समाज परिवर्तनशिल छ
। परिवर्तनशिल समाजका सचेत वर्ग भनेकै आजका 'युवा' हुन् । व्यक्ति, समाज, राष्ट्र
र विश्वको विकास र उन्नतीको चाहनालाई मुर्त रुप दिन 'युवासंगको सहकार्य' नीतान्त
आवश्यक छ । आजको घडिमा कुनै पनि व्यक्ति, समाज र राष्ट्रको समग्र समृद्धि र
सम्पन्नताको सहायता युवा शक्तिमा निर्भर छ र यस्का लागि युवा शक्तिलाई वैज्ञानिक
ढंगले परिचालन गर्न सकेको खण्डमा विद्यमान देखा परेको वैमनश्यता र निराशाको अवस्था
स्वत: फाटेर जान्छ ।
राष्ट्रको सिमा क्षेत्र
भित्र रहेको स्रोत तथा साधनको उत्पादन, समुचित सदुपयोग तथा व्यवस्थापन गर्न न त
कुनै सरकारी, गैर सरकारी या भनौँ सम्बन्धित निकायबाट पारित भएका प्रतिवेदनका ठेलीले
नै गर्छ न ठुला ठुला विज्ञप्ति र भाषणले । संसारका जत्ति पनि समृद्ध र सम्पन्न
मुलुकहरु छन् ती आफै विकसित भएका छैनन् । युवासंगको सहकार्य, क्षमता र सकारात्मक
सोचको समन्वयको कारणले भएका छन् । भन्नाको तात्पर्य यो हो कि आशा, अपेक्षा र
सम्भावनाहरुलाई वास्तविकतामा परिणत गर्न, समृद्ध, समुन्नत र न्यायपूर्ण राष्ट्र र संसार
बनाउनको लागि कुनै पनि मुलुकले युवासंगको सहकार्य तिर ढिलो चाँडो दृष्टिगोचर गर्नैपर्छ
।
हामी सब्बैमा अवगत छ
। बर्षौ हज्जारौँ युवा शक्ति विदेश पलायन भएका छन् । बढ्ने क्रम दिन दुइ गुणा रात
चौ गुनाको क्रममा छ । बढ्दो राजनैतिक अस्थिरता, बढ्दो वेरोजगारको अवस्था, पेशामुखि
प्राविधिक शिक्षाको अभाव संगै नातावाद र कृपावादको बढ्दो अराजकताको कारणले देशमा कैयौँ
दक्ष सिपयुक्त युवाशक्ति अल्पमतमा परि खेर गैरहेका छन् । अनि हामी चै गरिविलाई
सष्टांग नमस्कार गरिरहेका छौँ । वास्तवमै गरिविको रेखाबाट उक्लिने हो भने
समृद्धिको टापुतिर लम्कने हो भने राष्ट्रको विकासको मुल प्रवाहमा युवा शक्तिलाई
समाहित गरि सर्वाङ्गिन विकासको गतिमा तीव्रता ल्याउनु अपरिहार्य छ । युवासंगको
सहकार्य नीतान्त जरुरी छ ।
इतिहासको पानालाई
पल्टाएरै हेर्ने हो भने पनि हरेक सफलतामा युवाको सकृय सहभागिता रहेको पाइन्छ ।
चाहे कैयौँ जनआन्दोलन भनौँ या सामाजिक सद्भावका लागि शान्ति दिप प्रज्वलन । तसर्थ
राष्ट्र निर्माणमा युवालाई प्रत्यक्ष रुपमा सहभागि गराउन सकिने, राष्ट्रको चौतर्फि
विकासका सन्दर्भमा जस्तै: कृषि उत्पादन, व्यवसाय र औद्योगिक क्षेत्रमा पेशामुखि
बनाउने मार्ग चित्र सहितको राष्ट्रिय कार्ययोजना तयार गर्नुपर्दछ । विविध धरोहरबाट
सम्पन्नता भएर पनि विपन्नताको उदोगति तिर जानुमा हाम्रै त्रुटि रहेको छ । हामीले
श्रमलाई चिनेनौँ, पसिनाको मुल्य थाहा पाएनौँ । युवाको उर्जालाई चिनेनौँ । जल र
थलमा भएका खनिजपदार्थको सदुपयोग गर्न जानेनौँ । चिन्ने र जान्ने को थिए त ? कोहि
थिएन ? जब सम्म हामीमा निहित श्रम र सिपलाई ३६५ दिनै प्रयोग गरेर बाँच्न र केही
उब्जाउन जान्दैनौँ तब सम्म कोहि छैन् र केहि हुनेवाला छैन् । सानो मुलुक भुटान
विद्युत वेचेर आम्दानी गरिरहेको छ, आर्थिक उन्नति गरिरहेको छ । हामी यहाँ जलमा ढल
मिसाइ बगाइ रहेका छौँ भनेपछि हाम्रो युवाशक्ति र स्रोत साधन प्रतिको चिन्तन कति निर्दयी
छ स्वत: स्पष्ट हुनजान्छ ।
अन्त्यमा, भन्नै मन
लागेका कुरा: कृषिप्रधान देशमा कृषिको काम गर्न युवा हिचकिचाउँछ । आधुनिक
प्रविधियुक्त खेति प्रणाली त परै जाओस् कृषकले समयमा विउ, विजन र मल पाउँदैनन् ।
विदेश पलायन भैसकेका र हुने क्रममा रहेका युवा शक्तिलाई व्यवस्थापन गर्ने कुनै
निकाय र अवस्था छैन् । दिनानुदिन राजनीति अस्थिरता बढ्दो छ, नेतृत्व तहमा उहि
पुरानै सोँचको स्थिरता छ । युवाशक्तिलाई राजनीतिक हतियार बनाइएको छ । भनेपछि यस्तो
अराजक स्थलमा अलिकति नवीन सोच राखि युवासंग सहकार्य गरेर युवालाई उत्पादनमुखि बनाई
देश विकास तिर लम्के कत्ति राम्रो हुन्थ्यो होला? हजुर (तपाई) को सोच के छ? शुभ
कार्यमा ढिलाई किन? भविष्य सुनिश्चित छ ।
No comments:
Post a Comment