Saturday, September 15, 2012

'अर्थशास्त्र'मा प्रयोग हुने महत्वपूर्ण 'शब्द' र अर्थ

'अर्थशास्त्र' एक गहन तथा जटिल विषय हो । यसमा प्रयोग हुने विभिन्न शब्द र तिनको अर्थ अत्यन्तै जटिल तथा कठिन हुन्छ । कतिपय शब्दहरु नेपालीमा ठ्याक्कै अर्थ्याउन गाह्रो हुन्छ र बुझ्नपनि । तसर्थ, 'धन' उपार्जन र उपार्जित धनबाट पुन: उचित प्रतिफलका लागि लगानीका क्षेत्रहरुको पहिचान र आर्थिक कृयाकलापमा देखा परेका समस्याहरुको समाधानको उपाय सिकाउने अर्थशास्त्रमा प्रयोग हुने पढेका दुइ किताव A Choice: a fable of free trade and protectionism common sense of economics मा भेटिएका महत्वपूर्ण शब्दहरुको अर्थसहित नेपालीमा अनुवाद गरेको छु:      

"शब्द र अर्थ"
आय कर दर: जम्मा आम्दानीमा लाग्ने करको निश्चित प्रतिशत दर । 
सन्तुलित बजेट: आम्दानीका विभिन्न सरकारी स्रोत जस्तै: कर, शुल्क तथा अन्यस्रोतबाट प्राप्त वर्तमान खुद आम्दानी र वर्तमान खर्च बराबरीको वित्तिय अवस्था नै सन्तुलित बजेट हो ।
घाटा बजेट: साधारणतया एक वर्ष वा निश्चित समय अवधिमा विभिन्न स्रोतबाट प्राप्त खुद आम्दानी रकम भन्दा विभिन्न विकास क्षेत्रमा भएको बढी खर्च रकम घाटा बजेट हो ।
बजेट सरप्लस: साधारणतया एक वर्ष वा निश्चित समय अवधिमा खुद आम्दानी रकम भन्दा विभिन्न विकास क्षेत्रमा भएको कम खर्च रकम बजेट सरप्लस हो ।
पूँजी पलायन: स्टक, बोण्ड र अन्य पूँजीगत सम्पत्तिहरुको तरलता (विक्रिको अवस्था) को अवस्था अर्थात सरकारी नीतिकाका कारण व्यावसायिक वातावरण नहुँदा नीजि लगानीकर्ताहरु बाहिरिने क्रम (विदेशी लगानीतर्फ आकर्षित हुनु वा लगानी गर्नु) पूँजी पलायन हो ।
पूँजी संरचना: भविष्यमा उत्पादकत्व वृद्धि गर्नका लागि श्रम, पूँजी, मेशिनरी, भवन लगाय अन्य औजारहरुको उत्पादन तथा संकलन पूँजी संरचना हो । र, मानवीय पूँजी सुधारका लागि मानवीय स्रोत जस्तै: कामदार तथा कर्मचारीहरुमा ज्ञान, दक्षता र सीपमा सुधार ल्याउनु ताकि भविष्यमा उत्पादकत्व वृद्धि गर्न सक्षम रहुन् ।
पूँजी आयात: विदेशी लगानीकर्ताहरुले स्वदेशी सरकारी स्टक, बोण्ड तथा अन्य पूँजीगत सम्पत्तीहरुमा खर्च गर्नु वा स्वीकृति जनाउँनु पूँजी आयात हो ।
पूँजी बजार : जहाँ लगानीकर्ताहरुले स्टक, बोण्ड तथा अन्य पूँजीगत सम्पत्तिहरुको किन बेच गर्न सक्छन् ।  
पूँजी निर्यात: स्वदेशी लगानीकर्ताहरुले विदेशी सरकारी स्टक, बोण्ड तथा अन्य पूँजीगत सम्पत्तीहरुमा खर्च गर्नु वा स्वीकृति जनाउँनु पूँजी निर्यात हो ।
प्रतिस्पर्धा: विभिन्न उत्पादक तथा आगत आपूर्तिहरु बीच बजारमा देखिएको चुनौति समाधान गर्दै बजार हिस्सा ओगट्न प्रयत्नशिल एक गतिशिल प्रकृया हो । जहाँ प्रत्येकले विचरणिय मूल्य, गुणस्तर र उत्पादन सम्बन्धी जानकारी सुचित गराइ क्रेतासंग बढी बस्तु आपूर्तीका लागि उत्तम कारोबार गर्ने प्रयत्न गरिरहेका हुन्छन् । र, बजारभित्र विभिन्न समुहहरु खुल्लारुपमा प्रतिस्पर्धामा संलग्न हुने भएकोले विभिन्न आपूर्तिकर्ता तथा सहजकर्ताहरुले बजार प्रवेश गर्न सरकारको अनुमति लिइरहनु पर्दैन् ।  
चक्रिय ब्याज: चक्रिय (अघिल्लो) समयावधिमा प्राप्त निश्चित दरको प्रतिफल (ब्याज) ।
परिपूरक: एक अर्काको सट्टामा प्रयोग हुने विभिन्न उत्पादित वस्तुको मूल्य बीच विपरित सम्बन्ध हुनु वा विपरित अनुपातमा उत्पादित वस्तुको प्रयोग हुनु । जस्तै: कुनै एउटा उत्पादित वस्तुको मूल्यमा वृद्धि हुँदा अर्को उत्पादित वस्तुको मागमा कमि आउँनु वा कुनै उत्पादित वस्तुको मुल्यमा आएको कमिको कारणले कुनै अर्को उत्पादित वस्तुको मागमा वृद्धि हुनु । उदाहरणको लागि लिन सकिन्छ; चिया र कफि, जुत्ता र मजा आदी ।   (.......क्रमश:)

No comments:

Post a Comment