Friday, October 21, 2011

अन्तरमनको यात्रा सस्मरन


राजधानीसमेत रहेको मध्यमाञ्चल विकास क्षेत्रमा पर्ने रामेछाप जिल्ला सेवा र सुविधाको हिसाबले यस विकास क्षेत्रको लागि कर्णाली भन्दा फरक नपर्ला ? तर नेपाली राजनीति, कला, साहित्य, उद्योगी, व्यापारी, विद्धान, सँस्कृतिकर्मी र संचारकर्मी जस्ता विभिन्न क्षेत्रमा सबैजसो प्रतिभा भने रामेछापले नजन्माएको होइन । नेपाली साहित्यको फाँटमा उदाएका प्रथम साहित्यकार सुब्बा कृष्णलाल अधिकारी र जनताका लागि ज्यान बलिदान दिएका महान् शहिद गंगलाल श्रेष्ठ पनि रामेछापमा नै जन्मिएका सपूत हुन् । त्यस्तै आँसु र हाँसोको संगम जीवनमा पीडाको दर्दबोकि मृत्युसँग जुधिरहेका अर्का पछिल्ला साहित्यकार स्रष्टा जगदिश घिमिरे पनि रामेछापमा नै जन्मिएका सपुत हुन् । रामेछापको मन्थलीमा २००२ सालमा जन्मिएका जगदिश घिमिरेले आफ्नो साहित्यिक जीवन यात्रा 'लिलाम' उपन्यासबाट शुरुवात गर्नु भएको थियो । झण्डै आधादर्जन जति कृति प्रकाशित गरिसकेका र आधादर्जन जति कृति प्रकाशोन्मुख अवस्थामा रहेको जगदिश घिमिरेको जीवन भोगाइबाट जन्मिएको उत्कृष्ट कृति 'अन्र्तमनको यात्रा' पनि हो । यस कृतिले उनलाई मदन पुरस्कार दिलायो । हुनतः दुई दिनको छोटो जीवन यात्रामा उनले क्यान्सरको पीडा भोगेता पनि त्यसको परवाह नगरी सबैलाई पढ्नै पर्ने एउटा अमूल्य कृति साहित्य जगतका लागि जन्माइदिए । भनिन्छ "हरेक मानिससँग एउटा प्रतिभा हुन्छ ।" त्यसलाई चिन्न सक्नुपर्छ । जसले चिन्ने प्रयत्न गर्छ उसैले जीवन बझ्छ । त्यति मात्र कहाँ हो र साहित्यिक फाँटमा नयाँ उपहार बोकि उदाउनको लागि जीवन दुःखमा पर्नुपर्छ भत्किनुपर्छ विगि्रनुपर्छ अनि बल्ल ऊ चिन्तनमा डुब्न बाध्य हुन्छ । त्यही चिन्तनबाट उब्जिन्छन् मिठास रसका थैला । जगदिश घिमिरेको 'अन्र्तमनको यात्रा' पनि तिनै रसका थैला हो जुन जीवन चिन्तनले नै जन्माएको हो । जीवन जब शोकमग्न हुन्छ तब मानिस सोच्न थाल्छ । त्यो पनि जीवनका विविध पाटा र पक्षमा विविध विषयवस्तुमाथि र त्यही सोचाइको क्रममा एउटा यस्तो उपज जन्मन्छ जसले एकपटक सबैको मन जित्छ । त्यही जन्म हो 'अन्र्तमनको यात्रा' । हुनतः सबैले प्राय दुःख झेलेकै हुन्छ । संसारको रसत्व जीवनको महत्त्व जसले बुझ्नेछ । ऊ नै स्रष्टा कवि महान् व्यक्ति विद्धान या कलाकार हुँदोरहेछ । जीवनमा कहिले हाँसोको बाहार आउँछ भने कहिले रोदन । यो जगदिश घिमिरेका लागि सत्यता साबित भयो । ढाड क्यान्सरका कारणले गर्दा उनको जीवनले पीडामा पनि गर्व र साहस बटुली साहित्य जगतमा एउटा नयाँ उचाइ थपिदिनु भएको छ । प्रायः हरेक मानिसको जीवनमा साहित्य हुन्छ । साहित्यप्रति मोह हुन्छ तर साहित्यका कृत्रि भने हरेकले लेख्न सक्दैनन् जसले लेख्छ उसको साहित्यमा जीवन्तता पाइन्छ त्यो जीवन्तता उनको दृढ अठोटले जन्माएको कृति 'अन्र्तमनको यात्रामा' पनि छ । उनको कृति 'अन्र्तमनको यात्रा'ले देश विदेश सबैतिर चर्चा कमाएको छ भने रामेछापलाई पनि चिनाएको छ । जसले रामेछापका हजारौँ युवा÷युवतीलाई एउटा नौलो आशा सँगै साहस दिएको छ । प्रगतिको चुली चुम्न सक्ने दृढ संकल्प दिएको छ र केही गर्नुपर्छ भन्ने कहिल्यै नमिटिने छाप पारेको छ । स्रष्टा घिमिरेको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै,

हिड्नुस सधैँ निडर बनी सदासदाका लागि
हिड्दा नै पाइन्छ अनेकता र विभिन्नता पनि
हिड्दा हिड्दै जीवन फुल्छ फल्छ र ओइलिन्छ
कसलाई पो जीवन यात्रा थाहा हुन्छ

अन्त्यमा स्रष्टा घिमिरे र उहाँको 'अन्र्तमनको यात्रा' कृतिलाई पनि साहित्यिक जाधौं ज्ञापन गर्दै उहाँ र उहाँको कृति प्रति यो सानो टुक्का समर्पण गर्न चाहन्छु । 

हिजोका दिन सम्झिँदा आज सपना झैँ भए
खुशिको क्षण खोज्दै ती चिन्तनमा डुबे
बाँच्दैछन् आज भोलि जीउँदै लास बनी
खोज्दैछन् जीवन अझैँ धेरै कष्ठ भोगिरहँदा पनि । 
आँसु झारी रुने होइन हाँस्न सिक्नुपर्छ
हाँसोको बाहार ल्याउन पिर बुझ्नु पर्छ
दःख के हो पीडा के हो बुझ्न कठिन पर्छ
जीवन बुझ्न 'अन्र्तमनको यात्रा' पढ्नुपर्छ ॥ 

No comments:

Post a Comment