Saturday, November 24, 2012

प्रेम


‘नफुटेका’,
लुप्त इच्छाहरु,
अचेल,
हृदयमा हजार हुन्छ,
‘बेच्न’,
न बजार हुन्छ,
फुतफुताउँदै,
मतिष्क, युद्धको हतार हुन्छ,
खै ! किन हो ?
‘च्वास्स’,
दुखेजस्तो कता,  
र पीडामा,
‘शब्द’ आफै पागल हुन्छ,
‘सम्बन्ध’,
शब्दमा दोष नदेखाउँ,
‘साँचो प्रेम’,
वार कि पार हुन्छ
‘प्रेम युद्धमा’,
एउटा हद, अनि सिमाको तार हुन्छ,
न तरबार हुन्छ,
न दरबार
रुप र सम्पत्ति हुँदै हुन्न,
प्रेम नजरले हेर !
रंगिन पनि होइन,
श्वामश्वेत संसार र सबै ‘बराबर’ हुन्छ,   
सुन्छु,  
आजभोलि प्रेममा,
तारा झार्न तछाड-मछाड हुन्छ,
‘एक-चुम्बन’ पश्चात,
सुनको महल झैँ, त्यो प्रेम,
झुप्रो झैँ उजाड हुन्छ,
र त म भन्ने गर्छु,
शुद्ध प्रेमको हृदयमा,
‘एउटा सानो घरबार हुन्छ’
त्यहाँ प्रेम झाँगिन्छ,  
र त्यो सदाबहार हुन्छ,
प्रेमीसंग वारम्बार युद्ध गर,
र पनि,
‘प्रेम’ न बेहाल हुन्छ,
प्रेममा बरु युद्धको,
मिठो ध्वनित सुर र ताल हुन्छ
कहिल्यै नटुट्ने सञ्जाल हुन्छ
शीत युद्ध मात्र कति गर्छौँ ?
‘साँचो प्रेम गरेर हेर !’
‘फुल-फुल्छ’,
र सम्बन्धको ‘सबाल’ हुन्छ !!!