Sunday, November 20, 2011

सन्तु र सन्तुको गाँऊ


आज विश्व विज्ञानको क्षेत्रमा अत्यन्तै अघि बढिसकेको छ । तर पनि नेपालका कैयौँ यस्ता ठाउँ छन् जहाँ विश्वमा के-कस्ता घट्ना घटिरहेका छन् थाहा पाउन सकिरहेको अवस्था छैन । कक्षा ५ त्रिभुवन प्रा।वि।मा अध्ययनरत सन्तु भिरपानी गा।वि।स। लाप्कामा बस्छ । गाउँमै जन्मे हुर्के पनि सन्तु साह्रै चलाख छ । भौतिक सुविधा र सम्पन्नताबाट बिाचत भएतापनि सन्तु किताबि ज्ञान बटुल्न भने माहिर छ । कहिले काही भने आफु गाउँमा जन्मिएकोमा पश्चताप पनि गर्छ न पढ्नका लागि बालपत्रिका नै पाइने न कम्प्यूटर चलाउन नै । तैपनि उस्मा यस्ता अतिरिक्त कि्रयाकलापप्रति अति नै चासो छ । ऊ विद्यालयको मिहिनेती अनुशासित जेहेन्दार र प्रथम विद्यार्थी पनि हो । उस्को पढाई देखेर शिक्षक शिक्षिका लगायत परिवारका सबै सदस्य दंग छन् । ऊ सधैँ प्रथम हुन्छ । ऊ कक्षामा सबै साथिसँग मिलेर पढ्छ र आफुले जानेको कुरा सबै साथिहरुलाई पनि सिकाउँछ । न त ऊ कहिल्यै झगडा नै गर्छ न रिसाउँछ नै । सन्तुको यस्तो लगनशीलता र प्रयत्न देखेर उस्का साथिहरुसमेत दंग छन् तर सन्तुको बाबा रामुलाई भने निकै चिन्ता लागेको छ किनभने सन्तुलाई शहरको बोर्डिङ्गमा पढाउन नसकेकोमा ।

सन्तुको चालमाला विद्यालयका साथिभाईसँगमात्र नभई घरपरिवारमा पनि उत्तिकै मिलनसार र सहयोगी थियो । ऊ कहिल्यै आमासँग झगडा गर्दैनथ्यो । सानै उमेरको भएपनि विभिन्न बालरचना र विज्ञानका गतिविधि चाख लगाएरै पढ्थ्यो । घरमा कोहि नभएको बेलामा हजुरबाले दन्त्य कथा सुनाउँनु हुन्थ्यो र ऊ ध्यान दिएरै सुन्थ्यो । अझैँ त्यतिमात्र कहाँ हो र ! हजुरबाको कुरा सुन्धिने नियमित श्रोता पनि हो ऊ । घरको रेखदेख देखि लिएर आफुले गर्न सक्ने सबै काम गथ्र्यो । यसरी सन्तुको यस्तो कि्रयाकलाप देखेर परिवारका सबै सदस्य र वरपरका छरछिमेकी समेत प्रभावित र अचम्मित थिए । 

कक्षा पाँचको अन्तिम परीक्षाको नतिजा प्रकाशित भयो । ऊ प्रथम भयो । यस्पालि कक्षा ६ मा भने उस्लाई शहरमा पढाउने सन्तुको बा'ले विद्यालयलाई जानकारी गराए । यो कुरा सन्तुले पनि थाहा पायो । ऊ असाध्यै खुसी भयो र हौसिएर सबै साथिलाई भन्दै दगुर्न थाल्यो । खुसीले गर्दा उस्को खुट्टा भुइमा थिएन । ऊ उपि्रुदै कहिल्यै रमाउँन थाल्यो त कहिल्यै नाँच्न । ऊ मनमनै सोच्न थाल्यो । अब म शहरमा गएर मलाई मन पर्ने सबै किताब पढ्छु । हाम्रो यो गाउँ यी पाँखा यी खोला यी नदि र यी डाँडा त कति हरियाली सुन्दर सफा र स्वच्छ छन् भने त्यस्ता पढेलेखेका मान्छे बस्ने शहर कस्तो होला मानिसहरु सहयोगी र बोलिबचन नम्र होला र मिलनसार पनि उत्तिकै । झन् हामि जस्ता साना बालबालिकाहरुलाई त कति माया गर्छन् होला । आहा ! बा'ले शहरमा बसेर पढ्ने सपना पुरा गरिदिने भए । 

सन्तुका यी सबै गुलिया कल्पना उस्ले सोचे जस्तो गुलियो भने थिएन । ऊ यो भन्दा अघि कहिल्यै शहर आएको थिएन । गाउँको एउटा असल तर चलाख सन्तु शहरकोबारेमा भने अनजान थियो । तैपनि शहरका बारेमा अनेक सपनाका पोका देख्न थालेको थियो । उस्का ती कलिला मष्तिष्कले अनेक सपना बुनिसकेका थिए । 

पहिलो पटक सन्तु आफ्नो गाउँ छाडि शहर जाँदै थियो । विद्यालयको कागजपत्र र किताब सहित सन्तुलाई लिएर सन्तुका बा रामु शहरतिर जाँदैथिए । यता भने त्यति मिलनसार परिश्रमि र असल सन्तु गाउँ छाडेर शहर जानलाग्दा परिवारका सबै सदस्य साथिभाई र गाउँलेहरु दुःखी देखिन्थे । झन् उस्का कक्षाका साथिहरु त रुन सकेका थिएनन् । 

