सन् २०००
देखि बर्षेनी अगष्ट १२ को दिन अर्न्तराष्ट्रिय युवा दिवस मनाँइदै आएको छ । यस वर्ष पनि 'युवा दिवस' विगत वर्ष झै विश्वभरिका युवासँग 'साथ साथ, संगै संगै' को सहकार्य अभियानमा छ । र, नारामा भनिएकै छ— "सुन्दर विश्व
निर्माणका लागि युवा संगको सहकार्य ।"
विश्वका
प्राय: सबै देशले विकास र परिवर्तनलाई आत्मासाथ गर्न युवाशक्ति परिचालन
र सहकार्य अत्यन्तै आवश्यक छ, भनिरहँदा नेपालमा भने युवा को अवस्था कस्तो छ ? राज्यले युवाशक्तिको सहि परिचालन र
सदुपयोग साच्चै गर्न सकेको छ कि छैन ? भन्ने यावत प्रश्नहरूमा हज्जारौँको प्रस्ट उत्तर
छ र जो कोहिलाई सोध्दा उत्तर थुकका छिट्टा भन्दा
पहिले ठोक्किन आइपुग्छ— भने जस्तो युवाशक्तिको सदुपयोग छैन । देशमा युवाको अवस्था अष्पष्ट र
जटिल छ । सहि तरिकाले सम्बोधन हुन सकेको छैन । नाजुक, पीडादायिक छ।
आज 'अर्न्तराष्ट्रिय युवा दिवस' मनाइरहँदा लेख्न मन लागेको कुरा के
हो भने देशमा नेताको कुरा, पत्रकारको
कुरा, कलाकारको कुरा, नागरिक समाज तथा अगुवाइको कुरा, उद्यमीको कुरा (केहि राम्रा) पनि छन् । तर धेरै जसो अर्थहिन, स्वादहिन र वेकम्माको तीतो
यथार्थका छन् । र पनि संचार क्षेत्रमा हरेकदिन अर्थात् पत्रपत्रिका टेलिभिजनमा हेडलाइन भईरहेका छन् । तर यहाँ
सकरात्मक सन्देश सहित हज्जारौँ युवा छन् जो देशका लागि केहि गर्न मरिमेटेर पसिना बगाइरहेका
छन् । ती जमातको प्रयत्न र कामको कुरा कहाँ छ ? को सुन्छ ? सुनाउँने को छ ? र, देशमा केहि गर्ने
मनसायका युवा के
गर्दै छन् ?
युवाशक्तिको सदुपयोग तथा संचालन
गर्न स्थापना भएका सम्बन्धित निकाय र संयन्त्र के गर्दै छ ? हालसम्मको प्रगतीको अवस्था कस्तो छ ? भन्ने विषयमा आम युवाहरूलाई न जानकारी छ, न त्यस्ता कुनै लक्षित कार्यक्रमको
अवसर नै । यसर्थ,
यस विषयमा
स्पष्टरुपले सम्बोधन हुनु अत्यन्तै आवश्यक रहेको देखिन्छ । देश विकास तथा
अर्थतन्त्रको धरोहर मानिने युवाशक्ति देशमा निष्कृय तथा लुप्त अवस्थामा छ । सबैमा सर्वविदितै छ— न अवसरको प्रस्फुटन छ, न युवाशक्तिको सदुपयोग । युवाशक्तिलाइ
बेवास्ता गरेर देश विकासको सपना देख्नु-देखाउनु घुमिफिरि कुरो उही हुन
आउँछ नेताले देशको समग्र अवस्थालाई नबुझी भाषणमा स्वीजरल्याण्ड बनाउँछु भने जस्तै
। तसर्थ "युवासँग कुरा होइन काम गर, युवालाई प्रयोग र सम्मान
गर ।" युवाका कुरालाइ पनि प्राथमिकतामा राखि सहकार्य
तथा समन्वय गर्दै अगाडी
