"गरि खान देउ", विभिन्न संघ संस्थाहरुको सहयात्रा
तथा समन्वयमा संचालन भएको Campaign हो । यस अभियानले गरि खान पाउने आम नेपालीहरुको ३ कुरा सुनिश्चित हुनुपर्छ
भन्ने मान्यता बोकेको छ । १. जिऊ धनको सुरक्षा हुनुपर्यो, २. विधिको शासन
हुनुपर्यो, ३. स्वतन्त्ररुपमा आफ्नो पेसा, व्यवसाय र उद्यममा लाग्न पाउनु पर्यो । वास्तवमा
यी ३ कुराहरुको आभास कुनै पनि नेपालीले गर्न पाउँछ वा यी ३ कुराहरु प्राप्त गर्ने वातावरण
बन्छ भने नेपाली समाजमा आम नेपालीहरुले 'गरि खान' मात्र होइन 'दिएर खान' अवश्व
पुग्छ । र, यो भन्दा बढी मलाई यस्को बारेमा तेत्ती राम्रो जानकारी पनि छैन् ।
तरपनि फेसबुकको ग्रुप र जताततै देखिने पोष्टरले भने जो कसैको ध्यान यस Campaign ले एकचोटी तान्छ नै !
मलाई लाग्छ कार्यक्रमको नामले नै धेरै अर्थ र भाव बोकेको छ र आफै बोल्छ पनि । यस्को
बारेमा केही थाहा छैन् भनिरहँदा 'गरि खान देऊ' Campaign को Coordinator  दाजु दिलिप र अर्थालयका अग्रज दाजुहरुले नैतिक थप्पड गालाम बजार्छन् नै, मैले यहाँ विषयवस्तुको
बारेमा तेत्ति धेरै जानकारी नभएको उल्लेख गर्दै यस सम्बन्धि कविता लेखेको छु र यथासक्य
चाँडो दाजुहरुलाई भेटी यस्को बारेमा जानकार हुनेछु ।   
भरी 'मानो' देऊ
झरीमा नरुझ्ने, 
घरमा 'छानो' देऊ 
गर्नेलाई गर्न, 
शीतल 'बास' 
एक मुठ्ठी 'सास' देऊ
सहयोगी 'हात'
फैलाई 'आश'
शान्तिको 'बास' देऊ 
सब्बैको 'घरमा' 
खुशीको 'बाहार' 
छर्कने हात देऊ 
गर्नेलाई गर्न
एक छाँक 'टार्न' 
बालबच्चा 'पाल्न' देऊ  
स्कुल 'हाली'
एक सरो 'ढाकी'
खुलेर 'हाँस्न' देऊ 
यहि नै गर्छु, यहि नै मर्छु 
"गरि त खान देऊ" !!!! 
No comments:
Post a Comment