सन्तुबाटाभरी शहरका बारेमा अनेक सपना बुनिरह्यो । २ घण्टाको बाटो पारगरिसकेपछि बल्ल गाडि चढ्ने ठाउँ आइपुग्यो । सन्तुको यो पहिलो बस यात्रा थियो । यो भन्दा अघि उस्ले कहिल्यै न गाडि नै देखेको थियो न चढेको नै । ऊ धेरै खुशी देखिन्थ्यो । गाडिको देब्रे पट्टीको तेस्रो सिटमा सन्तु र सन्तुको बा बसे । केहि छिनपछि सबै प्यासेन्जर बसे र गाडि कुद्न शुरु गर् यो । गाडि शहरतिर जाँदै थियो भने यात्रा छेट्टिदै । एक घण्टाको बाटो छिचोलेपछि गाडि नेपालथोकमा आइपुग्यो र रोकियो । त्यहाँ खाना खानको लागि गाडि रोकिएको रैछ । गाडिका सबै प्यासेन्जर खाना खान झरे । त्यसै क्रममा सन्तु र उस्का बा पनि झरे र खाना खाए । खाना खाएको केहि समयमै गाडिभित्र प्यासेन्जर बसे र गाडि पुनः शहर लाग्यो । 

सन्तुका ती कलिला मष्तिष्कले भने अनेक सपना सोचि नै रहेको थियो । गाडिको कुदाई अनि भिरपाखामा ठोक्किएर बहेको बतास चर्को घाम र हपहप्ती गर्मिले गर्दा सन्तु बाुको काखमा भुसुक्कै निदायो । करिब तीन घण्टाको यात्रा छिचोल्दै गाडि उपत्यकाभित्र छिरिसकेको थियो । त्यतिन्जेल सम्म सन्तु बाबाको काखमा मस्त निद्रामा नै थियो । बाुले सन्तुलाई धकेल्दै उठाए । ऊ झसङ्ग हुँदै जुरुक्क उठ्यो । ऊ उठ्दा गाडि कोटेश्वर आइपुगिसकेको थियो । ऊ उठ्यो र झ्यालबाट यसो के नियालेको मात्र थियो बाहिरी वातावणलाई धुवा धुलोले हुस्सुले छोपे झैँ छ्याप्पै छोपेकोले त्यति राम्रोसँग केहि देखेन । गाडिहरु त्यत्तिकै मात्रामा अव्यवस्थितरुपमा कुदिरहेका थिए । मान्छेको भिडभाड पनि उत्तिकै । ऊ अचम्ममा पर् यो र उस्ले बालाई सोध्यो-

'बा शहरको बाटो त राम्रो हुन्छ हैन ! कस्तो धुलो उडेको बाहिर हेर्नुस त'

हेर सन्तु ! बाटो यस्तै हो के गर्छस् बाटो बनाउन तेरो हाम्रो काम होइन क्यार यॊ बिकास गर्ने नेतृत्वकर्ताहरुको हो तर गर्दैनन् । 

बस स्टपमा बस रोकियो । सन्तु र उस्का बा बसबाट के ओर्लेका मात्र थिए फोहोरको गन्ध ह्वास्सै गनाइहाल्यो । सन्तु नाक थुन्दै भनभनाउन थाल्यो । बा ! यस्तो विवेकशिल बुद्धिजिवी र विद्धान बस्ने ठाउँमा पनि फोहोरको डंगुर यसरि फालिन्छ र मैले त सोचेकै थिइन 

सन्तुको बा'ले मुख फोरिहाले । किन विद्धान बस्ने ठाउँमा चै फोहोर हुँदैन र कि किताबमा विद्धान बस्ने शहर फोहोररहित हुन्छ भनेर पढ्या थिइस । ल ! जे भएपनि यो हाम्रो राजधानि काठमाडौँ हो ।
खै बा ! म त जिल्ल छु । फोहोरै फोहोर अनि जताततै धुँवा र धुलो यस्तो ठाउँमा ठूलठूला घर आफैँ मात्र राम्रो र पढी विद्धान भएर मात्र के गर्नु प्रकृति पनि सफा र राम्रो बनाउनु पर् यो नि ! वरपरको वातावरण पनि स्वच्छ हुनुपर् यो नी ! यस्तो मैलिएको प्रकृतिबाट पढेर ठूला बनेका विद्धान पढ्दै गरेका हामी जस्ता बालबालिका अनि युवाहरुले के पाठ सिक्छन् के सन्देश पाउँछन् ल भन्नुस त बा । यहीँ वातावरणमा पढेर विद्धान बनजेकाहरुले आफै जन्मेको र सधैँ बस्ने ठाउँलाई हराभरा र सफा राख्न सक्दैनन् भने ती पनि विद्धान हुन र ती त मुर्ख पो हुन् यस्तो ठाउँमा बस्दा त रोगले पो महामारीको रुप लिन्छ । सबै विरामी पर्छन् हैन र बा । 

कुरा त ठिकै गरिस तर वातावरण न फोहोर हो । यहाँका मानिस त फोहोरी छैनन् नी कति सफा छन् कति राम्रा छन् घरहरु हेर त कति राम्रा छन् । धेरै राम्रो पढाइ हुने विद्यालय पनि यहि छन् । देशका ठूला विद्धानहरु पनि यहि छन् । देश हाक्ने नेताहरु पनि यहि छन् । उनिहरु सबै त दुर्घन्धमा मिसिएर बाँचिरहेका छन् भने तलाई के को चिन्ता/पिर । तैपनि यहाँको गतिविधि र वातावरणसँग तलाई के को सम्बन्ध हेर बाबु त त यहाँ पढ्न आएको होस् पढ्ने कुरा गर सपना पुरा गर्ने अठोट लि । बस् यति मात्र सोच ।

