Tuesday, July 2, 2013

बरण्डाकी केटी

कारेश्वर मन्दिरबाट उत्तरपट्टिका आठ-दश घर छिचलेपछि कोठे निवास आउछ अर्थात् बसाइ थलो । जन्मथलो पुर्वतिर भएपनि कर्म थलो, पढ्ने थलो, भविष्य बनाउने थलो र बाँच्नेथलो यहि शहर भएको छ । र, दैनिकी जीवन दिनहुँ यहि घरको कोठे निवासबाट शुरु हुन्छ । कहि जानुपर्यो:
- ट्याम्पु स्टेशन १० मिनेट (कागत्यानी चोक)
बस स्टेशन २० मिनेट (शान्तिनगर गेट)
- कलेज १५ मिनेट (खरिबोट)
- चिया पसल मिनेट
- सब्जी पसल ५ मिनेट  
- पत्रिका पसल १२ मिनेट र अन्य...तेस्तै;
प्राय: काम विशेष कोठाबाटबाहिर निस्कदा दायाँबायाँ बरण्डा निस्केका घरतिर आखा डुलाउदै हिड्छु । बरण्डा निस्किएका घर तुलनात्मक अरू घरभन्दा राम्रा छन् । त्यो भन्दा राम्रा ती घरका मान्छे छन् । र त्यो भन्दा पनि विशेषत: मेरा लागि बा-आमाको याद गराउने बुढाबुढी बरण्डामा देखिने हुनाले आखा नडुलाइ रहनसक्दिन । प्राय: धेरैका बरण्डामा उमेर खस्किएक बुढाबुढी देख्छु , थोरैका बरण्डामा मात्र देख्छु तरूनी ।
- तरूनी ?
केहि समय अगाडी बरण्डाकी केटीको बारेमा साथिहरूमाझ गफ लडाएथे ।
साथि भन्दै थियो । अचेल के भा'छ कुन्नी सन्तुलाइ ? बरण्डाकी केटीको मात्र कुरा गर्छ । यसका आँखाले अचेल बरण्डाकी तरूनी बाहेक अरू हेर्नै छाडे बेलैमा बैंशको दर्बिलो रोग लाग्यो केटोलाइ ? अब उपचार हुन साह्रै गाह्रो छ । इडियट चोकमा साथिहरू जिस्काउथे ।
- म सुनाउथे साथिहरूलाइ ‍- 'उसो भा' ढिला नगरि फुर्सद मिल्नासाथ अस्पताल हानिनुपर्ला ।'
- साथिहरू पुन: जिस्काउदै जवाफ फर्काउथे ‍- 'अस्पताल हान्निएर के गर्छस् केटा ? औषधी बरण्डातिर छ ।'
हुन पनि हो । आजभोलि बरण्डाकी केटीको झ-झल्को अचाक्ली मष्तिष्कमा घुम्न थालेको थियो । सपनामा पनि देखिन थालेकि थिइ मोरी । र, दिनहु बाटाबाटै दुइ भर्याङ्ग दूरिमा बरण्डाकी केटीसँग भेटघाट बाक्लिएको पनि थियो ।
..
चारपाँचवटा बरण्डा भएका घर छिचलेपछि हरियो कलरको गुलाफि घरमा आँखा सधै टक्क अडिन्थे म बाटामा हिड्दै हुन्थे । बरण्डामा भर्खर नुहाएर निस्केकी एउटी केटी हुन्थी ।
बिहान कार्यालय जाने समयमा प्राय: नुहाएका ताजा छिट्टा तल बाटासम्म आउने गरि उछिट्याउथी कपालबाट । थोपाहरू प्याट्ट हिर्काउन आइपुग्थे शरिरलाइ । बाछिट्टाका पिटाइ यति नरम हुन्थे कि काउकुतिका तरंग लेराउथे शरिरमा एकचोटि । म फिस्स मुस्कुराइदिन्थे । उ पुर्लुक्क मालाइ हेर्थी र कोठा भित्र छिर्थि । म त्यहि तरंगको अनुभुति चाख्दै उकालो चढ्थे । कागत्यानि मन्दिरतिर टाउको झुकाउथे र ट्याप्पुभित्र छिर्थे
...
धेरैदिनसम्म चलिरह्यो मिनि फिल्म । उ बरण्डामा चिसा कपाल फिजार्दै देखापर्थी । म त्यहि समयमा पुग्थे । चिसा बाछिट्टा आत्तिदै मलाइ छुन आइपुग्थे । म फिस्स मुस्कुराइदिन्थे । उ पुर्लुक्क हेर्थी र कोठा भित्र छिर्थी । म गुपचुप उकालो लाग्थे । कगत्यानी मन्दिरतिर टाउको झुकाउथे र ट्याम्पुभित्र छिर्थे ।
...
- पहिलो दिन,
- दोस्रो दिन,
- तेस्रो दिन,
- चौथो दिन
- पाँचौ दिन
- छैटौ दिन र,
एक हप्ता हुँदै महिना दिनसम्म चल्यो मिनि फिल्म । उ बरण्डामा निस्केकी हुन्थी । म त्यहि बेला टुप्लुक्क पुग्थे । बरण्डाकी केटीको कपालबाट बाछिट्टा उछिट्टिएर पिट्न आउथे । प्याट्ट बजार्रिएर बिलाउथे । म उसैलाइ हेर्दै मुस्कुराएर उकालो चढ्थे । उ पुर्लुक्क हेर्थी र कोठा भित्र छिर्थि । म कागत्यानी मन्दिरतिर टाउको झुकाउथे र ट्याम्पुभित्र छिर्थे । 
