हामी सब्बैलाई थाहा छ, समय
मुल्यवान् छ । तरपनि समयको परिधिमा रहि एक कुशल पेशेवर अर्थशास्त्री या अर्थशास्त्रको बारेमा यथेष्ट जानकारी बटुल्न न त हामि धेरै भन्दा धेरै समय नयाँ नयाँ Term सिक्नको लागि खर्चिन्छौँ,
न सुत्र, तालिका या अर्थशास्त्रसंग सम्बन्धित महत्वपुर्ण बुँदाहरुको लागि नै ।
हामी के चाहान्छौँ ? भन्नाले कुनै वस्तु तथा सेवाप्रति हाम्रो इच्छा, चाहाना,
आकांक्षा के छन् ? वास्तवमा ती नै अर्थशास्त्र भित्रका विषयवस्तुहरु हुन् । तसर्थ
यस्ता स-साना वस्तु तथा सेवाप्रतिको व्यक्तिगत छनौटले नै अर्थशास्त्र भित्रको जटिल
विषयवस्तुलाई बुझ्न मद्दत गर्दछ र अर्थशास्त्रमा समाविष्ट विभिन्न बिषयवस्तुहरुलाई
विश्लेषणात्मक तरिकाबाट स्पष्टरुपमा बुझ्न सहयोग पुग्ने हुनाले, अर्थशास्त्रप्रति आम उपभोक्ता तथा सर्वसाधारण व्यक्तिहरुमा सामान्य धारणा र
बुझाइमा स्पष्टता ल्याउनु नै Common Sense Economics पुस्तकको मुख्य उद्देश्य रहेको छ ।
आजको दिन सम्म हामीले
अर्थशास्त्रको बारेमा जति बुझेका छौँ । निश्चय नै यस पुस्तकको अध्ययनबाट
अर्थशास्त्रसंग सम्बन्धित रहेका विभिन्न क्षेत्रहरुलाई हेर्ने, बुझ्ने र विश्लेषण
गर्ने क्षमतामा परिवर्तन ल्याउँछ । यहि पुस्तक मार्फत अर्थशास्त्रलाई बुझ्ने पहिलो
चरणमा प्रवेश गर्दै छौँ भने पनि यसले अर्थशास्त्रको साधारण आधारभुत सिद्धान्तबाट
अर्थशास्त्रलाई सजिलै जानकारी गराउँदछ र साथ साथै साधारण अर्थ र परिभाषाबाट नै
अर्थशास्त्रका सिद्धान्तहरुलाई बुझ्न सकिने विश्लेषण रहेको पुस्तकमा पाइन्छ । यी
विशेषताको कारणले गर्दा नै अर्थशास्त्र सम्बन्धि अवधारणाहरुमा तर्कपुर्ण सोचाइहरु
राख्न, देखा परेका सवालहरुलाई स्पष्टरुपमा केन्द्रिकृत गरी सम्बोधन गर्न, त्यस्ता
अवस्थाको विश्लेषण गर्न, अन्य क्षेत्रहरुमा देखिएको विभिन्न समस्याहरुको प्रभावकारी
समाधानका लागि गरिने कार्यान्वयनको पाटोलाई सशक्त बनाउँन र व्यक्तिगत विश्लेषण गर्ने
क्षमताको विकास गर्नका साथै अर्थशास्त्रमा प्रयोग हुने स्वस्थ भनाइ (Term/Sound Arguments) र अर्थशास्त्रमै
प्रयोग हुने Nonsense Matter हरु बीच भएका भिन्नताहरुलाई बुझ्ने
क्षमताको विकास गर्न यस पुस्तकले टेवा
पुर्याउँदछ ।
अर्थशास्त्र र वाणिज्यका
विद्यार्थी, शिक्षक तथा यस संग सम्बन्धी सम्पुर्ण निकाय, व्यक्ति, समुह, संघ-संगठन
र यसमा विशेष चासो राख्ने जो कोहिका लागि Common Sense Economics उत्तिकै उपयोगी र महत्वपूर्ण छ । विशेषत:
अर्थशास्त्रका विद्यार्थीका लागि D. Gwartney ले भनेकै छन् - ३० वर्षको लामो अध्यापन पश्चात मैले कष्ठपुर्ण तरिकाले दुइवटा
कुराहरु सिके: १) विद्यार्थिहरु अर्थशास्त्रमा पढाइने महत्वपुर्ण वुँदाहरु/तत्वहरुमा
चुकिरहेका हुन्छन् कारण उनीहरु सम्बन्धीत विषयलाई प्रमाणित गर्न प्रयोग गरिएका