अचानक भिडभाडबाट आज फेरि बच्चा अपहरण भयो भन्ने हल्लाखल्ला निस्कन्छ । हल्लाखल्ला सन्तु र सन्तुको बाले पनि सुन्छन् सन्तु डराउँदै ओहो ! मैले त शहर कस्तो न होला भनि अनेक सोचेको थिए तर ती सबै सपनामात्र रहेछन् । यहाँका मानिसहरु कति सभ्य होलान् कति सहयोगी होलान् शहर कति सुन्दर र हरियाली होला भन्ने लागेको थियो । तर शहरको माहोल र अराजकता देख्दा काही नभाको जात्रा हाडी गाऊँ जस्तो पो लाग्यो । अह ! यस्तो ठाउँमा बसेर पढ्नु उचित छैन । बा म त यहाँ बसेर पढ्दीन जताततै फोहोरै फोहोर अनि अघिभर्खर सन्नुभएन बच्चा अपहरण आतङ्क मच्चिने झगडा कलह कुटपिट बन्द हड्ताल अव्यवस्थित बसाईमा बसेर पढ्दा मैले के पाठ सिक्छु । नाई बा म त यस्तो कोलाहलमा बसेर पढ्न सक्दिन । यस्तो माहोलमा हुर्केका हामि जस्ता हजारौँ बालबालिकाको भविष्य कस्तो होला भविष्यका दिनमा कस्ता व्यक्ति बनौला एकछिन सोच्नुस र हाम्रो गाउँलाई सम्झनुस त कति सहयोगी छन् गाउँलेहरु प्रकृतिको कस्ता छन् छटा कति सुन्दर कति घमाइलो कति हराभार सुनकोशीमा बगेका कलकलाउँदा पानी सधैँ पिउ पिउ लाग्ने । हो त्यस्तो सुन्दर शान्त ठाउँमा पो बस्छन् बिद्धान । जहाँ पाइन्छ अनेक ज्ञानका पुाज अनि त्यहीँ पाइन्छ जीवन र जगतको रस । यहाँ त निसास्सिएर मरिएला जस्तो पो छ उतै फर्किऊ बा हाम्रै गाउँ । नाई म त यस्तो शहरमा बस्दिन । यस्लाई पनि शहर भन्छन् र बा यस्तो फोहोरै फोहोरको ठाउँलाइ । शहरप्रति कसरी गर्व गर्नु भन्नुस् त । हामीलाई सरले भन्नु भाथ्यो नेपाल विश्वकालागि स्वर्ग जस्तै छ । यहाँ प्राकृतिक खनिजवस्तु अत्याधिक पाइन्छन् । विश्वमानचित्रमा नेपाल एक रमणीय देश हो भनेर भन्नु भएको थियो । तर बा शहर हेर्दा त रमणीय होइन यहाँ रम्न आएका पनि निराश भएर फर्केलान जस्तो छ । हैन त बा !

छोराको कुरा सुनेर रामुको आख्ााबाट आँशुका धारा बग्नथाले आँशु पुछ्दै रामु बोल्न थाल्यो । छोरा त यति सानो छस् तर पनि धेरै कुरा जानेको छस् त्यही भएर त तेरो भविष्यराम्रो हुन्छ । पछि गएर त ठूलो मान्छे बन्छस् । मिहिनेती छस् र गाउँको भन्दा धेरै ज्ञान पाउँछस् भनेर त पढाउन ल्याएको । हेर ! सन्तु जस्तो सुकै भए पनि गाउँको भन्दा यहाँ पढाई राम्रो हुन्छ । शहर भनेको शहरै हो । गाऊ फर्किने कुरा नगर बरु यही बसेर पढ र अझैँ माथि जाने कोशिस गर । बाबाको कुरा सिध्धिन नपाउँदै नाई भन्दै सन्तु ठूलो स्वरले कराउँछ । यस्तो प्रदृषित असभ्य समाज र समाजका व्यक्तिप्रति कुदृष्टि र अरुको भलो नचाहने मान्छे बसेको गन्जगोल भिडमा म चै बस्दिन । यहाँ बसेर पढ्दा माथि होइन मेरा सपना पनि अपुरो र म पनि बिग्रन्छु । तपाईले नै भन्नु भएको होइन संगतले नै मान्छेलाई असल र खराब बनाउँछ भनेर । ल भन्नुस् त यहाँको संगत कस्तो छ । मेरो संगत यिनै वातावरण मानिस रहनसहन र यि पश्चिमेली विकृतिसँग हुने होइन । नाई बा म त गाउँमा नै जान्छु । म त यहाँ एक सेकेण्ड पनि बस्नेवाला छुइन !

वास्तविकतालाई नियाल्ने हो भने गाउँ प्यारो र राम्रो छ । गाउँका मनोहर प्राकृतिक दृश्यबाट नै धेरै कुरा सिक्न सकिन्छ । स्वच्छ र सफा वातावरणमा मिठो हाँसो हाँस्न सकिन्छ स्वास्थ्य बाँच्न सकिन्छ फुर्तिलोकासाथ नाँच्न सकिन्छ । 

अन्त्यमा सन्तु र उस्का बा रामु गाउँमा नै फर्किए । अहिले सन्तु त्यही गाउँको विद्यालयमा साथिसँगीका साथ पढिरहेको होला आखिरिमा सन्तु शहरबाट आफ्नो जन्म थलो गई पढ्न शुरु गर् यो । आज सन्तु त्यही गाउँको प्रकृतिसँग लडिबडि गर्दै दगुर्दै्र होला । साँच्चै हाम्रो शहरलाई नियाल्ने हो भने सन्तुको कथासँग यथार्थरुपले मेल खान्छ । त्यसैले हामी सबै मिलेर ूहाम्रो शहर सुन्दर बनाउने हाम्रो रहनू नाराका साथ सहरलाई सुन्दर र सभ्य बनायौँ भने एकदिन अवश्य सन्तु शहर फिर्छ होला ?

