Tuesday, March 3, 2015

शक्ति मुठभेडको चित्रण



भनिन्छ राजनतीतिमा नेतृत्वको अन्तिम लक्ष्य भनेकै शक्ति हो । जब सम्म कुनै राजनीतिक योद्दा नेतृत्व तहमा अर्थात् शक्तिमा पुग्दैन तबसम्म दलीय स्व-निर्णय र कार्य असम्भव छ । त्यसै एउटा राजनीतिक चक्रव्युको पर्दापन हो नाटक— उम्बुगल्याण्डको मुठभेड ।

राजाको अप्रत्यासित मृत्यु पश्चात मुगल्याण्ड राज्यमा (मन्त्रिस्तरीय) मन्त्रिहरूबीच हुने पदीय खिचातानीलाई नाटकमा कलात्मक रूपमा देखाइएको छ । राज्यको निर्णायक पदमा को हुने भन्ने संकट उत्पन्न भएपछि मन्त्रिहरूको राजनीतिक चलखेल र खिचातानिको वास्तविकता प्रस्तुत गरिएको छ ।

नेपाली राजनीतिमा विगतका केहि वर्षदेखि देखिएको खिचातानिको प्रष्ट पर्दापन हो मुगल्याणड्को मुठभेड । समय अनुरूप नेपाली राजनीतिको बाटो र त्यसले निम्याउँदै गरेको अनिश्चित वातावरणलाई नाटकले समेटेको छ।

नाटका पात्रहरूले जिवन्त तुल्याउन शतप्रतिशत प्रयत्न गर्दागर्दै पनि वाचन शैलि र पात्रहरू बीचको तादम्यता  खस्किएको छ । पात्रहरू बीचको तालमेल त्यति सन्तोष जनक छैन र नाटक समय लामो भएको दर्शकलाई अनुभुत हुनजान्छ । तरपनि नाटक नेपाली राजनीतिक परिवेश अनुरूप शसक्त छ । एउटा उच्च कोटिको राजनीतिक सन्देश नाटकमा पाईन्छ । नाटकद्वारा राजनीतिक परिवेश चित्रण गर्न खोजिएकोले नेपाली राजनीतिमा चासो राख्ने जो कोहिका लागि  हेर्नैपर्ने नाटक बनेको छ उम्बुगल्याण्डको मुठभेड ।

भारतीय लेखक बिजय तेन्दुल्करद्बारा लिखित नाटकलाई आशान्त शर्माले नेपालीमा मञ्चन गरेका हुन् । अनामनगरस्थित मण्डला थिएटरमा लागिरहेको यो नाटक १ महिनासम्म चल्नेछ । विशेषत: मुगल्याण्ड राज्यको राजनीतिक मुठभेडमा आधारित यस नाटकमा प्रमोद अग्रहरी, सिर्जना सुब्बा, शारदा अधिकारी, लक्ष्मी बर्देवा लगायतका अन्य नाटककारहरूको अभिनय जिवन्त रहेको छ । एक्टर्स स्टुडियोको प्रस्तुती रहेको यस नाटकमा दर्शकलाई अन्तिम समयसम्म बाधेर राख्ने सामर्थ्य छ ।  

No comments:

Post a Comment