Tuesday, May 28, 2013

शहर

''
पहाडे केटो
पोरपरारको हिउँदमा
पढ्न शहर झरेथे
अक्षरका पहाड
चढ्न झरेथे,
पहाड चढेका,
दरबिला खुट्टा
बा, आमाको आशिर्वाद र साथ
अनि थिए म सँग इमान्दारिका स्वच्छ आदत !
तर अचानक
हिजो झरिको हिलोमा
चिप्लिए खुट्टा
म चिप्लिए
वा आदत चिप्लियो
पत्तै पाइन
किनकि
यहाँ प्रत्येकले
चिप्ल्याउछन धेरै कुरा

Tuesday, May 21, 2013

इतिहास-२ (गोरखा दरबार संग्रालय)

शाहवंशीय गोरखा राज्य स्थापना पूर्वको गोरखाको संक्षिप्त इतिहास
नेपालको प्रामाणिक इतिहास अहिले भन्दा १५०० वर्ष अघिदेखि अर्थात् लिच्छविकालदेखि रहेको पाइन्छ । लिच्छविकालका अभिलेखहरू र तात्कालिक अरू ऐतिहासिक प्रमाणबाट प्राचीनकालमा नेपाल राज्य ठूलो थियो भन्ने कुरा सिद्ध भइसकेको छ ।
गोरखामा लिच्छविकालका दुईवटा शिलालेख पाइएका छन् । राजा शिवदेव (द्धितिय) र उनका छोरा राजा जयदेव (द्धितिय) का ती शिलालेखबाट लिच्छविकालदेखि नै गोरखाको विशिष्ट स्थान रहेको देखिन्छ ।
नेपालको धेरै भू-भागमा र हाल भारत अन्तर्गतका कुमाउँ गढवालमा तथा पश्चिमी भोटमा समेत आफ्नो राज्य फैलाउन सफल भएका सिँजाका मल्लहरूको शासन अन्तर्गत केही काल गोरखा रहेको पाइन्छ । सिँजाका मल्लहरूको राज्य टुक्रिएपछि गोरखा केही समय डोटी राज्य अन्तर्गत, केही समय यक्ष मल्लको शासन अन्तर्गत र केही समय मुकुन्द सेनको शासन अन्तर्गत पनि रहेको पाइन्छ । मुकुन्द सेनको शासन अलि कमजोर भएपछि उठेका स्थानीय शासक अन्तर्गत रहेको गोरखालाई आफ्नो अधिकारमा ल्याई द्रव्य शाहबाट गोरखामा शाहवंशको स्थापना भएको पाइन्छ ।

शाहवंशीय गोरखा राज्यको स्थापना
मुकुन्द सेनको प्रभाव कम हुँदै गएपछि गोरखाका स्थानीय शासकहरूको रजाइँ चल्यो । तर गोरखाका सबै बासिन्दा उनीहरूको शासनबाट त्यति सन्तुष्ट हुन सकेका थिएनन् । गोरखाको पश्चिमपट्टि रहेको लमजुङ्गका राजा यशोब्रह्म शाहका छोरा राजकुमार द्रव्य शाह शुरुदेखि नै महत्वकाङ्क्षी स्वभावका थिए । आफु जेठो नभएको कारणले लमजुङ राज्यमा पनि द्रव्य शाहको खास चल्थेन । यस कारण कुनै नयाँ राज्य जिती त्यसमा आफ्नो अधिकार स्थापना गर्न पाए हुन्थ्यो भन्ने विचार थियो । यता गोरखाका प्रभावशाली मानिसहरू गणेश पाँडे र नारायणदास अर्ज्याल द्रव्य शाहको सम्पर्कमा आए । द्रव्य शाहबाट सर्वप्रथम लिगलिगमा आफ्नो अधिकार जमाइ लिगलिगबाट अघि बढ्दै वि.सं. १६१६ भाद्रमा गोरखा विजय गरे । यसरी गोरखामा शाह वंसको राज्यको स्थापना भएको हो ।