Friday, November 11, 2011

तिहार डायरी


उत्साह कम्ति थिएन । खुशी उत्तिकै । जताततै माला र फुल । घर रङ्ग्याउने र पिलपिले बत्ति टाङ्ग्ने काममा छिमेकीबिच होड बाजी नै थियो । कोही पनि घर सजाउनमा अल्छे देखिन्नथे । बाटामा हिड्दा प्रत्येक घरमा भलाकुसारी गरेको आवाज सुनिन्थ्यो । प्रदेश गाको छोरा नाती भाइभतिजा आका होलान् । धैरै जम्मा भएकाले कुरोमा कुरो चल्यो होला । म मन मनै गम्दै हिँडेको थिए । के के न बिते झैँ तल्ल घरे साइला काका भने जोडले कराउँदै थिए । एउटा छोरा हो क्यार ! गाउँमा नै छ रे ! डकुलन्टे मोरा के गर्छ कुन्नी । हाउडे न हो । त्यसो नभाको भए त त्यत्रो सम्पत्तिवाला गतिलो चाला देखाइहाल्थ्यो नी । तीनपल्ट लगाएर एस।एल।सी कटायो । बाउले शहरमा पढाउँछु भन्दा शहर जान नमानेर बाउलाइ नै लप्पा ख्वाइदियो । पक्कै कता उड्यो । तै भर डाको छोड्या होला…॥

हिजो मात्र गाउँ आको । उता शहरमा कम्ता हर्षोल्लास थिएन । पट्का उत्तिकै पट्काउँथे । मान्छेको चहलपहल धेरै नै थियो । यता भने कस्तो सुनसान । सुनसान पनि किन नहोस् । अस्ति भर्खर घरै अगाडी गाडी पल्टेर दर्जनौ मान्छे पाँखामा छरप्रस्ट देखेका गाउँले अझैँ त्रसित छन् । काको मान्छे बाच्थे त ! त्यत्रो सिङ्गो गाडिमा चारवटा पाङग्रा चै थे रे ! त्यो पनि रबरको भएर । बाँकी सबै पार्टपुर्जा धुजाधुजा । धन्न दुईचार जना हामफालेर बाचेछन् । पुर्नजन्म पाए तीनले । तीनका जय जय होस् । 

तिहारको चहलपहल बढ्दो थियो । कोही किनमेल गर्न बेसीटार बजार हिडेको भन्थे । कोही दिदीबहिनी लिन । कसैको दाजुभाइ बेसीटारमा भर्खर गाडिबाट ओर्लेरे फोन आथ्यो रे । दुई हुल फुच्चेहरु छेवैबाट बेतोडले हुइकिए । ल हेर ! सिकेदाई कि छोरी त माला उन्न सक्ने भैछ । कसका लागि उनेकी है मोरी । तेरी आमाले भाइ त जन्माकी छैनन् । घरमा त एक्लै हो । खै बा आमा । पसल्नी आन्टीले सम्झेँथे भन्दे है । गाउँ नै थर्किने गरी ठूला स्वरले फतफताउँदै पसल्नी काकी उकालो लागिन । भारी पनि ठूलै थियो । पसलका सामान होलान् । तिहार लाइछ क्यारे ! काकी मिहिनेती छिन् । काका भने बेकम्मा । केही गर्दैनन् । तै सानो पसलले धन्न व्यवहार धानेका छन् । 

गाउँ सानो हेर्दा चुटुक्क परेको । पहिल्या चाँड पर्व आउँदा शहरको भन्दा कम्ता रमाइलो हुन्थेन । ५२ घरधुरीको दुई टोलः तल्लो टोल र माथिल्लो टोल । एउटै बाजेका सन्तान । पहिल्या खुब मिल्थे रे ! पर्दा मर्दा कसैले गुहार्दा गाउँनै जुट्थे रे ! तर आजभोलि त्यस्तो एकता थिएन । खै किन हो कुन्नी केही कुरा बुझ्नै गाह्रो । कसैले कसैलाई गन्दैनथे । अर्काले तपै भनोस् या नभनोस् आफै मपै हुन्थे । त्यति राम्रोसँग कोही कसैसँग बोल्दैनथे । बाटामा भेटेकालाई बोलाउन खोज्यो चिडिँएर हिड्थे । आफ्नै शाक्य दाजुभाइ हुन् तैपनी ठुस्केर मुन्टो बटार्दै बाटो तताउँथे । दुईचार वर्ष भयो शहर पसेको गाउँमा के भैरा'छ हाम्लाइ थाहा नहुने । तैपनि बाले फोनमा भन्थे । झगडा खुब गर्न थाल्याछन् खै के भैछ कुन्नी । सानो कुरामा नि एक्कासी गम्किन्छन् । आजभोलि एकअर्कासँग खुब रिसिबी राख्छन् । दाजुभाईबिचमा राम्रो घुलमिल छैन । बोलचाल ठप्पै छ । बाले फोनमा भने झैँ वास्तवमै एकता भन्ने नामो निसानै रैनछ । मेलमिलाप त टाढाको कुरा । यत्तिसम्मको रिसिबि र मनमुटाब रैछ कि अस्ति गाडिपल्टेर छरप्रस्ट लास लडे झैँ गाउँका दाजुभाइमा भएको आन्तरिक द्धेषले सिङ्गो गाउँ नै भद्रगोल र छरप्रस्ट भा'रैछ । 

दुई घर माथि भलायखर्कमा बिजुली बलेछ । हाम्रोमा आ रैनछ । नआउने नै भएछ । हाम्रो तिर बल्ने बत्ति अन्तै गएछ ! गाउँका दाजुभाई पहल गर्न गएनछन् । किन हो कुन्नी ! दाजुभाइमा मति बिग्रेर होला । धारामा पानी नआको दुई महिना भा रैुछ । पानी बनाउँन पनि गएनछन् । पल्लो टोलका सबै मिलेर बनाएछन् । तिमरलाई पानी दिन्नम भनेछन् । हाम्रो तिर आउने पाइप नै काटेर ठेडी ठोस्देछन् । अनि के को आउथ्यो पानी । वर्ष अघि नै बाटो बन्या थियो । सबैले बेसीटारबाट जिल्ला शहर जाने छोटो बाटो भन्थे । शुरुका दुई चार महिना गाडि मज्जाले गुड्यो । तर आजभोलि के का गाडि गुड्नु कमिला तक हिड्न छोडेछ । बाटाभरी घाँस उम्रेछ । ठाँउ ठाँउमा डिल भत्केर थुम्का जम्मा भएछ । मर्मतका लागि फेरि जिल्लामा पहल गर्न गएनछन् । त्यही मौका छोपी पारीका गाउँलेहरुले जिल्लामा पहल गरेर डाँडापारीबाटै बाटो छिचोलेछन् । अहिले उतैबाट गाडि जिल्ला शहर जादो रैछ । 