बरण्डाकि केटीको घरहुँदै जानुपर्थ्यो कार्यालय । र त्यहाँबाट ट्याम्पु स्टेशन पुग्न ५ मिनेट लाग्थ्यो
- उहि समय ।
- उहि बाटो ।
- उहि घर ।
- उहि बरण्डाकी केटी ।
- उहि चिसा कपाल र चिसा बाछिट्टा । त्यहि समयमा आइपुग्छु भन्ने उसलाइ थाहा थियो र मलाइ पनि थाहा थियो त्यहि बरण्डामै हुन्छे भन्ने ।
...
एकदिन-
सधैजसो चिसो कपालमा बरण्डामा देखापर्ने केटी आज थिइन । म टक्क उभिए । टाउको घरतिर उक्लाए । कोहि देखिन बरण्डामा । हिड्नै लाग्दा त्यही केटी फुत्त बरण्डामा निस्किइ । झ्याप्प आँखा जुधे । म फुस्स मुस्कुराइदिए । उ पनि फिस्स हाँसी । म अकमकिदै उकालो चढे । केटीका कपाल चिसा थिएनन् । आज किन नुहाइन केटीले ? मनमा प्रश्न तेर्सियो । प्रश्नको वेवास्ता गर्दै कागत्यानी मन्दिरतिर टाउको झुकाएर ट्याम्पुभित्र छिरे ।
खै किन हो कुन्नी ?  आजभोलि बरण्डाकी केटी चिसा कपालमा देखिन छाडेकि'छे । चिसा बाछिट्टाको दर्शन गर्न नपाएको हप्तौ भइसकेको छ । भर्खर नुहाएर निस्कने केटी एकाएक बरण्डाबाट गाएब भएकि'छे र अर्कै भइ विभिन्न स्वरूपमा झुल्कन थालेकि'छे  
- कहिले ऐनामा अनुहार हेर्दै हुन्छे ।
- कहिले ब्रस गर्दै ।
- कहिले बरण्डाका डण्डिमा अढेस लागेर बाटातिर आँखा डुलाउदै हुन्छे
- कहिले किताब पढ्दै ।
- कहिले हातमा मोबाइल हुन्छ । आखा अन्तै ।  जब घुम्ति छलेर बरण्डा अगाडी आइपुग्छु । एकपटक झ्याप्प आँखा जुधाउछे । फिस्स मुस्कुराइदिन्छु उ फिस्स हाँस्छे । म चस्मा तल सार्दै आँखा जुधाएर एकछिन टक्क उभिइ हेर्छु उ आँखा झिम्काउदै कोठाभित्र पस्छे । म उकालो लाग्छु । कागत्यानी मन्दिरतिर टाउको झुकाउदै ट्याम्पुभित्र पस्छु ।  
आजभोलि केहि मिनेट बरण्डा अगाडीको बाटामा उभिन थालेको छु । घाटी बरण्डातिर फर्किएर टक्क अडिन थालेका छन् । मन बरण्डाकी केटीतिर । अचेल मलाइ देख्नसाथ उ डण्डिलाइ अंगालिएर मस्किन्छे । म त्यहि मस्काइको फाइदा उठाउदै आँखा झिम्काउछु । उ सर्माउदै सदाझैँ फुत्त कोठा भित्र पस्छे । म उकालो लाग्छु र कागत्यानी मन्दिरतिर टाउको झुकाउदै ट्याम्पुभित्र पस्छु ।
...
अचेल फरक स्वाद र शैलीमा दिनहुँ चल्न थालेको छ उनी र मेरो बीचको मिनी फिल्म;
म सरासर उकालो लागि कागत्यानि मन्दिरलाइ टाउको झुकाएर ट्याप्पुभित्र छिरि बाटाभरि सम्झिन थालेको छु त्यो मिनि फिल्म;
- 'हिरो बाटामा छ'
- 'होरोइन बरण्डामा'
- न उसले डाइलग मार्छे
- न म मार्छु
- बरण्डाबाट न उ बोलाउछे
- न म बाटाबाटै बोलाउछु
- न उ मलाइ देखेर हाँस्छे
- न म उसलाई देखेर हाँस्छु
- न उ हाइ र बाइ गर्छे
- न म नै गर्छु
- उ मलाइ चिन्दिन
- न म उसलाइ चिन्छु
- तर दुवै एकअर्कालाइ हेरेर मुस्कुराउछौँ । आँखा दुवैका सन्किन्छन् एक अर्कालाइ खोज्न । प्राय: दिनहु दुवैका आँखा जुध्छन् एकपटक । कहिलेकाही झिम्किन्छन् पनि । र, सोच्नथालेको छु अचेल - 'संयोग मात्र हो कि ? रहस्य केहि छ' । के 'दुइबिच घाइघुइ अंकुराउन थालेकै हो त ? व्यग्र प्रतिक्षासहित पर्खिरहेको छु । छिनोफानो टुंग्याउने दिनको । 

No comments:

Post a Comment