शाहवंशको संक्षिप्त इतिहास
लमजुङका राजा यशोब्रह्म शाहका छोरा राजकुमार द्रव्य शाहबाट वि.सं.१६१६ मा गोरखा राज्यको स्थापना गरे । द्रव्य शाहपछि क्रमश: पूर्ण शाह, छत्र शाह राजा भए । छत्र शाहको स्वर्गारोहण पछि उनका छोरा नहुनाले उनैका भाइ राम शाह राजा भए । राम शाहपछि क्रमश: डम्बर शाह, कृष्ण शाह, रुद्र शाह, पृथ्वीपति शाह राजा भए ।  राजा पृथ्वीपति शाहका जेठा छोरा वीरभद्र शाहको युवराज छँदै स्वर्गारोहण भएकोले पृथ्वीपति पछि वीरभद्रका छोरा नरभूपाल शाह राजा भए । नरभूपाल शाहपछि श्री ५ बडमहाराजधिराज पृथ्वीनारायण शाह राजा भए । उनीले नेपाल एकीकरणको अभियान प्रारम्भ गरे भने वि.सं. १८३१ मा उनको स्वर्गारोहण पश्चात् छोरा प्रतापसिंह शाहबाट राजगद्दी सम्हाले । तिनै शाह वंश राजाहरूको विवरण:

१. राजा द्रव्य शाह (राज्यकाल वि.सं. १६१६-१६२७ आसन्न)
तल्लो दरबार संग्रालय, गोरखा
लमजुङ्गका राजा यशोब्रम्ह शाहका छोरा राजकुमार द्रव्य शाहबाट सर्वप्रथम लिगलिग विजय गरी आफ्नो विजय अभियान शुरू गरे । राजा द्रव्य शाहले यस कामका लागि पाँडे, पन्त, अर्ज्याल, खनाल, राना र बोहरा यी ६ थरको सहयोग लिए । त्यसैले पछि यिनीहरू ६ थरी कहलाइएका थिए । गणेश पाँडे र नारायणदास अर्ज्यालले विजय अभियानमा राजा द्रव्य शाहलाई विशेष रूपमा सघाएका थिए । वि.सं.१६१६ मा गोरखालाई विजय गरी राजा द्रव्य शाहले गोरखा राज्यको स्थापना गरे । गोरखाको पस्लाङ्गमा राजा द्रव्य शाहको राज्याभिषेक भएको थियो भन्ने जनश्रुति रहेको छ । राजा द्रव्य शाहको शुभराज्याभिषेक वि.सं. १६१६ भाद्रमा नारायण दास अर्ज्यालद्धारा सम्पन्न गरिएको थियो । त्यस पछि राजा द्रव्य शाहले क्रमश: सिरानचोक र अजिरगढ जितेर आफ्नो राज्यलाई पश्चिममा चेपे र पूर्वमा बूढी गण्डकीसम्म विस्तार गरेका थिए ।

२.राजा पूर्ण शाह (राज्यकाल वि.सं.१६२७-१६६२ आसन्न)
तल्लो दरबार संग्रालय, गोरखा
राजा द्रव्य शाहपछि उनका छोरा पूर्ण शाह गोरखाका राजा भए । राजा द्रव्य शाहबाट विजय गरेकोले लिगलिगामा लमजुङ्गले आक्रमण गर्दा राजा पूर्ण शाहले त्यसलाइ जोगाउन निकै मेहनत गर्नुपर्यो । साथ साथै गोरखा राज्यलाई बढाउने काम पनि राजा पूर्ण शाहबाट भयो । यसैक्रममा राजा द्रव्य शाहबाट गोरखाको उत्तरी भेगको अजिरगढसम्म मात्र आफ्नो राज्य पुर्याएकोमा राजा पूर्ण शाहबाट त्यसलाई बढाएर बारपाकसम्म पुर्याए । यसपछि राजा पूर्ण शाहबाट सल्यान, खरी, मैदी र धादिङ्ग समेत जितेर आफ्नो राज्यलाई त्रिशूलीसम्म विस्तार गरे ।

३. राजा छत्र शाह ( राज्यकाल वि.सं. १६६६ आसन्न)
तल्लो दरबार संग्रालय, गोरखा
राजा पूर्ण शाहपछि उनका जेठा छोरा राजा छत्र शाह गोरखाका राजा भए तर उनको राज्यकाल छोटो समय मात्र रह्यो । यसैले गर्दा धेरै काम गर्न पाएनन् । बुबा पूर्ण शाहबाट जितेको बारपाकको एक भाग सिमजुङ्गमा उठेको विद्रोहलाई भने छत्र शाहले शान्त पारे । उनी उत्साही भए र उनले नेपाल खाल्डोमा आक्रमण गरी त्यसलाई जित्ने लक्ष्य लिए । वि.सं.१६६६ मा राजा छत्र शाहले नगरा बनाउन लगाए र हात्तीमा चढी दुईतिर नगरा झुण्ड्याइ लड्न जाने लक्ष्य लिए । तर चाँडै नै उनको स्वर्गारोहण भएकोले उक्त इच्छा पूरा हुन सकेन । 
अघिल्लो दुइ पोष्ट पढ्नको लागि तलको यो लिंकमा जानुहोस् । 