तिहारको चपेटाले गर्दा त्यति राम्रोसँग गाउँ घुम्न पाएको थिइन । फुस्रद मिलाएर घुम्नु पर्ला भन्ने मनमा चै थियो । गाउँलेहरुबीचमा देखिएको अध्याँरो तीक्ततामा ज्योती छर्न आवश्य देखिन्थ्यो । १० बर्षे जनयुद्धमा एक नेपालीले अर्को नेपालीबीच भत्काएको आत्मीय सम्बन्ध आज मेरा गाउँलेदाजुभाइहरुले फेरि एक आपसमा भत्काउँदै थिए । आखिरि वास्तविकता भित्र लुकेको समस्याको जड के थियो त्यो भने कसैमा स्पष्ट थिएन । अस्पस्टतामै एक आपसमा रिसिबिको खाडल बढाउदै थिए । यसरी दिन दुई गुणा रात चौगुना गरी बढ्दै गएको खाडललाई समयमै रोकि गाउँलेदाजुभाइहरुबिचको सम्बन्धमा मिलेमतो ल्याउनु हामी सबैको लागि आवश्यक देखिन्थ्यो । जन्म र कर्मको दुबै थलो भएकालॆ समस्याको समाधान गर्नु नीतान्त आवश्यक थियो ।
आठ बजिसक्यो अझै सुतिराछ के कुम्भकर्ण झैँ सुतिरा ! उठ्ै कान्छा ! चिनि सकिएछ । बिहानै चिया पिउन पाइएन । जा पसलमा गएर लेरा । छेवैमा आएर आमा मलाई उठाउँदैै हुनुहुन्थ्यो । उठ्ने मन नहुँदा नहुँदै म उठे र कसैसँग नबोलि पसलतिर उकालो लागे । मकै घारी छिचोलेर कान्ला उक्लिदै गर्दा ईश्वरसँग झम्का भेट भयो तर ऊ कार्कीबारे दमाई ठुस्के झैँ ठुस्किएर गयो नमज्जा लाग्यो । खै ! के भाछ कुन्नि । बोल्दै नबोलि गयो । सानामा कम्ता जम्थ्यो यस्को र मेरो जोडी । अस्ति सम्म बोल्दै थियो । आज के भयो कुन्नि खै किन बोलेन । म निराश मुद्रामा त्यहाँबाट पसलतिर हान्निए । 

यो सब्को भाइभतिज हो । यस्को बास उठाउँन पाइन्छ । अस्ति भैंसी बेच्यो । हिजो मकै । आज घरको ढोका बेचेछ । लिनेले बुझ्नु पर्दैन् । यस्को आमा छैन् । बाउँ त यो जन्मिनु अघि नै बितेको थियो । एक्लो छ मुर्ख छ । बुद्धि त एकरत्ति छैन् । यस्तालाई फकाएर सामान लिनुहुन्छ । आज जस्ले यस्को सामान लिएको छ म त्यस्को ढाड नखुस्काइ का छोड्छु र ! । होहल्ला गर्दै दुई ग्रुप ग्वार्र्र्………मथिल्लो टोलबाट डाका छोड्दै तलतिर छेवैबाट कुदे । म झस्किए । डरले शरिर काप्न थाल्यो । फर्केर हेर्ने हिम्मतै गरिन तैपनि आवाज भने सुन्दै थिए । सत्तो सराप्नेमा उसैको काका रैछ । सामान बेच्दै र_िक्स पिउँछ भन्ने चै सुन्या थिए तर एकिन भने थिइन । कुरो सत्य नै रैछ भर्खर थाहा पाए । पोहोर सालसम्म केटो राम्रै थियो । अब त रक्सी नखाइ बस्न नसक्ने नै भएछ । त्यै भएर पो अघि ठुस्केर हिड्या रैछ । साथिहरुले कुरा त गर्थे एक थोपा रक्सी घुट्क्याउन पाएन भने जाडोले कामे झैँ काम्ने भाछ भनेर तर पत्याएको भने थिइन । थुइया ! विग्रेछ पो ईश्वरे त । पसलतिर हानिएको म त्यही हुलतिर लागे । गाउँलेहरु सबै भेला भा रैछन् । चर्का चर्कि बढ्ढै थियो । सामान लिनेमा माथिका ठुलारबा रैछन् । ईश्वरेको काका र ठूलाबा बिचमा गम्सा ग_िम्स बेस्मारि कस्सिदै थियो । कुरामा कुरो चल्दै जाँदा एकले अर्कालाई नानाथरी आक्षेप लगाउँदै थिए । कसले के भन्दियो कुन्नि रिसले तात्तिएका काका झ्याप्पै ठूलाबाको घाटि न्याक्न पुगि हाले । छिनमै गाउँलेहरुबीच झडप हुन थाल्यॊ । वाइसेल र युथफोस्र झैँ दूई तीन गुटमा गाउँलहरु छुट्टिए । एक गुटले अर्को गुटलाई रगतको नाता बिसे्रर पिट्न समेत पिटे । कोहिको बाउसँगको रिसिभि कोहिको घाँस चोरेको कोहिकॊ श्रीमतिसँगको झगडा कसैको पानिपधेँरो र बाख्रा बारिमा पसेको पुरानो रिसिब छ लू ! आइज भन्दै एक अर्का माथि त_िम्सदै थिए । आज तँलाई नमारि छाड्दीन । तैले धेरै नै भयो निउ खोजेको । यसरी आँखा आगाडि १९ दिने जनआन्दोलन झैँ गाउँलेदाजुभाइहरुबीच झगडा भएको देख्दा म रनभुल्लमा परे । कस्तो रिसिबि । के का लागि रिसिबि । किन रिसिबि । केही बुझ्न सकिन । पहिल्येको कुखुरो मार् या । बाख्रा खेतमा चर् या । भतिजको सम्पत्ति देखेर लुट्न खोज्या । यस्तै सुनियो र देखियो पनि । न केहि बोल्न सके न केहि सोच्न । म मा यसबारे शुन्यता थियो । बस्नु उचित नभएकाले म निरास मुद्रामा घरतिर लागे । घटौँ पछि झगडा साम्य भएछ । कसैको टाउको फुटेछ कसैको नाखि्र । कोहि रमाउँदै पनि थिए रे ! घर पुगे आमाले झाको झार्नु भयो । किन गाको त्यहाँ मर्न मन ल्याइछ कि क्या हो । चिनि लिन बिहानै निस्केको मान्छे अैले सम्म अत्तोपत्तो छैन । धन्न केहि भएनछ । मेरो त ज्यानै निकालिस नि ! खाना खाएर घाँस लिन जानु । कसैको घरमा जानु पर् या छैन । आज देउसी खेल्ने दिन हो क्यार ! पर्दैन जान । बिहानको झगडा देखिस् हैन । आमा एकसुरमा मलाई कराउँदै थिए तर वास्ता नगरी म एक गिलास पानि पिएर ओछ्यानमा पल्टिए । भुसुक्कै निदाएछु । त्यसपछि खै ! कसरी दिन बिते पत्तै भएन । न पहिल्याको जस्तो रमाइलो थियो न देउसीभैलो नै खेलियो । पहिल्येको जस्तो जुवा न तास । जति खेल्नु छ जति रम्नु छ आफ्नै घर घर भन्दा बाहिर केहि छैन मात्र डरै डर । 

