राजनेता विपिले भनेका थिए- 'सामान्य घर चलाउन
सक्नेले देश चलाउन सक्छ' । तर, यहाँ नेताले आफ्नै घर त के ? देश त झन् परको कुरा ।
एक नेता थिए । गाउकै चिनौटे । माख्लो टोलका । नाताले
काका । थर कार्की ।
मन्त्री भईसकेका
गाउँका ती काकालाई अतितका ती दिनहरूमा काकिले
जहिल्य हपार्थिन् । इ कानले झण्डै एक मुरी जत्ति गालिगलौज सुने होलान । गालि पनि
किन नगरून ? काका हुनाहार काम ठग- धुर्मुस । खाने,
बस्ने र, हिड्नेको टुंगै थेन । घरमा सँधै एक्लै हुन्थिन् काकि । घरधन्दा, खेतिपाती
र बालबच्चा सम्हाल्नै चौपट्ट पर्थ्यो । कति कठिन थिए ती दिन ? काकि मन थामथमाउन पँधेरीसाथिसंगीमाझ
दु:खका आँशु पोख्थिन ।
'कस्तो जीन्दगीकै टुंगो नभएको मान्छे ?'
छ्या ! लोग्ने मान्छे यस्ता पनि हुन्छन् । गाउलेहरू
नाक खुम्च्याउथे । अनि, यस्ता मान्छेको भर पर्यो भने घरको व्यवस्थापन
हन्छ र ? कैयौँ चिनारूहरूले काकाको हर्कतमा खोट देखाउथे । धन्न
काकी बाठी । जेनतेन घर धानेकै थिइन्
।
'छोरा मान्छे जस्तो हुनु नी व्यवहारमा । के सारो
फिरन्ते भका । कुरा ओथर्यो । चुरोट सल्कायो । कोरम पुगे तास फिट्यो ।' काकि सँधै
डिलबाट कराउथिन् ।
काकाले जानेको एउटै गतिलो काम थियो - 'गफ दिने' । गाउँका
नेता भन्थे । स-साना टेण्डरका नायिके बने । हेर्दाहेर्दै जिल्लाका नेता भए । पछि
सांसद । मन्त्रि पनि भए क्यार !
चिट्टै पर्यो नी ! शहराँ घर जोडे । गाडी चढे । गाउलेबाट
शहरिया बन्न पुगे । तर, गाउ भने चटक्कै विर्षे । ऐल्य- 'मन्त्रि भका काका चुपचाप देखिन्छन्'
। त्यत्ति बोल्दैनन् । उन्लाइ थाछ । र, पश्चताप पनि छ । उनी नेता हुन योग्य थिएनन्
। न एजेण्डा थियो, न सिदान्त । गाऊ विकासका लक्ष्य त हुने कुरै भएन । त्यतिबेला
जिल्लाका टेण्डर नेता थिए । हुँदाहुँदै केन्द्रका टेण्डर नायिके भए । पार्टिलाइ
पैसा पेल्न सक्ने भएपछि जनताका नेतै बने ।
ऐल्य, काकी त्यस्तै । गफ दिन खप्पिस । महिला नेता रे
! कुन्नि के दल्को ? पार्टिको हर्ताकर्ता पो छिन रे !
चुनावमा उठ्ने भएपछि भोट माग्न गाऊ पसेकि
थिइन रे !
उनै काकी जो हिजो गाउमा खेतिपाती गर्थिन् । दु:खका
आँशु चुहाउथिन् । स-साना कार्यक्रममा सहभागि हुँदा, दुई कक्षे पढाइ, ल्याप्चे
कता लगाउने नाती । भुराभुरिलाई सोध्थिन् ।
यायावर पतिलाइ सुधार्न गालिगलौज घरको डिलबाट हुर्याउथिन
। तिनै काकी जो नेता बनी आज भोट माग्न
गाऊ पसिन । गाउलेहरू आधुनिक काकिलाइ देखेर दंग थिए । काकी
राजनीतिका कुरा छाट्ने भइछिन । गाउलेहरूलाई विकासका
कुरा सुनाउने भइछिन । गाउको विकास गर्न सक्ने सामर्थ्यकी भइछिन । वास्तवमा,
गाउकै नेता बन्ने सामर्थ्य वा योग्य नभएकि काकि । गाउकै
एक बुद्दिजिवी (गाउमै खेतिपाति गर्छन्) लाई भोट हाल्न अनुरोध गर्दै, धेरै कुराको प्रतिवद्धता
जायर गर्दै भनिछिन्- 'गाउमा 'गोरूरहित कृषि विकास गर्दिनेछु ।'
ती बुद्दिजिवी सुनाउदै थिए- 'गोरू रहित अर्थात्
आधुनिक खेति ।' भन्न खोज्नु भएको थियो होला, महिला नेतृ
महोदयले । गोरूरहित कृषि विकास भन्नाले खेतिपातिमा आधुनिक औजारको प्रयोग हुनजान्छ
। गाउमा बाटै छैन । बेगम ट्याक्टर कसरि आउला । अन्य औजार कसरि भित्र्याइएला । हरे,
चुनावि देशका नेता । र, उस्तै पुराना नेता । देशमा इ भन्दा गतिला नेता नभएकै हुन्
?
बेलडाँडे चिया पसलमा दुध बेच्न आउदा, छुस्स गुनासो चुहाएर
गए ।