Tuesday, June 5, 2012

Do For हरित विश्व


'वातावरण दिवस' मनाइरहँदा मलाइ गाउँमा हजुरबाले ठुलाबालाइ भन्नु भएको कुरा स्मरण गरायो- 'यस्पाली मकै क्या री छर्ने हो कुन्नी काका, पानी नै परेन् । पानी क्या री पर्छ त ठुले, पानी पार्ने रुख हलो बनाउँन पहिल्यै काटेर लेराइस क्यारे' ! 

वास्तवमा हजुरबाले जिस्किएर भनेकै भएपनि उहाँको भनाइमा महत्व र व्यवहारिक सान्दर्भिकता छ । हामीले आज २७ नोवेम्बर मा वातावरण दिवस मनाइरहँदा 'वातावरण' को महत्व र त्यस्को असर कति रै'छ भन्ने कुरा अस्ति गएको माछापुर्च्छे हिम पैरोले नै सब्बैलाइ वाताएको छ । हामी सब्बैलाई थाहा पनि छ, यहि धरातल नै हाम्रो सर्वेसर्वा हो । 'पृथ्वी' र 'मानव जाती' को उत्पत्ती देखिनै 'वातावरण' र 'हामी' विच पारस्परिक सम्बन्ध छ र यस्को संरक्षण गर्ने 'माली' पनि हामि नै हौँ । तसर्थ हामी सब्बैको साथ, सामुहिक सहयोग र समन्वयबाट यस्को संरक्षण तथा संर्द्धन गर्न सक्छौँ । ठुला कुराले होइन, काम र वातावरण सम्बन्धी बनेका नीति नियमहरुलाई कार्यान्वयनमा लेराएर वातावरण हाराभरा र स्वच्छ पार्न सक्छौँ । हामीमा 'कुरा धेरै, काम थोरै, नीति नियम धेरै, कार्यान्वयनको पाटो थोरै' गर्ने परिपाटि रहदै आएको छ । भर्खरै केहि महिना अगाडि नेपाल सरकारले 'फोहोरमुक्त शहर' अर्थात 'सरसफाइ अभियान-२०६८' संचालन मा ल्यायो । केही दिन सम्बन्धित पक्ष, निकाय र सरकारि स्तरबार उपत्यका भरि झ्यालि पिटियो तर आजभोलि जस्ताको तस्तै फोहोर बाटामा थुप्रिएकै छ, जहितहि फोहोर फाल्नेले फालेकै छन् । खोइ त कहाँ गयो अनुगमन तथा मूल्यांकनको पाटो, कहाँ छ नीति नियम । अझ भन्ने नै हो भने बर्षौ देखिको वनविनास, क्रेसरद्धारा गिट्टी उत्खनन्, चुरे माटो उत्खनन जस्ता कृयाकलापलाइ रोकथाम गर्ने कुनै निकाय नै छैन भन्दा पनि हुन्छ । तसर्थ वातवारण हामि सब्बैको र हामी सब्बै वातावरणमै रहने भएकोले यस्को संरक्षण गर्ने जिम्मेवारी हाम्रो काँधमा पनि आउँछ र हामी बसेको वातावरण स्वच्छ, सफा र सुन्दर रहेको खण्डमा हामीलाई नै धेरै फाइदा हुने भएकोले- "विश्वलाई संधै सफा राखौ" नाराका साथ वातावरण दिवसको अवसरमा यो सानो कविता..!   

रित्तो आकाश मुनि,
रित्याउँदै छन् 'गोलचक्कर'
अनि बचाँउन खोज्दैछन्
तिम्रो मलिलो, गुणिलो र रसिलो,
'रस' लुटि सकेपछि
तिम्रो जीवन हत्याएपछि
डलर पचाँउने अभियान
चलाउँदैछन्, मनाउँदैछन्
सिंगो विश्व वाहाना बनाइ जुट्दैछन्
तिम्रै अस्तित्व लुट्न कतै फुट्दैछन्
कतै एक थोपा पानीका निम्ती
गाऊँ, शहर रुदैछन्
कतै काकाकुल झै,
फुङ्ग आवाज उठ्दैछन्
तिम्लाइ बचाउँने निउमा
जँलाउने औजार किन्दैछन्
दिन दुइ गुणा, रात चौगुना
तिम्रा साथिहरु मर्दैछन्
तिम्रो मृत्युमा, आकाशले
आज आशु झार्न छोड्दैछन्
विश्वले तिम्रो 'खरानी' पर्यावरणमा छर्दै गर्दा,
तिम्लाइ नै बलात्कार गर्ने बलात्कारीहरुले
तिम्रै 'उत्सव' मनाउँदैछन् !!!!!    

No comments:

Post a Comment