सुत्र, तालिकिकरण, ग्राफमा धेरै व्यस्त रहन्छन् जुन जान्नु आवश्यक छैन् । र २) विद्यार्थीहरुले
कलेजमा अध्यापन गराइने अर्थशास्त्रको बिषयहरुको बारेमा स्पष्टरुपमा बुझेका
हुँदैनन् । तसर्थ यस पुस्तकले विद्यार्थीहरुलाई पनि
अर्थशास्त्रको बारेमा धेरै जानकारी गराइ अर्थशास्त्रप्रति गहन विश्लेषणात्मक
क्षमताको विकास गराउँछ ।
व्यवसायी तथा नीतिनिर्माण तहमा जो
कोही हुनेहरुका लागि पनि यो पुस्तक अत्यन्तै जानकारीमुलक छ । यद्यपी, चाहे कोही
कुनै सरकारी या नीजि सम्बन्धित क्षेत्रमा विज्ञ, अनुभवि हुँदाहुँदै पनि समयको
अन्तरालमा अर्थशास्त्रका स-साना तत्वहरुमा भएको परिवर्तनबाट समग्र अर्थतन्त्रको
क्षेत्रमा पर्ने असर, समस्याहरु र तीनका परिणामहरुलाइ एकै ठाउँमा राखेर कसरी
समाधान गर्न सकिन्छ? तीनका कारण, सिर्जित जटिल अवस्था र समाधानका बारे यथेष्ट
जानकारी यस पुस्तकबाट पाउँन सकिन्छ ।
निश्चय नै जो कोही आफ्नो जागिर
(काम, दायित्व र जवाफदेहिता) को बारेमा सचेत रहन्छ । तर बुझ्नै पर्ने कुरा यो हो
कि देशमा लागु भएका राजनैतिक/सरकारी नीति नियमहरुले व्यक्तिगत कृयाकलाप र समग्र
राष्ट्रिय कृयाकलापहरुमा कसरी प्रभाव पार्छ । र, अर्थशास्त्रको बारेमा बुझ्नु
यसकारण महत्वपुर्ण छ, यदि राष्ट्रमा सहि राजनैतिक संगठन भएको खण्डमा देशका
नागरिकहरु आर्थिक कृयाकलापहरुको बारेमा बिना सचेत, बिना चिन्तन, बिना साधारण
आर्थिकक्रियाकलापहरुको प्रभावको बारेमा जानकारी नरहँदा नरहँदै पनि कुनै क्षेत्रको साँघुरो
अवस्थामा रहेर पनि समृद्धिको लागि सक्दो सहयोग र काम गरिरहेका हुन्छन् ।
र, अन्त्यमा Common Sense
Economic ले त्यस्ता Basic Principle हरु जसले अर्थतन्त्र र अर्थशास्त्रसंग सम्बन्धित विभिन्न क्षेत्रहरुमा कसरी
काम गर्छ भन्ने बारेमा वर्णन गरेको छ, जुन हामीले सजिलै बुझ्न सक्छौँ । र, एकै
समयमा कुनै राष्ट्र समृद्धिको अवस्थामा रहेको हुन्छ, कुनै Idle को अवस्थामा भने कुनै अवोन्नतीको अवस्थामा हुन्छ, किन र कारण के हो ? अध्ययन
पश्चात अवश्य जानकारी अवगत हुन्छ र विश्लेषण गर्न सकिन्छ । र, भन्न मन लागेका कुरा:
आर्थिक कृयाकलापमा एक सचेत नागरिकको भुमिका निर्वाह गर्न, वृहत विश्लेषणबाट
राजनैतिक तथा व्यक्तिगत छनौट र नाफा आर्जन गर्न, Basic Economic Principle हरु बुझ्न तथा थाहा पाउँन, धन उपार्जन
गर्ने तरिका थाहा पाउँन, आर्थिक तथा व्यवहारिक बजारिकरणको अवस्था थाहा पाउँन,
समृद्ध राष्ट्र निर्माणको लागि अर्थशास्त्रको भुमिकाबारे यथेष्ट जानकारी थाहा
पाउँन एक चोटि Common Sense Economics पढ्नै पर्छ ।
(अध्ययनका लागि पुस्तक दिनुभएकोमा
सुरथ दाजुप्रति कृतज्ञता र Common Sense Economics पुस्तकमा आधारित रहि लेखिएको
हो ।)
No comments:
Post a Comment