Monday, November 7, 2011

श छुवान प्रान्त जाने मेरो अभिरुची


कहिले ती श छुआनको पल पललाई
शष्लेषण गर्न मन लाग्छ ।
कहिले ती प्रकृतिका अनुपम छटालाई
जीन्दगीमा विश्लेषण गर्न मन लाग्छ ।
तैपनी आज भोलि खै किन भा'छु धेरै-धेरै खुशी
अन्धो कल्पनामा डुबे म त तर पुरा हुन्छ की
श छुआन प्राप्त घुम्ने मेरो "अभिरुची"

संसारमा नयाँ-नयाँ ठाउँ घुम्ने मनोराजन गर्ने र प्रकृतिका छविसँग रम्ने मानिस शायद को नहोला र कसलाई इच्छा नहोला नयाँ परिवेशमा रम्ने र घुम्ने । त्यो अभिरुची प्राय सबैमा हुन्छ । र त्यही अभिरुची साकार बनाउनको लागि म केहि प्रयत्न र प्रयास गरिरहेको छु । मेरो वास्तविक अभिरुची भनेको त्यहाँको वास्तविक प्रकृतिको छटासँग रम्नु हो । मेरो नजरमा श छुआन प्रान्त स्वप्नसंसार हो । म त्यो स्वप्नसंसारमा डुल्न चाहान्छु घुम्न चाहान्छु फुल्न चाहान्छु र बास्नाको राग भै उड्न चाहान्छु । शायद श छुआन प्रान्त नगरी हृदयकोमलताकॊ गुलाबी शहर होला । त्यो गुलाबी शहरमा घुम्न जाने ठूलो इच्छा छ । तर फेरि भित्रि इच्छा र सक्षमताले मात्र त्यस ठाउँ गइने पनि होइन । कुनै पनि ठाउँमा घुम्न जाने अभिरुची हुनु भनेको त्यस ठाउँको कुनै आफ्नै महत्व मान्यता आधार र सुन्दरता हुनु हो । त्यही आधार महत्व मान्यता र सुन्दरताको खोजीमा म श छुआन नगरीको वास्तविक महत्वपूर्ण पक्षहरु खोज्दै छु । 

स्वच्छ वायु सरररर आँखा भरी आउँछ
श छुआनको सुन्दर दृश्य हेर्न मन लाउँछ 
मग-मग मिठो राग दिने सुन्दर-सुन्दर फूल
खोला नाला झर्नाहरु सुन्दरताको मुल 

मलाई लाग्छ श छुआन प्रान्त सुन्दरताले भरिएको शहर होला सुन्दरताले आवरण गरेको श छुआन प्रान्त नगरीको सौन्दर्यताको प्रचार र प्रसार त्यहाँका प्राकृतिक नदी नाला र झर्नाको शुशेलीले दिई रहेको होला । शायद स छुआन प्रान्त विश्वको प्रसिद्ध र महत्वपूर्ण शहर होला । हरियाली दृश्यले भरिभराउपूर्ण होला । शायद चीनको सुन्दर शहर होला । जताततै हरियालीले सुनौलो बाहार छाएको होला । जीवजन्तु र चराचुरुङ्गी स्वतन्त्र रुपमा सुन्दरताको रस लुट्दै प्राकृतिका छटामा एकजुट हुँदै घुमिरहेका होलान डुलिरहेका होलान र उडिरहेका होलान् । शायद श छुआन प्रान्त नगरीले शितल र आनन्दको ओत दिन्छ होला । चिनियाँ संस्कृति र पूर्वी सभ्यताको प्रतिक स्थल होला । श छुआन प्रान्तमा प्रकृतिका असली सुन्दर दृश्य हेर्न पाइन्छ होला र आनन्दको लामो सास फेदै र स्वच्छ र गुणस्तरको वायु पिउन पाइन्छ होला ।