Monday, May 13, 2013

इतिहास-१ (गोरखा दरबार संग्रालय)

नेपाल एकिकरणका नायक पृथ्विनारायण शाहले युद्रमा प्रयोग गरेका हतियार; तल्लो दरबार संग्रालयमा संग्रहित गरी राखिएका केहि हतियार तथा यद्ध सामग्रीका तस्बीरहरू: 

१. तोप:
तल्लो दरबार, गोरखा © -सन्तोष

२. बन्दुक तथा अन्य युद्र सामग्री: 


तल्लो दरबार, गोरखा © -सन्तोष

तल्लो दरबार, गोरखा © -सन्तोष

तल्लो दरबार, गोरखा © -सन्तोष

तल्लो दरबार, गोरखा © -सन्तोष

तल्लो दरबार, गोरखा © -सन्तोष

तल्लो दरबार, गोरखा © -सन्तोष

- कृपया अनुमतिबिना फोटोको प्रयोग सख्त मनाही छ । धन्यवाद ! - सन्तोष पौडेल 

Thursday, May 9, 2013

आमा

उबेला,
सानै छँदा;
घर माथिको सुलिथुम्का डाँडालाई,
बिहानै,
घामको पहेलो फुर्कोले चुम्दा;
लिप्दै गरेकी आमालाई,
झ्यालबाट म सोध्थे?
आमा;
घामले झैँ परैबाट चुम्देउ न !

सानो स्वरमा;
आमाको जवाफ कानतिर उक्लिन्थ्यो,
तँलाइ छाडि,
आकाश चाँडै उक्लिनु परे,
चन्द्रमाको फुर्कोको सहायताले;
चुम्दिउला;
सुम्सुमाउला;
चन्द्रमा झुल्किदाँ,
मुन्टो झ्यालबाहिर निकाल्नु;
...
'आमा' सम्झेर;
धेरैले मुन्टो निकाल्थे रे !
'आमा' -सुनाउथिन;
उबेला,
सानै छँदा; 

Sunday, May 5, 2013

इतिहास (गोरखा दरबार संग्रालय)

'चार वर्ण छत्तिस जातको साझा फुलबारी'  नेपाल भित्र रहेका विभिन्न जातीय रंगिविरंगी फुलका थुंगाहरूलाइ समेटेर एकताको सिंगो माला गुथ्ने नायक,  छरिएर रहेका राज्यहरूलाई सिंगो नेपाल बनाउने नायक अर्थात् नेपाल एकिकरणका नायकराजा पृथ्वीनारायण शाहको देश अर्थात  गोरखा जिल्लाको केहि दिन अघि भ्रमण गर्ने अवसर जुर्यो । ऐतिहासिक गोरखा दरबार भ्रमणका क्रममा तल्लो दरबार संग्रालयभित्र परम्परागत शैलिमा राखिएका मौलिक भेषभुषाले आभुषित केही जातजातीहरूको मुर्ति तथा सामानहरू थिए  ऐतिहासिक महत्व राख्ने ती तस्बीरहरू: 

१. परम्परागत पेशाको रूपमा चक्रको सहायताले माटोको भाँडा बनाउदै कुमाल जाति

तल्लो दरबार, गोरखा © -सन्तोष

तल्लो दरबार, गोरखा © -सन्तोष

२. झ्याँगा— परम्परागत पकाउने भाँडा
तल्लो दरबार, गोरखा © -सन्तोष
तल्लो दरबार, गोरखा © -सन्तोष

३. धनुष बाणको सहायताले जंगलमा शिकार गर्दै लोपन्मुख कुसुण्डा जाति
तल्लो दरबार, गोरखा © -सन्तोष

तल्लो दरबार, गोरखा © -सन्तोष

४. बदामेः परम्परागत पकाउने भाँडा
तल्लो दरबार, गोरखा © -सन्तोष

तल्लो दरबार, गोरखा © -सन्तोष

५. परम्परागत शेर्पा भेषभुषामा शेर्पा जोडी
तल्लो दरबार, गोरखा © -सन्तोष

तल्लो दरबार, गोरखा © -सन्तोष

६. आरनमा फलामका सामान बनाउदै, परम्परागत भेषभुषामा जनजाती जोडी
तल्लो दरबार, गोरखा © -सन्तोष
(कृपया अनुमतिबिना फोटोको प्रयोग सख्त मनाही छ, © सन्तोष पौडेल