पछाडी,
मकै रोप्दै हिड्ने,
साक्षि त मै थिए,

तर आज दिन फेरिएको छ,
क्रान्ति सफल भएको छ,
जानेर, नजानेर मेरा बाले,
मृत्यु चढाएका थिए,
त्यो बेला, अकालमा  
र त आज
म अक्षर चिनेको,
अनुभवि हलि भएको छु,
वैज्ञानिक कम्युनिष्ट हलि,
वैज्ञानिक कृषि क्रान्ति गर्नसक्ने,
सक्षम हलि,  
म जस्ता धेरै हलका हल गोरू थिए, छन्,
ति कता छन, अत्तोपत्तो छैन,
क्रान्ति टुंगिएकै यत्रो वर्ष भइसक्यो,  
अझै हामी बेरोजगार छौँ,
तर बिडम्बना विदेशी भुमिमा किनिन्छ
गणतन्त्र नेपालमा किनिदैन ?
हामी  कस्तो बजार भयौ ?

Thursday, April 11, 2013

त्यो 'सहमती' ! त्यो 'एकता' !!

कोठे निवास © - सन्तु
 गाताबाट गिरिजा बा, फिस्स मुस्कुराए । सेता दाँत देखियो । त्यसमा अथाहा चमक थियो । र त देश केहि वर्ष उनको त्यो चमकमा लजाइरह्यो । केहि घण्टा किताब भित्रै म पनि लजाइरहे । ती कोरिएका शब्दले कतै देख्ला कि भनि नाटकियपारामा संयमित हुन खोजे । देशमा नाटक देखाइरहेका चटके नेताले अभिनय गरे झैँ । 
तर, जब किताबको पाना सकिए, अचानक मेरा हात लडे । देश लडे झैँ । हुनत: उनी लडे सँगै लडिसकेथ्यो..., त्यो 'सहमती', त्यो 'एकता' !!
- अनि, आफैलाइ प्रश्न तेर्साए ? 
- 'सहमती' कैले होला ?
- 'एकता' कैले होला ?
- 'मेलमिलाप' कैले होला?
- 'निर्वाचन' कैले होला?
- 'संविधान' कैले बन्ला?
- र अन्तत: 'विकास'मा देशले आवरण कैले फेर्ला ? हामी जस्ता हज्जारौँको भवष्य कैले कोरिएला ?
- प्रश्न भित्रै गुजुल्टिदै, म अनुत्तरित रहे । केहि पुस्तकका झलकले नमिठो तबरले घोचे । हिजो राणा, राजामा हज्जारौको भविष्य थुनियो । अलिकति बहुदलताकाका आवाजमा थुनिए । अलिकति जनयुद्धमा पनि थुनियो । आशा देखाए, देखे । र, आफैले बन्दुकमा थुने । ६२/०६३ तिरको आन्दोनमा सडकतिरै ओर्लेर अलिकति तेता थुने ।
- धेरै समय त्यसरी बिते । 
- त्सको महत्व न नेताले देखे ।
- न अरु कसैले ? 
- परिवर्तनको लागि हिजो समयसँगै कैयौलाइ धकेल्न खोज्थे, खोजियो तर आज समयले आफैलाइ पछि धकेल्यो । 
- र, आज आएर यस्ता पुस्तकमा भविष्य कोठा भित्र थुन्न बाध्य छु । कति वर्ष सम्म हो कुन्नी ?
- अनि ब्लग बसाइमा बोल्न मन लाग्छ, लेख्न मन लाग्छ । 'प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र कता छ हजुर ?' 
- कता छ त्यो सहमति र त्यो एकता ?