"यि यस्ता रसपुाजले भरिएको ठाउँमा घुम्ने मेरो अत्यन्तै अभिरुची छ र यिनै प्राकृतिक छटामा नजर डुलाउने भित्रि चाहाना पनि"

पर्वतको काखमा 
अडेकि स छुआन प्रान्त नगरी 
टल्किने सौदर्य प्राकृतिक छटामा
डुबुल्की मारेकी स छुआन प्रान्त नगरी 

श छुआन प्रान्त बाँस घारीका लागि प्रख्यात छ भन्ने सुनेको छु । शायद त्यहाँ हरिया बाँसका झाङ्ग होलान र बाँसका सामाग्री र परिकारहरु पनि खान र देख्न पाइन्छ होला । ताल तलाउ पोखरीहरुले सङ्ला पानीको तरङ्गमा श छुआनको दृश्य पर्दाफास गरिरहेको होला । मानव बसोबास स्थलका लागि स्वर्ग जस्तै रमणीय होला । सुन्दर शहर हरियाली वातावरण स्वच्छ तलाउ गुणस्तरयुक्त सफा÷ताजा वायु मिठो खाना आनन्ददायी र मनोहर दृश्यहरु होलान । स छुआन प्रान्तमा स्थानी बासिन्दाको प्राचिन आवास र बास्तु कला र कौशल होला । पर्याप्त प्राकृतिक र मानवीय स्रोतका साथै पर्यटकीयहरुका लागि विशेष जातिय रितीरिवाज र संस्कृतिको अनुरागको संगम होला । जातिय विशेष संस्कार र संगीत होला । मिठो र रोमािाचत धुन तथा सुन्दर मौलिक र अपनत्व झल्कने प्रदर्शनहरु होलान । अफ्नै विशेष सांस्कृतिक परम्परा तथा ताजा कलात्मक विशेषता बोकेको होला । श छुआन प्रान्त जादु र सिपले भरिएको एउटा कोठरी होला । स्थानीबासिन्दाहरुको परम्परागत मौलिकता झल्कने किसिमको जीवन शैली होला । श छुआन प्रान्त एउटा यस्तो दृश्यस्थल होला जसले विश्वका हरेक दर्शकहरुलाई आकर्षित गरिरहेको छ । शायद श छुआनप्रान्तको मौलिक संस्कृति र परम्पराले चिनियाँ संस्कृतिको नै प्रतिनिधित्व गरिरहेको हुनसक्छ । 

"सामाजिक साँस्कृतिक भाषिक वातावरणीय र मौलिक विशेषताले भरिपूर्ण श छुआन प्रान्त नगरीमा पुगि नजिकिएर बुझ्ने चाहना र अभिरुची छ ।"

मनै सलबलाउने प्राकृतिक मनोहर दृश्यहरु
खोल्छा र खोल्छीहरुमा बग्दै गरेकी नदी र नालाहरु
लहलहाउँदा हरियाली बसन्तका पातहरु
बगैचामा फुलिएका विभिन्न फुलका जातहरु 

शायद श छुआन प्रान्त नगरी जगतको उत्तम उपहार होला । त्यहाँका प्राकृतिक सौर्दइयता र प्रकृतिका छटा छवि वनजंगल नदी नाला सबै सुन्दरताको द्योतक र जीवन्तता होला । छुट्टै अपनत्व मौलिकता अस्तित्व संस्कार संस्कृतिक रहनसहन भेषभुषा भाषाभाषि र शहरको सुगन्धीत अनुराग होला । इतिहासका लागि कलाका लागि संस्कृतिका लागि आर्थिक व्यवसायका लागि आकर्षण थलो होला । स्थानीय मुलको जाति र भाषा साह्रै पि्रय र मनोराजनात्मक किसिमको अपनत्व झल्कने किसिमका होलान् । 

"इतिहासका लागि संस्कृतिका लागि कलाका लागि छुट्टै स्थानीय अपनत्व बोकेका श छुआन्त नगरीको सांस्कृतिक रहनसहनमा भिज्ने मेरो अभिरुची छ ।"

पवित्र झर्नाका जलहरु
स्वच्छ र सफा वायुहरु
मनै लोभ्याउने गरी सजिएकी
प्राकृतिक सुन्दरताले भरिएकी
मगमगाउने अनुरागहरुले ढाकिएकी

वास्तवमा मनका अन्तर कथालाई पोख्ने हो भने हिमाली पर्खाल र तिब्बतको विकट यातायातले चिन र चिनका महत्वपूर्ण स्थल हाम्रा लागि एक देशको कथा जस्तै छ । तैपनि त्यो कथा भित्रको पगरी कथामा काल्पनीक दुनियाँको शुसुवास श छुआन प्रान्त नगरीले मेरो भित्रि आत्मामा छरिरहेको छ । श छुआन प्राप्तको साहित्य कला संस्कृति र परम्परा सोचनिय र चिन्तन गर्ने प्रवृत्तिका होलान । जुन सभ्यता र संस्कृतिको रस पुाज सलबलाई रहेका होलान् । भित्रि आत्माले चित्रण गरेर अलौकिक संसारको आनन्द लुटिरहेको महशुस हुन्छ होला । पक्कै रसपुाजको शोकाकुलमा तृप्ती मेटाउने मनका सौहार्द मेटाउने प्राकृतिक अनुपमको अनमोल प्यालाले भरिएको शहर होला । प्रकृतिले श्रृगारेको स्रष्टा र विद्धानले प्रेम गरेको छटाले मोलिएको एक सदाबहार अटल शहर होला । शायद विश्वका लागि एक पृथक अस्तित्व र अपनत्व झल्कने र सुन्दर देखिन्छ होला । शायद प्रविधि र विकासले त झन् श छुआन प्रान्तले नयाँ युगान्तकारी काँचुली फेरेको होला । साच्चै भन्ने नै हो भने मेरा भित्रि आत्माको सामुन्द्रकीक छाल उठेर भित्रि आत्मीय ज्वाला उकुस मुकुस भई तुरुन्तै श छुआनका दृश्यावलोकन गर्न गइहालू जस्तो भै हाल्छ । 