बढ्दा बृहत्तर विकासमा जोड पुग्ने हुनाले राष्ट्रलाई ऐतिहासिक
उचाईतिर लम्कन अवश्य सहयोग पुग्नेछ ।
र, त्यस्ता सहकार्यमा युवालाइ लक्षित
गरी स्वरोजगारका कार्यक्रम संचालनमा ल्याइनु पर्छ । एउटा भनाई छ—भोको पेटले न शान्ति आउँछ, न क्रान्ति नै सफल हुन्छ
। त्यस्तै
युवाशक्तिको सदुपयोग नगरि देश विकास कसरी सम्भव छ ? देश विकास र अर्थतनत्रको सबलिकरणको
लागि स्वरोजगारका कार्यक्रम तथा देशमा औद्योगिकरणको वातावरण सिर्जना
गर्नुपर्छ । खेर गइ रहेका युवा शक्तिलाइ उत्पादनशिल
क्षेत्रमा प्रयोग गर्नुपर्छ । शिक्षित तथा अशिक्षित दुवै
प्रकारका वेरोजगार
युवाहरुलाइ क्षमता अनुरूपको अवसर उपलब्ध गराउन विभिन्न व्यवसायिक कार्यक्रम, तालिम तथा आर्थिक सहयोग गर्न
सरकारले नीति तथा कार्यक्रम बनाइ संचालन गर्नुपर्छ । तब न देशको द्रुतर विकासमा
युवाको महत्वपूर्ण भूमिका देखिन्छ । तर बिडम्बना ठुलो मात्रामा एकातिर प्राकृतिक
स्रोत खेर गैरहेको छ भने झण्डै ४० लाख भन्दा बढी युवाशक्ति विदेशमा श्रम
बेच्न बाध्य छन र चौमासिक रुपमा ३/३ लाख युवाशक्ति विदेशिने क्रम
जारि छ । भनेपछि देशमा युवासँगको सहकार्य र युवाशक्तिको सम्बोधन
हुन नसकेको कुरा घाम झै छर्लङ्ग छ । बढ्दो राजनीतिक अस्थिरता तथा
संक्रमणले कैयौँ युवाविद्यार्थीहरू
दलगत हतियार भएका
छन् । युवाशक्तिको समुचित सम्बोधन हुन नसक्नाले विविध क्षेत्रमा विकृति, विसंगती, एक अर्काप्रतिको बढ्दो वितृष्णा, असहयोग र मनमुटाव जस्ता
विसंगतीहरू बढ्दो
रुपमा देखिएको छ ।
अब, समाधान
के ? भन्दैगर्दा कुमालेको कलात्मक हातले बनाइएका माटोका सुन्दर भाडा झै युवाहरूलाई अवसर दिने
वातावरण सिर्जना गर्नुपर्छ । हरेक क्षेत्रमा युवाशक्तिको पहुँचलाइ विस्तार गर्ने, क्षमता वृद्धि गर्ने हो भने विश्वका युवाहरूले गर्न सक्ने काम के नेपाली युवाले गर्न
सक्दैनन् ? अवश्य गर्न सक्छन् । यहाँ कार्यक्षमता प्रदर्शन
गर्न सक्ने धेरै जुझारु युवाहरू छन् । तीनिहरुको प्रयत्न तीखो छ
तर सम्बन्धित निकायबाटै तीन्लाइ बोधो बनाउँने काम भइरहेको छ । अनि कसरी देशको
विकास हुन्छ र हुन्छ युवाको सदुपयोग । अब राज्यले युवाको कुरा सुन्नु पर्छ । केहि
गर्न चाहाने युवाहरूलाई वातावरण दिनुपर्छ र आम युवाको कुरालाइ सहि गलत केलाएर पथप्रदर्शकको
भुमिका माथिल्लो तहबाट भएमा सुन्दर नेपाल निर्माणको लागि युवासँगको सहकार्यले सार्थकता पाउनेछ ।
No comments:
Post a Comment