"साहित्य सभ्यता र संस्कृतिको सदाबहार सौहार्द शहर होला । जुन सभ्यता र साहित्यमा मन्त्र मुग्ध हुने मेरो अभिरुची छ ।"

यो मेरो काल्पनिक यात्राको उचाई हो । वास्तविक यथार्थ गन्तव्यमा मेल खायो भने उपल्लो श छुआन प्रान्तको प्राकृतिक सुन्दरताप्रति म मोहित भै हाल्थे । पक्कै पनि छहराको सौर्दयताले मेरो भित्र मन मुग्ध बनाउछ होला । श छुआन प्रान्तको सौर्दयता सिसाझै टल्कने हिउँ झै चम्किने आत्मियतामा जोडिने हिराको टुक्रा जस्तै होला । मनका तिर्खा मेटाउने अनुपम शहर होला प्रकृतिको अनौठा र आर्चयचकित छटा होला र वर्णन गर्न नसकिने सौर्दयताका लहर बोकेको होला । श छुआन प्रान्त अधेरीमा पनि उज्यालो झै चमक भरी प्रकाशमा तरङ्गीत भएको महशुस गराउने पर्यावरणीय स्थल होला । 

सुन्ने र पढ्नेलाई श छुआन प्रान्त नगरीको बारेमा जति अनौठो र आर्चय लाग्न सक्छ म आफैलाई पनि त्यस्तो लाग्छ कि मैले जे श छुआनका बारेमा रचिरहेको छु साच्चै निकै फरक शैली र संस्कृतिको अपनत्व र मौलिकता भएको होला । मेरो अन्दाजमो फुलका थुंगा सुनका बाला प्रकृतिका नालाका संगम स्थल होला । संसारको छानो आकाश झै भौगोलिक रुपमा श छुआन प्रान्त नगरी विश्वको प्राकृतिक विविधताको छानो होला । जहाँ हरियालीको अचल पर्यावरणीय भएको नजिक नजिक आँखा तिरमिराउने गरि आकाशबाट परार्वतन भई आएको सूर्यका सप्तरङ्गीले छरेका प्रकाशले टल्कँदा जताततै फैलिएको अग्ला होचा र बुदूने पहाड होलान । कतै खुरिखण्ड त कतै प्राचिन समयमा दरबार मठमन्दिर गुम्बाहरु प्रशस्तै होलान । विभिन्न समयमा धर्मगुरुहरुको समाधि दरबार भित्र सजिएर रहेका होलान् मन्दिर भित्र होलान् र गुम्बाहरुमा पनि । मन्दिर र गुम्बाहरु भित्र अजङ्ग विशाल मूर्ति होलान कला र कौशलले निपूर्ण वस्तुकला होलान कला र कृतिको अद्धृत संग्रहको संग्रहित पनि होला । श छुआन प्रान्तको बाहिरी आवरण दृश्य पक्कै पनि स्वर्ग जस्तै हराभरा जति हेरे पनि न सकिने सोर्दयका फाँटहरु अन्तरमनका रागहरु रमाइला जीवन्तता बोकेका अनुरागहरु………………………। 

"पक्कै पनि श छुआन प्रान्त नगरी स्वर्ग जस्तै हराभरा जति हेरे पनि नसकिने सौर्दयताका फाँटहरु अन्तरमनका रागहरु रमाइला जीवन्तता बोकेका अनुरागहरु- यिनै विविध विशेषताकै कारण गर्दा श छुआन प्रान्त जाने मेरो अत्यन्तै ठूलो भित्रि अभिरुची छ ।"

Saturday, November 5, 2011

कल्प व्रिक्ष की वीष व्रिक्ष

राष्ट्रका निम्ति 'कल्पवृक्ष'हरु 
नेपाली आमाले जन्माइन हुर्काइन
र फलदायी 'कल्प वृक्ष' बनाईन् 
तिनै 'कल्प वृक्ष'ले फलाएका 
कुनै सुपुत्रहरु मेरर 'शहिद' भए,
तिनै 'शहिद' को रगत माथि 
टेकेका अर्का सुपुत्रहरु त ! 
'विष वृक्ष'ले जन्माएका जस्ता पो ! भए 
ती 'दानव' भएर निस्के,
'बन्द', 'हड्ताल' र 'कू' गर्न तड्पिए
कैयौँ नेताको हातमा अड्किए
कैयौँ िहंसा हत्या र विकृतिमा होम्मिए 
तिनै फलदायी कल्पवृक्षका कैयौँ सुपुत्रहरु ! 
घातक विष वृक्ष बनी उमि्रए
यिनले दुःख दिन थाले पोल्न थाले
अबुझ हामीमाझ
जम्न खोजे रम्न खोजे र हडप्न खोजे 
तर 
हाम्ले प्रतिकार गर्न सकेनौँ
लखेट्न नी सकेनौँ ! 
आखिर यी दृष्ट वक्ष के चाहन्छन्
किन आफैँ छटपटाउँछन् 
शान्तिको भूमिमा युद्ध झोस्न चाहन्छन्
यिनमा विश्वास कसरी लिने
देशलाई त विगार्छन् नै हाम्लाई समेत मार्ने पो हो कि 
मातृभूमिको अस्तित्व लुट्ने पो हुन् कि 
होशियार ! बन्नुैपर्छ अब हामी
समय फेरिएको छ बदलिएको छ 
राजनैतिक अस्थिरता छ 
आफ्नै भूमिमा दाजुभाई काटिएका छन् मारिएका छन् र कुटिएका छन् 
यी सबै कू-कार्यमा
'कल्प वृक्ष कि विष विक्ष'